Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यज्ञमा हवन गर्दा किन स्वाहा भनिन्छ ?

यज्ञमा हवन गर्दा किन स्वाहा भनिन्छ ? हिन्दु धर्ममा पूजापाठ र हवन यज्ञको विशेष महत्व छ । कुनै पनि शुभ कार्यमा हवन गर्नु आवश्यक मानिन्छ । हवन गर्दा ‘स्वाहा’ शब्द उच्चारण गरिन्छ । किन यसो गरिएको हो ? आउनुस् यसको चर्चा गरौं । वैदिक कालदेखि नै आहुतिका बेला स्वाहा उच्चारण गरिन्थ्यो । ऋग्वैदिक कालमा मनुष्य र देवताहरूको माध्यमका रूपमा अग्निलाई छानिएको थियो । अग्निको तेजमा सबै कुरा पवित्र हुन्छ र देवताहरूलाई समर्पित वस्तु हवनको अग्निमा चढाउँदा उनीहरूकहाँ पुग्छ भन्ने विश्वास छ । तर स्वाहा भनेपछि मात्र देवताकहाँ सामग्री पुग्न सम्भव हुन्छ । किन्तु यज्ञ वेदीमा हवन गर्ने बेला ‘स्वाहा’ शब्दको उच्चारण गरिन्थ्यो ।

देव आह्वानका लागि मन्त्र पाठ गर्दै ‘स्वाहा’ शब्दको उच्चारण गरेर निर्धारित हवन सामग्रीको भोग अग्निको माध्यमबाट देवतासमक्ष पुर्याइन्छ । यो स्वाहाको निर्धारित नैरुक्तिक अर्थ हो, ‘सही रीतिपूर्वक पुर्याउनु ।’ परन्तु के र कसलाई ? अर्थात आवश्यक भौगिक पदार्थ उसको प्रिय समक्ष पुर्याउनु । हवन अनुष्ठानको यो अन्तिम र महत्वपूर्ण क्रिया हो। कुनै पनि यज्ञ तबसम्म सफल मानिदैन, जबसम्म हवन गरिएको सामग्रीको ग्रहण देवताले गर्दैनन्। देवता यस्तो ग्रहण तब मात्रै गर्न सक्छन्, जब ‘स्वाहा’ उच्चारण गरेर अग्निमा अर्पण गरिन्छ।

निश्चित रूपमा मंत्र विधान संरचनको आरम्भमा नै यो तथ्यामा विचार गर्न शुरु भएको थियो कि आखिर हवन गरिएको सामग्री कसरी देवतासमक्ष पुर्याउने ? विविध उपायद्वारा कैयौं प्रयास याज्ञिक विधानलाई संचालित गर्न व्यक्त गरियो। अन्ततः अग्निलाई माध्यमको रुपमा सर्वश्रेष्ठ पाइयो भने उपयुक्ततम शब्दको रुपमा ‘स्वाहा’को गठन भयो । वास्तवमा ‘स्वाहा’को अर्थ आफैंमा धेरै रोचक छ । निरुक्तमा स्वाहाको अर्थ हुन्छ सही रीतिबाट पुयाउनु ।

आवश्यक भौगिक पदार्थ प्रिय देवतासम्म पु-याउने कामलाई स्वाहा भनिन्छ । कुनै पनि हवन र अनुष्ठानको उद्देश्य हवन सामग्री देवताले ग्रहण गरून् भन्ने हो । स्वाहा उच्चारण गरेर यज्ञमा भोग चढाउँदा देवताले पाउँछन् । अग्नि र स्वाहाका सम्बन्धमा विभिन्न रोचक पौराणिक कथाहरू उपलब्ध छन् । स्वाहा दक्ष प्रजापतिकी पुत्री थिइन् र उनको विवाह अग्निदेवसँग भएको थियो । अग्निदेवलाई हविष्यवाहक भनी भनिन्छ । अग्निदेव आफ्नी पत्नी स्वाहाको माध्यमले हवन ग्रहण गर्नुहुन्छ र उहाँको माध्यमबाट देवताहरूले हवन सामग्री ग्रहण गर्छन् ।

अग्नि र स्वाहासँग सम्बन्धित पौराणिक आख्यान पनि धेरै रोचक छन्। श्रीमद्भागवत तथा शिव पुराणमा स्वाहासँग सम्बन्धित वर्णन गरिएको छ। यसको अतिरिक्त ऋग्वेद, यजुर्वेद आदि वैदिक ग्रन्थमा अग्निको महत्वबारे अनेक रचना गरिएका छन् । स्वाहालाई प्रकृतिको एक कला मानिन्छ र देवताहरूको आग्रह अनुसार उनको विवाह अग्निदेवसँग भएको मान्यता राखिन्छ । केवल उनको माध्यमबाट देवताहरूले हवन सामग्री ग्रहण गर्न सक्छन् भनी भगवान् श्रीकृष्णले स्वाहालाई वरदान दिनुभएको थियो । सबै वैदिक तथा पौराणिक विधान अग्निलाई समर्पित मन्त्रोच्चारण तथा स्वाहाद्वारा हवन सामग्रीलाई देवतासम्म पु-याउने कुरालाई पुष्टि गर्छन् ।

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: