Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वेदमा वर्णित दिनचर्या

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

वेदमा वर्णीत दिनचर्या

धर्मार्थकाममोक्षणामारोग्यं मूलमुत्तमम् (च.सू.१÷१५)

मानवजीवन लिएर जन्मिसकेपछि अवश्यमेव चार किसिमका पुरुषार्थ (पुरुषले गर्नुपर्ने कार्य) गर्नुपर्दछ । ती पुरुषार्थ भनेको धर्म (परोपकारी कार्य), अर्थ (अर्थ–उपार्जन), काम (जीवनभोग) र मोक्ष (परमपदको प्राप्ति) आदि हुन् । यो चार किसिमका पुरुषार्थ नगरी मानवजीवन सार्थक हुन सक्दैन । तर यो चार पुरुषार्थको मूल आधार भनेको आरोग्य हो । विश्व स्वास्थ्य सङगठनको परिभाषा अनुरुप पनि तन्दुरुस्त हुनु हो ।

यसै गरी महर्षि सुश्रुतको परिभाषा अनुसार स्वास्थ्य भनेको–
समदोष, समाग्निश्व समधातु मलक्रिया : ।
प्रशन्नात्मेन्द्रियमन : स्वस्थय इत्यभिधियते ।।

अर्थात जसका तीनवटै दोषहरू (वात, पित्त, कफ) साम्य अवस्थामा छन्, १३ वटै अग्निहरू न अति तीव्र न अति मन्द (साम्य) अवस्थामा छन् शरीर धारण गर्ने सात वटै धातुहरू (रस, रक्त, मास, मेद, अस्थि, मज्जा, शुक्र) उचित मात्रामा रहेको छन्, मलमुत्र र पसिनाको निष्कासन र उत्पादन ठिक हुनुका साथै जसको आत्मा, इन्द्रिय र मन पनि प्रशन्न छन् भने त्यो व्यक्ति स्वस्थ हो ।

यो दुई परिभाषाहरूको तुलनात्मक अध्ययन गर्दा विश्व स्वास्थ्य सङगठन द्धारा हालसालै विकसित आधुनिकतम परिभाषा र महर्षि सुश्रुतद्धारा हजारौ वर्ष पहिले दिएको प्राचीन परिभाषामा धेरै समानता छन् । मूल रुपमा यि दुवै परिभाषाको तात्पर्य शारीरिक स्वास्थ्य मात्र नभई मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्य एवं आत्म, इन्द्रिय र मनको प्रसन्नता पनि हो भन्ने लाग्न जान्छ ।

आत्मोन्नति चाहने पुरुषले आफ्नो जीवनकालमा यो चारै किसिमका पुरुषार्थहरूलाई प्राप्त गर्ने कोशिश गर्नुपर्दछ । यो कोसिस तब मात्र सम्भव छ जब हामी पूर्णरूपेण स्वस्थ हुन्छौ । हाम्रो दिनचर्या, रात्रिचर्या, ऋतुचर्या र जीवनशैली ठिक भए मात्र पूर्ण स्वास्थ्य प्राप्त हुन सक्छ । स्वस्थ जीवन प्राप्ती हेतु सही दिनचर्या, सही रात्रीचर्या, सही ऋतुचर्या र सही जीवनशैली हुन नितान्त आवश्यक छ । स्वस्थ जीवनका लागि अपनाइएका यी सही दिनचर्या, सही रात्रिचर्या, सही ऋतुचर्या र स्वस्थ जीवनशैलीलाई नै स्वास्थ्य वृत्त भनिन्छ ।

महर्षि शाङ्र्गधर भन्नुुहुन्छ

नजन्तु: कश्चिदमरः पृथिष्यो जायते क्वचित
अतो मृत्युश्वार्य ? स्थात्किन्तु रोगान्विारयेत् ।।

