रावणले मर्ने बेलामा लक्ष्मणलाई सिकाएका तीन महत्वपर्ण शिक्षाहरु 

रावणले मर्ने बेलामा लक्ष्मणलाई सिकाएका तीन महत्वपर्ण शिक्षाहरु ! रामायणको एउटा प्रसङग छ, रामको तीरले घाइते रावण जो युद्धभूमिमा अन्तिम साँस लिइरहेका थिए, रामले लक्ष्मणलाई रावणसँग नीति ग्रहण गर्न अनुरोध गरे । रामले लक्ष्मणलाई भने कि ‘यो पृथ्वीले फेरि कहिले पनि नपाउने महाविद्वान, महापराक्रमी रावणसँग जीवनका सत्य सिकेर आउ । राजपाठ बुझेर आउँ ।’ धार्मिक कथा यस्तो छ, जब रावणको मृत्यु लगभग निश्चित भएको थियो, श्री रामले लक्ष्मणलाई भने कि, ‘यी ज्ञानीको ज्ञान लिएर आउँ ।’लक्ष्मणले यो कुरो बुझेनन् तर दाइको आदेश अनुसार मरणासन्न रावणको टाउकोतिर उभिएर आफ्नो अभीष्ट बताए । रावणले केही प्रतिक्रिया देखाएनन् । लक्ष्मण रन्थनिंदै फर्केर आए । रामले लक्ष्मणलाई उनको व्यवहारगत त्रुटि आभास गराएर रावणको चरणतर्फ गएर आग्रह गर्न भने । लक्ष्मणले त्यस्तै गरे। प्रकाण्ड पण्डित रावणले त्यसपछि आफूसँग भएको अथाह ज्ञान लक्ष्मणलाई सुम्पे । यो नै वास्तवमा शिष्टाचार हो ।

लक्ष्मण रावणका सामुन्ने पुगे र भने, ‘मलाई रामचन्द्र जीले ज्ञान लिनका लागि यहाँ पठाएको हो, मलाई केहि ज्ञान दिनुहोस् ।’ रावणले भने, ‘राम स्वंम ज्ञानी छन्, मैले के दिनु ?’ लक्ष्मण फर्केर रामकहाँ पुगे र रावणले कुनै ज्ञान नदिएको कुरा बताए । रामले सोधे, ‘तिमीले कसरी प्रश्न गर्यौ ।’ लक्ष्मणले सबै बृतान्त सुनाए । तब रामले भने, ‘तिमी उसको चरणमा गएर प्रश्न सोध ।’ तब लक्ष्मण रावणको पाउतिर उभिए । रावणको नजिकै गए र उनले सोधे कि युद्धमा तपाईको हार भयो । तर तपाईको पराक्रम तीन लोकमा कहिले पनि नाश हुने छैन । जीवनमा सबै कुरा पाएर, जानेर पनि तपाईले युद्धमा किन हार मान्नुपर्यो ? आखिरमा रावणले लक्ष्मणलाई तीन शिक्षा दिए ।

१. पहिलो शिक्षा, “यो संसारमा आफ्नो अनुभव भन्दा अमूल्य ज्ञान अरू केही हुँदैन तर आफूले अनुभव गरेर ज्ञान लिनलाई यो जीवन छोटो छ, बुद्धिमानहरु अरूको अनुभवबाट ज्ञान लिन्छन् ।” “जीवनमा सफलताको कुंजी के हो ?” लक्ष्मणले सोधे । “शुभस्य शीघ्रम्, शुभकार्य जतिसक्दो चाँडो गर्नुपर्छ, भोलि कहिल्यै आउँदैन त्यसैले कुनैपनि कार्यलाई भोलि भनेर छाडनु हुँदैन । अशुभ कार्य जतिसक्दो ढिलो गर्नुपर्छ।” मैले भगवान रामलाई चिन्ने शुभ कार्य गर्न धेरै ढिलो गरेँ । रामलाई मैले पहिले नै चिन्न सकेको भए आज मेरो यो हालत हुने थिएन ।’

