भोजन व्यवस्थापनद्वारा ग्याष्ट्रिकको उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

भोजन व्यवस्थापनद्वारा ग्याष्ट्रिकको उपचार । ग्याष्ट्राईटीस धेरै कारणले हुने रोग हो । उपचार गर्दा विशेषतः रोगको कारण पत्ता लगाएर नै उपचार गर्नुपर्छ । तिव्र ग्याष्ट्राईटीसको उपचार समयमै हुन सके रोग जिर्ण हुनवाट बचाई यसका अन्य जोखिमहरु निवारण गर्न सकिने भएकाले चिकित्सकको निगरानीमा रोगको निदान तथा उपचार गर्नतिर लागौं । दिर्घ/जीर्ण ग्याष्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्वन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम विचार र व्यवहारहरुलाई स्वस्थ्यमैत्री हुने गरी समायोजन गर्नु हो । भोजन व्यवस्थापनद्वारा ग्याष्ट्रिकको उपचार यसरी गर्नुहोस् ।

भोजन व्यवस्थापन

१. बट्टा र बोतलमा संरक्षित खाद्य–पदार्थहरु, फास्ट तथा जंक फुडहरु, ज्यादा मसला, खुर्सानी, नुन हालेको, अजिनो मोटो, सोडियम बाईकार्बोनेट, सोडियम बेन्जोएट जस्ता पदार्थ मिसाईएका खाद्य पदार्थहरुबाट पनि टाढा नै बसौं ।

२. अचार, कुरकुरे, आलु चिप्स, पाउ, चाउचाउ, बिस्कुट, नुडल्स जस्ता खाद्यनले पनि ग्याष्ट्राइटिसलाई बढाउछ । चिया, कफि, कोल्ड ड्रिङ्कस जस्ता पेय, आइसक्रिम र चकलेट्, बेकरी तथा मैदाका उत्पादन जस्ता खाना र माछा–मासु जस्ता पदार्थहरु पनि ग्याष्ट्राइटिसका लागि राम्रा होईनन् ।

३. चिल्लो–चाप्लो र धेरै बोसो भएको खानेकुरा नखाऔं। अमिलो र पिरो जातका फलफुलहरुको सेवन पनि नगरौं ।

४. भोजन गर्दा खुब चपाई चपाई खाउँ । याद राखौ पेटभित्र दाँत हुदैन नचपाई खाएको भोजनले पेटलाई भोजन पचाउन अतिरिक्त दबाव दिने हुँदा ग्याष्ट्राइटिसको सम्भावना ज्यादा हुन्छ ।

५ कुनै खानाखाए पछि अम्लपित्त बढ्न गएमात्यस्ताभोजनलाई त्यागिदिउँ ।

६. भोजन गर्दा पानीको प्रयोग यथासम्भव कम होस ।

७. भोजनको समय निश्चित गरी दैनिक उसै समयमा भोजन गर्ने गरौं । दिनमा होस वा राती भोजनपछि लगत्तै सुत्ने बानी छ भने त्यागि दिऊ । भोजन र निन्द्राको वीचमा कम्तिमा पनि ३ घण्टाको अन्तर होस ।

८. भोक लाग्ने बित्तिकै हल्का फुल्का केही खाने गरौं, बर्जित खानेकुरा बाहेक ।

९. अत्याधिक तातो र चिसो खाद्य बस्तुहरुको पहरेज गरौं । नुन चिनी, मैदाका परिकार पनि पेटमैत्री हैनन् ।

१०. नसालु पदार्थहरु जस्तैः– जाँड–रक्सी, सुर्ती–चुरोट, पान–गुठ्का, गाँजा–भाङ, कोकिन, क्याफिन, टेनिन जस्ता वस्तुहरुको सेवन नगरौं ।

११. रेशा र चोकरले युक्त खस्रा मोटा खानेकुराहरु, साग–सब्जी, सलाद–फलफुल र अङ्कुरित अन्न, फलको रस, ताजामोही, पखाले, लस्सीको सेवन ग्याष्ट्राइटिसमा स्वस्थकर छ ।

१२. फ्लेवेनाइडयुक्त भोज्य पदार्थहरु जस्तैः स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ्ग, जिरा जस्ता खाद्य पदार्थलाई भोजमा समावेश गरौं ।

१३. पानी प्रशस्त पिऊ, यसो गर्दा ग्याष्ट्रिक एसिडले आमाशयलाई हानी पुर्याउन पाउदैन ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

ग्याष्ट्रिकको उपचार

ग्याष्ट्रिकको घरेलु उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।