अर्थात पृश्वीमा जन्म लिएका कुनै पनि प्राणीहरू अमरता लिएर आएका छैनन् । यसर्थ कसैलाई पनि मृत्युबाट छुटकारा हुन सक्दैन परन्तु रोगबाट छुटकारा भने मिल्न सक्छ । बुद्धिमान मानिसले रोग लागेपछि रोगबाट छुटकारा पाउने प्रयत्न भन्दा पनि सही जीवनशैली, सदवृत्त, दिनचर्या, रात्रिचर्या र ऋतुचर्याको अभ्यासद्धारा स्वास्थ्यको परीक्षण गरी रोगै लाग्न दिदैन ।

परिभाषा

उत्थायोत्थाय सततं स्वस्थेनारोग्यमिच्छता ।
धीमता यदनष्ठेय तदस्मिन सम्प्रवक्षते ।। (स्व.वृ.स.१)

अर्थात स्वास्थ्यको रक्षाका लागि स्वस्थ पुरुषले निद्राबाट जागिसकेपछि गर्ने सम्पूर्ण कार्यहरूलाई स्वास्थ्य वृत्त भनिन्छ । अतः स्वास्थ्य रक्षाका लागि दिनचर्या, रात्रिचर्या, ऋतुचर्या र जीवनशैलीलाई सही रुपले पालन गर्नुपर्छ ।

दिनचर्या

परिभाषा

“दिने दिने चर्या दिनचर्या”

दिनैपिच्छे गर्नुपर्ने अथवा गरिएको चर्चा (आचरण) लाई दिनचर्या भनिन्छ ।

आचारादायुर्लभ्यते इत्याचर्या

दिनचर्या भनेको यस्ता आचरणहरू हुन् जुन आयुलाई लामो र सुखद बनाउन अपनाईन्छ।

दिनचर्या किन ?

१. शुचिता
२. सुप्रसन्नेन्द्रियता
३. बललाभ
४. आयुषोलाभ
५. सौमनस्यता
६. व्याधिक्षमत्व

दिनचर्यामा के के पर्दछन् ?

दिनचर्यामा बिहान ब्रहममुतहूर्तमा निद्राबाट जागिसके पश्चात पुनः शयनका लागि ओद्ः पुग्दासम्मका निम्न लिखित कुराहरू पर्दछन् ।

१. ब्रहममुहूर्तमा जागरण
२. इष्टदेवताको स्मरण
३. करदर्शनम्
४. घृत अथवा दर्पण दर्शनम्
५. उषः पानम्
६. मलमुत्र विसर्जनम्
७. दन्तधावन
८. जिहवा निर्लेखन
९. मुख, नेत्र प्रक्षालन
१०. गण्डूष ः
११. अञ्जन
१२. प्रतिमर्श नस्य
१३. धूमपान
१४. अभ्यङ्ग
१५. व्यायाम
१६. स्नान
१७. वस्त्र धारण
१८. गन्धमालाधारण एवं अनुलेपन
१९. भोजन
२०. ताम्बुल सेवनम्
२१. वृत्ति धर्म
२२. आचमन
२३. सन्ध्योपासना
२४. रात्रि भोजन
२५. निद्रा

यो वाहेक पनि अन्य केही दिनचर्याहरू

१. केशको हेरचाह
२.सौन्दर्य प्रशाधन
३. कपाल कोर्नु
४. चप्पल लगाउनु
५. छाता ओढ्नु
६. छडी प्रयोग गर्नु
७. बुकुवा लगाउनु

दिनचर्याको व्याख्या

१. ब्रह्म मुहूर्तमा जागरण

दिर्घ र स्वस्थ जीवनका आकाङ्क्षीहरू अघिल्लो रात खाएको खानेकुरा ठीक सँग पचेनपचेको विचार गरेर ब्रह्म मुहूर्तमा उठ्नुपर्छ । ब्रह्ममुहूर्त भनेको सूर्योदय देखि ४८ देखि ९६ मिनट पूर्वबाट सूर्योदय बीचको समय हो ।

ब्राहमो मुहूर्त उत्तिष्ठेस्वस्थो रक्षार्थमायुष: ज्ञातव्य : – ब्रहम मुहूर्तमा केवल स्वस्थ व्यक्तिले मात्र उठ्ने गर्नुपर्दछ । रोगीले उठ्नुहुदैन ।

ब्रहम मुहूर्तमा उठ्नुका फाइदाहरू

१. स्वास्थ्य रक्षा
२. आयुवर्धन
३. मानसिक शान्ति तथा ध्यानस्थ हुन सहयोग
४. शुद्ध अक्सिजनको प्राप्ती
५. मस्तिष्कमा मेलाटोनिन नामक हार्मोनको उत्पादन हुने हुँदा दिनभर सकारात्मक उत्साह एवं शान्ति प्राप्ती
६. समयको सदुपयोग

२. इष्ट देवताको स्मरण

ब्रह्म मुहूर्तमा निद्राा खुलिसकेपछि तर आँखा नखुल्दै सर्वप्रथम इष्टदेवताको स्मरण गर्नुपर्दछ ।

फाइदाहरू

१. मङ्गलकारक
२. भक्तिभाव पैदा
३. तनावरहित हुनमा सहयोग
४. सकारात्मक सोचको विकास

३. प्रभाते करदर्शनम्

ब्रह्म मुहूर्तमा उठेर इष्ट देवताको स्मरण गरिसकेपछि सर्वप्रथम आँखा आफ्नै करदर्शन अर्थात आफ्नै हत्केलाको दर्शन गर्नुपर्छ । यस समयमा निम्न श्लोक हरप हेर्दै वाचन गर्नु राम्रो हुन्छ ।

कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती ।
करमूले स्थिता गौरी प्रभाते करदर्शनम् ।।

फाइदाहरू

१. करको अग्र भागको दर्शन गर्दा धनसम्पत्ति प्राप्ति हुन्छ ।
२. करको मध्य भागको दर्शन गर्दा विद्या प्राप्ती हुन्छ ।
३. करको मुल भागको दर्शन गर्दा शक्ति प्राप्ती हुन्छ ।

४. भूमि पदार्पणम

विहान करदर्शन गरिसकेपछि भुइमा गोडा राख्नु अघि निम्न श्लोक जान्न उत्तम हून्छ ।

समुद्रवसने देवि पर्वतस्तनमण्डले
विष्णुपत्नि नमस्तुभ्य पादस्पर्श क्षमस्व मे ।

५. भावार्थ

समुद्ररुपी विशाल वस्त्र पहिरिनु भएको माता, जसको छाती पर्वत जस्तो ठुलो र शान्त छ, जो पालनकर्ता भगवान विष्णुको पत्नी हुनुहुन्छ । हजुरले मेरा गोडाबाट स्पर्श गराउनु हुन गएको असुविधालाई बोध गरी मलाई क्षमा गरिदिनुहोस् ।

फाइदाहरू

१. भगवान प्रति आस्था बढ्ने
२. विनयशीलताको भावनाको विकास हुने
३. भूमि प्रति आदर भाव पैदा हुने
४. आँखाको दोष हटाउँदछ ।

ज्ञातव्य: मलमूत्र विर्सजन गरिसकेपछि गुदा प्रक्षालन गरी आचमन गर्नुपर्दछ यस समयमा पविञ्यकर हर भन्ने गरिन्छ ।

६. दन्त धावनम्

उपर्युक्त विधिले शौचकर्म गरिसके पश्चात दाँत माझ्नुपर्छ । यसको लागि एक कान्छी औला बराबरको मोटो तथा गाँठगुठी नभएको सिदा केही लामो डण्ठीले क्षति नपु~याइकन दाँत माझ्नुपर्छ । दिनमा दुई पटक दात माझ्नुपर्छ । यस वाहेक महर्षि सुश्रुतले विभिन्न प्रकारका दन्तमञ्जन चुर्णहरूको प्रयोग गरेर दाँत माझ्न पनि चन्नु भएको छ । साथै दाँत माझ्ने मौका मिल्न सकेन भने वाह् पटक जल गयुष गरेर प िमुख शुद्धि गर्न सकिन्छ भनेर भन्नुभएको छ । दाँत माझ्दा सकेसम्म नीम, बबुल जस्ता द्रव्यको डाँठ प्रयोग गर्नु उपयुक्त हुन्छ । (अचेल ब्रस, मञ्जन प्रयोग गर्ने चलन रहेको छ ।)