२. दोस्रो शिक्षा, आफ्ना प्रतिद्वन्द्वी, आफ्नो शत्रु, रोग र ऋणलाई कहिले पनि कमजोर नठान्नु । मैले तपबाटै कसैबाट नमर्ने बरदान पाएको थिएँ । तर मान्छे र वाँदरबाट मृत्यु हुन सक्छ भनिएको थियो । म कहिले पनि मान्छे र बाँदरलाई तुच्छ शिवाय देख्दिनँ थिए । राम बाँदर सेनासहित आएपछि मलाई यी प्रतिद्वन्द्वी अत्यन्त कमजोर प्रतित भयो । मैले यहि ठाउँमा भुल गरें । मैले जसलाई सामान्य बाँदर र भालु सम्झिए, उनीहरुले पुरै मेरो सेनालाई नष्ट गरिदिए । मैले जब ब्रम्हाजीसँग अमरताको वरदान मागेको थिए, तब मनुष्य र बाँदरको अतिरिक्त कसैले पनि मेरो वध गर्न नसकोस् भनेको थिएँ किनभने मैले मनुष्य र बाँदरलाई तुच्छ ठानेको थिएँ । आफ्नो दुश्मनलाई कमजोर ठान्नु नै मेरो जीवनको बर्बादी थियो । यसकारण कहिले पनि दुश्मनलाई कमजोर नठान्नु ।

३. तेस्रो शिक्षा, आफनो जीवनको महत्वपूर्ण रहस्य र कमजोरी कहिले पनि कसैलाई पनि नभन्नू । मैले मेरो ज्ञानी भाई विभिषणलाई मेरो मृत्युको रहस्य बताएको थिएँ, आज उही मेरो मृत्युको कारण बन्यो । जसका कारण रामले मेरो अमृत सुकाए र मलाई यस्तो घायल बनाए । यहाँ पनि म चुके किनभने विभीषण मेरो मृत्युको राज जान्न चाहन्थे । मेरो जीवनको सबैभन्दा गल्ती यहिँ भयो ।

रावणको कुराले रावणप्रति लक्ष्मणको मनमा रहेको दूर्भावना हट्यो । उनले शिर झुकाएर रावणलाई नमन गरे । “लक्ष्मण, मेरो अन्तिम समय आइसक्यो, तिमीलाई अरू केही सोध्नुछ भने भन्,” रावणले सोधे । “हे महापण्डित रावण, यहाँको मधुवचनले यहाँप्रति मेरो मनमा भएको क्लेष हटेर गयो । म हृदयदेखि नै यहाँको बिद्वतालाई नमन गर्दछु । मलाई राजनीतिको बारेमा केही ज्ञान दिनुहोस् ।” “लक्ष्मण, राजनीति एक बृहत् विषय हो । यसको बारेमा अध्ययन गर्न बिलक्षण र तिक्ष्ण बुद्धि भएकाहरुलाई पनि दशजुनी लिनुपर्छ । ईश्वरको अनुकम्पाले म दशानन बिलक्षण र तिक्ष्ण बुद्धिधारी भएकोले एकै जुनीमा राजनीतिको ज्ञान पाएँ । जो व्यक्ति अवस्थालाई बुझेर उचित समयमा साम, दाम, दण्ड र भेद यी चार प्रकारले कार्य गर्न प्रविण हुन्छ उही वास्तविक राजनीतिज्ञ हो ।”

यो पनि पढ्नुहोस् 

मर्यादा पुरुषोत्तम श्रीराम

रामनवमी र यसको महत्व

रामायणको समाजशास्त्र

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

One thought on “रावणले मर्ने बेलामा लक्ष्मणलाई सिकाएका तीन महत्वपर्ण शिक्षाहरु 

जवाफ लेख्नुहोस्

error: Content is protected !!