फाइदाहरू

१. मुख, जिब्रो, दाँत गिजालाई स्वच्छता दिन्छ ।
२. कफ र पित्तविकार कम गर्दछ ।
३. आँखाको शक्ति बढाउँदछ ।
४. जिहवा निर्लेखन (जिब्रो खुर्कने)

दाँत माझिसकेपछि जिब्रोले जिब्रोमा रहेका मलहरूलाई खुर्केर फाल्नुपर्दछ । जिब्रो रहेको मलविकार दुर्गन्धकर एवं श्वास अवरोधक भएकाले जिब्रोको सफाई आवश्यक ।

फाइदाहरू

१. जिब्रोको फोहोर हटाएर मुल शुद्ध बनाउँछ ।
२. स्वादग्रहण क्षमतालाई बढाउँदछ ।
३.  मुखको दुर्गन्ध हटाँउछ ।
४. श्वासक्रियाको अवरोधलाई कम गर्दछ ।

७. गण्डुष: धारण

मुखमा पानी, तेल वा औषधीय द्रव्य राखेर नचलाइकन राखी एक दिन पछि छोड्ने क्रियालाई गण्डुष: धरण भनिन्छ ।

फाइदाहरू

१. गिजालाई बलियो बनाउँदछ ।
२.  दाँतलाई बलियो बनाउँदछ ।
३.  स्वर खुलाउँदछ, रुचि बढाउँदछ ।
४. मुखको सुख्खापन र गलाको शोथ कम गर्दछ ।
५. ओठ फुट्ने, गिजा सुनिने जस्ता समस्या कम गर्दछ ।
६.  मुखको शुद्धि हुन्छ ।

८. कवल ग्रहण

कषाय रसयुक्त औषधीय द्रव्यलाई मुखमा राखी कलकल वा गल्ल्ल गर्नु कवल ग्रहण भनिन्छ ।

१.  अरुचि, विरसता, मालेनता, ¥यालश्राव आदि कम गर्दछ ।
२.  स्वर खुलाउँदछ ।
३. कण्ठरोग, विकार हटछ ।

९. घृत अथवा दर्पण दर्शनम्

उठेर ओछ्यान छोडिसके पछि सर्वप्रथम ऐनाको सम्मुख गएर आफ्नै अनुहार हेर्नुपर्दछ । अलिकति मुस्कुराउनुपर्दछ । परापूर्वकालमा पग्लिएको घ्यूमा आफ्नो छाया हेर्ने चलन थियो ।

फाइदाहरू

१. आयु बढ्ने
२. मानसिक अस्वस्थता हट्ने
३. आत्मसम्मानको भावना बढ्ने
४. उठ्ने बितिकैको आफ्नो अवस्थाको वोध हुने

१०. उष: पानम (जलपान)

दर्पण अथवा ऐनामा आफ्नो अनुहार हेरिसकेपछि जाडो मौसम हल्का मनतातो र गर्मी मौसम भए शीतल पानी पिउनुपर्दछ ।

फाइदाहरू

१. रातभरिको तिर्खा मेटाउने
२. पाइल्स हुन नदिने
३. सुनिने,ज्वरो आउने, शिर रोग, कब्जियत आदिलाई फाइदा पु~याउने
४. जलवियोजन हुन नदिने

११. मलमुत्र विसर्जनम

पानी पिइसकेपछि मुलमुत्र विसर्जका लागि तयार हुनुपर्दछ । उपयुक्त समयमा बिहानै दिसापिसाब गर्दा स्थान मिलेसम्म दिनमा उत्तराभिमुख र रातमा दक्षिण भिमुख भएर नबोलिकन सहज रुपमा मुलमुत्र त्यागको प्रयत्न गरेर विसर्जन गर्नुपर्छ । बढी जोडबल लगाउने गर्नुहुँदैन ।

कहाँ शौच गर्नुहुँदैन ?

१. अभेद्य स्थान (चट्टान जस्तो अति कडा नछेडिने स्थान)
२. बाटो
३. माटो वा खरानीको थुप्रो माथि
४. गौशाला नजिक
५. गोबरको थुप्रो माथि
६. गाउँ वा शहरको निकट
७. आगो बालेको ठाउँमा
८. धमिराको देवल नजिकै
९. पार्कमा
१०. रमणिय स्थानमा
११. देवस्थान, चैत्य वा पुरातात्विक स्थलमा
१२. रुखमुनि
१३. स्त्री, पुज्य पुरुष, गाई सूर्य, चन्द्रमा, वायु अन्न, अग्नि र जलको अगाडि र पृथ्वी आवृत नगरिकन मलत्याग गर्नुहुँदैन ।

फाइदाहरू

१. मुलमुत्र जस्ता विकार निकाली स्वच्छता प्रदान गर्दछ ।
२. मलनिष्कासन पछिको ताजगी महसुस गराउदछ ।
३. आयु बढ्दछ ।
४. विजातीय द्रव्यकोे सड्ढलन हुन दिदैन ।
५. क्रान्ति बढाउँदछ र पवित्रता निम्त्याउँदछ ।

१२. मुखनेत्र प्रक्षालन

त्यसपछि चिल्लोदक, कषाय, लोधकषाय वा अमलाको कषाय प्रयोग गरेर मुख तथा आँखा धुनुपर्छ ।

फाइदाहरू

१. ताजगी महसुस गराउँदछ ।
२.  निन्द्रातथाआलस्य भगाउँदछ ।
३. अाँखाको रोग टाढा हटाउँदछ ।
४. इन्द्रियहरूलाई निर्मल बनाउँदछ ।

१३. अञ्जन (गाजल लगाउने)

मुख र नेत्रको प्रक्षालयन गरिसके पछि गाजल लगाउनु पर्दछ । गाजल औषधीय गुणहरू मिलाएर बनाएको हुनु पर्दछ । बजारिया केमिकलयुक्त गाजल हितकर नहुन सक्छ ।

फाइदाहरू

१. आँखा पोल्ने, चिलाउने जस्ता समस्या कम गर्दछ ।
२. आँखाको मल हटाउँदछ ।
३.  दृष्टि सुढृढ बनाउँदछ ।
४. आँखा सुन्दर बनाउँछ ।

१४. प्रतिमर्शनस्य

औषधीय तेलको थोपादुवै नाकमा हाल्ने क्रियालाई प्रतिमर्शनस्य भनिन्छ । थोपाथोपा गरेर नहाल्दा औषधीय तेललाई औलामाथोरै राखेर, अनि पालैपालो नाकको प्वालमा स्नेहन गरेर पनि प्रति मर्शनस्य लिइन्छ । महर्षि चरकले दिनमा १४ पटक प्रतिमर्श नस्य लिनु भनेर भन्नु भएको छ ।

फाइदाहरू

१. शिरो रोगमाविशेष फाइदा पु¥याउँदछ ।
२. केश चाडै फुल्न र झर्न दिदैन ।
३. नाक, कान, घाँटी र नेत्र रोग हुन दिदैन ।

१५. धुम्रपान

आयुर्वेदमा निर्दिष्ट धुम्रपान र सुर्तिजन्य धुम्रपानमा धेरै अन्तर छ । हरेगका, दहिकाम्लो, अलैची, नागकेशर, नखी, सुगन्धवाला चन्दन, तेजपात, सुकमेल, सिरु, पद्मक, ध्यामक, मधुक, जटामसी, गोकुलधुप, अगुरु,शर्करा जस्ता औषधी न्यग्रोध(वर), अश्वत्थ(पीपल), पलास र लोधको बोक्रा र बनमोथे, सर्जरस, शैलेय, कमल, उत्पल, श्री–वेष्टक, शल्लको तता शुक्रवर्हलाई पिसेर कल्क(लेदो) बनाई सिन्कामा उक्त लेदोधसी सुकाएर बनाएको धुम्रवतीलाई जलाउने र त्यसको धुम्र सेवनलाई आयुर्वेदले हितकर बताएको छ ।

फाइदाहरू

१. शिरोरोगमा फाइदा पुयाउँदछ ।
२. स्वर राम्रो बनाउँदछ ।
३.  केश फुल्ने र झर्ने समस्या रोक्दछ ।
चरक संहितामा विभिन्न उपयुक्त कालमा दिनमा ८ पटक धुम्रपान गर्न भनिएको छ ।

१६. अभ्यड्ड(मालिस)

आयुर्वेदमा नित्य विधि पूर्वक मालिस गर्ने प्रावधान छ । त्यसमा पनि शिर पाउ र कानको मालिसलाइ विशेष जोड दिइएको छ ।

फाइदाहरू

१. बुढो हुनदिदैन ।
२. शरिर पुष्ट, छाला कोमल एवं आकर्षक बन्दछ ।
३. श्रम सहनगर्न सक्ने क्षमताको विकास हुन्छ ।
४. वायु शिकार नाश हुन्छ ।
५. आयुवद्र्धक, निद्राकारक तथाआनन्दप्रदायक हुन्छ ।

१७. ब्यायाम

शारीरिक चेष्टाद्धारा शरिरलाई स्थिरता एवं बल प्रदानगर्ने क्रियालाई ब्यायाम भनिन्छ । अथवा शरीरमाश्रम उत्पन्न गर्ने कार्यलाई पनिब्यायाम भनिन्छ । उचित मात्रा ब्यायाम दिनै पिच्छे गर्नु आवश्यक हुन्छ ।

१. शरीरलाई लघुबोध गराउँछ ।
२. बलियो तथा सामथ्र्यवान बनाउँछ ।
३. शरीरलाई स्थिरता प्रदान गर्छ ।
४. सहिष्गुणताको विकाश गराउँछ ।
५.  पाचन प्रणाली सशक्त हुन्छ ।
६. ब्याधि सहनक्षमता बढाउँछ ।

१८. स्नान

दिनदिनै शुद्ध जलले नुहाउनु पनि स्वास्थ्य रक्षाको एक साधन हो ।

फाइदाहरू

१. बाह्य विकारहरू बाट छुटकारा दिलाउँछ ।
२. धुलो, मैलो, पसिना आदि पखाल्छ ।
३. आयु बढाउँछ ।
४. शरीरको शुद्धि हुन्छ ।
५. आयु बढाउँछ ।
६. निन्द्रा तथा आलस्य भगाउँदछ ।

१९. इष्ट देवताको प्रार्थना

स्नानपश्चात् प्रार्थनाको वस्त्र धारण गरेर आफुले पुज्ने इश्वरको प्रार्थना गर्र्नुपर्दछ । प्रार्थना गर्दा सम्पूर्ण जीवजगतको भलाइको कामना पनि गर्नुपर्दछ ।

फाइदाहरू

१.  मड्डलकारक छ ।
२. भक्तिभाव पैदा गर्छ ।
३. तनावकम गर्छ ।
४. सकरात्मकताको विकाश गर्छ ।

२०. वस्त्र धारण

भगवान्को प्रार्थना गरिसके पछि आफ्नो वृत्ति, धर्म, कर्म सुहाउँदो वस्त धारण गर्नुपर्दछ । –शक्ति कालमा न्यानो र गर्मीमा हल्का र शीतलता दिने वस्त्र धारण गर्नुपर्दछ भने अन्य मौसममा ऋतु अनुकुल वस्त्र धारण गर्नुपर्दछ ।

फाइदाहरू

१.  आयु वद्र्धन गराउँछ ।
२. सौन्दर्य वर्धन गराउँछ ।
३. लज्जा आवरण दिलाउँछ ।
४. यशवर्धन गराउँछ ।

२२. भोजन ग्रहण

आयुर्वेद सम्मत शास्त्रहरूले केवल दुई समयको मात्र भोजन गर्नु भनेको छ । भोजन तात्तातै र स्निग्ध लिनुपर्दछ ।

फाइदाहरू

१. भोजन जीवनको आधार हो ।
२. यसले शरीरलाई वर्ण, क्रान्ति, शक्ति दिन्छ ।
३. भोजनले सन्तोष प्रदान गर्छ ।
४. शरीर विकासकालागिअत्यावश्यक छ ।

२३. ताम्बुल सेवनम्

भोजन पश्चात पान चबाउने चलन पुरानो हो । पानमा विशेष औषधीय गुण भएता पनि पान खाने आधुनिक तरिका स्वास्थ्यमैत्री मान्छि । तसर्थ खाना पश्चात सौफ, पान अदुवाको टुक्रा चबाउनुपर्दछ ।

फाइदाहरू

१. मुखलाई सफा बनाउँदछ ।
२. मुखको गन्ध हटाउँदछ ।
३. सौन्दर्यवर्धक छ ।
४. खानापचाउन मद्धत गर्दछ ।
५. श्वास रोग, स्वर भेद आदिमा फाइदा गर्दछ ।

२४. वृति धर्मका पालन

खाना खाइसके पछि आ–आफ्नो बृति, पेसा आदिको पालन गर्न आ–आफ्नो कर्ममा लाग्नु पर्दछ ।

फाइदाहरू

१. अर्थोपार्जन हुन्छ ।
२. खुसी र आनन्द दिन्छ ।
३. सेवा कार्यमा सहयोग पुग्छ ।

२५. आचमनम् (मुखपाद प्रक्षालनम्)

वृत्तिधर्म पालन गरिसकेपछि पुन : घर फर्के पश्चात मुख प्रक्षाल नगर्ने र हातखुट्टा धुने गर्नुपर्दछ ।

फाइदाहरू

१. थकाइ कम गर्दछ ।
२. संक्रमण हुन दिदैन ।

२६. सन्ध्योपासना

सन्ध्या समयमा हात मुख धोएर शुद्ध भई ईश्वरको उपासना गर्नुपर्दछ । आर्यहरू सन्यामाजप, गायत्री उच्चारण, ध्यान, अग्निहोत्र आदिगर्ने गर्दछन् ।

फाइदाहरू

प्रार्थनाले सद्वृतिको विकास तथा पालनमा मद्धत पुग्दछ । दीर्घकालसम्म सन्ध्या वन्द नगर्ने गरेकाले नै ऋषीहरूले दीर्घायु, बुद्धि, यश, कीर्ती तथा ब्रह्रम वर्चस्व प्राप्त गरेकाले सोही फाइदा प्राप्त हुन्छ ।

२७. रात्रिकालिन भोजनसन्ध्या सकिने वित्तिकै रात्रि कालिन भोजन गर्नुपर्दछ । सन्ध्याकालमा भोजन, निन्द्रा, मैथुन, पठनपाठन एवं बाहिरगमनलाई निषेध गरिएको छ । रात्रिभोजन सुपाच्य, हल्का, लधु एवं भोलिलो हुनुपर्दछ ।

२८. स्वप्न निन्द्रा

दैनिक नित्य कर्म सकिसकेपछि खाएको खाना पचि सकेको निक्र्यौल गरेर अविलम्व सुत्न जानुपर्ने हुन्छ । सुत्न जादै गर्दा मनमा ईष्ट देवताको ध्यान गर्दै जानुपर्ने हुन्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

के हो वेद ?

वेदहरूको महत्व

को थिए महर्षि वेदव्यास ?

के लेखिएकाे छ अथर्व वेद र ऋग्वेदमा बर्मुडा ट्रायंगलका बारेमा

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: