Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हिस्टेरिया र यसको कारणहरु

हिस्टेरिया मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायी रूपले बिकृति उत्पन्न भएर सम्वेदनात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने वा अत्यधिक समवेदना उत्पन हुने मनोवैज्ञानिक रोग हो । बिरामीले अभूतपूर्व मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनु जस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो । हिस्टेरियाका लक्षणहरु संस्कृति, धर्म, रीतिरिवाज, सामाजिक अवस्था, व्यक्तिगत मनोदशाले प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरुबीच फरक हुन सक्छन् ।

वैयक्तिक स्वभाव पनि यस समस्याको कारक हो । खासगरी, आफ्नो भावना, तनाव, इच्छा तथा समस्यालाई अरूसँग व्यक्त नगर्ने अन्तरमुखी स्वभावका व्यक्ति यस समस्याका सिकार हुन्छन् । आफ्ना भावना आदान-प्रदानलाई निरुत्साहित गर्ने संस्कार पनि घातक हुन्छ । संयुक्त परविारमा बसेका नवविवाहित महिलामा पनि यो समस्या देखिन सक्छ। सासू, ससुरा, पति, जेठाजु, जेठानी आदि कडा स्वभावका वा अमैत्री हुँदा नयाँ दुलहीलाई घुलमिल हुन अप्ठ्यारो हुन्छ । यस्ता परविारमा भावनात्मक आदानप्रदानको अभाव हुन्छ ।

१४ वर्षमाथि उक्लन थालेपछि कतिपय किशोरीहरू बिनाकारण रुन्छन्, कराउँछन्, जिद्दी गर्छन् । अस्वाभाविक रूपमा हिंस्रक गतिविधिसमेत गर्छन्। लामो सास लिने, हातखुट्टा बाउँडिने, पेट कराउने, घाँटी अँठ्याए जस्तो हुने, ढुकढुकी तीव्र बढ्ने, काम्ने गर्छन् । किशोरकिशोरीलाई त पीडा हुन्छ नै अभिभावक समेत आत्तिन्छन् । यस्तो समस्या देखिएपछि अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा समेत शरीरका सबै अंगले सामान्य रूपमै काम गररिहेको भेटिन्छ । रगत र दिसा-पिसाब परीक्षण, एक्सरे, सिटी स्क्यान जस्ता जाँच पड्तालका क्रममा कुनै खराबी देखिँदैन । यसले गर्दा बिरामी थप निराश हुन्छ ।

देउता लागेको, लागो लागेको भन्दै धामी-झाँक्री, पूजापाठको सहारा लिने प्रचलन छ । वास्तवमा यो समस्या कुनै देउता, लागो वा शारीरकि खराबी होइन । यो तीव्र चिन्ता तथा तनावबाट उत्पन्न हुने मानसिक समस्या हो । यसलाई चिकित्सा क्षेत्रमा हिस्टेरयिा भनिन्छ । मानसिक तथा स्नायुगत विकारका रूपमा उत्पन्न हुने यस समस्यालाई पहिला-पहिला महिलाको यौनकुण्ठाको कारण उत्पन्न हुने रोग मानिन्थ्यो । तर अचेल ‘कन्भर्सन डिस्अर्डर,’ ‘सोमाटाइजेसन’, ‘आकस्मिक चिन्ता आदिसँग मिल्दो मानसिक रोगका रूपमा लिइन्छ । यो रोग महिला तथा पुरुष दुवै लिंगीलाई वा तेस्रोलिंगीलाई समेत हुन्छ । मुख्यतया किशोरी अथवा १४-२५ वर्षसम्मका महिलामा बढी हुने भएकाले पुरुष तथा तेस्रोलिंगीमा देखिने समस्या ओझेल पर्दै आएको छ ।

१४ देखि २५ वर्षका युवतीमा उमेरगत संवेदनशीलता र हर्मोनको कारणले यो समस्या बढी मात्रामा देखिन्छ । ३० वर्षपछि यो समस्या खासै देखापरेको पाइँदैन । यस समस्यामा बिरामीको संवेदना तथा क्रियाकलापमाथि नियन्त्रणको अभाव हुन्छ । जसले गर्दा अचानक काम्ने वा बेहोस हुने लक्षण देखिन्छ । मानसिक अन्तरद्वन्द्वलाई दबाउनाले पनि यो समस्या देखिन्छ । अझ यौनजन्य व्यवहारलाई हेर्ने पुरातन संस्कारको उपज मान्न सकिन्छ यसलाई । नेपाली समाजमा अझै यौनप्रति रुढीवादी, पुरातनपन्थी मान्यताहरू छन् ।

धार्मिक, साम्प्रदायिक र सांस्कृतिक मान्यताहरू पनि कट्टर छन् । पुरुषका तुलनामा महिलाहरूका लागि सामाजिक र नैतिक बन्धनहरू बढी छन् । यसले गर्दा आफ्ना चाहना, आकांक्षा, स्वतन्त्रता, अधिकार, यौनशिक्षा, पुरुषसँग घुलमिल हुने अवसर आदिबाट कुण्ठित हुनुपर्ने बाध्यता छ । यिनै बन्धनका कारण भित्री इच्छा-आकांक्षाहरू दबिँदै कुण्ठाको रूप लिन्छन् । अन्ततः ती मानसिक विकारको रूपमा विस्फोट हुन्छन् ।

कारणहरु

१. तीब्र यौन आकांक्षालाई लामो समयसम्म दबाउनु, यौनबारे धेरै सोच्नु वा यौनलाई पूरै तिरस्कार गर्नु ।

२. बंशानुगत ।

३. बिढी भावुक, संवेदनशील, अस्वस्थ पारिवारिक वातावरण, मानवीय शरीरको विकासक्रम एवं संवेदनालाई गलत ढंगले शिक्षा दिनु ।

४. अभिभावकले अनावश्यक रूपमा नियन्त्रण एवं रेखदेख गर्नु ।

५. भावनात्मक पक्षघात । जस्तै : तनाव, डर, चिन्ता, चोटपटक, कुटपिट, हस्तमैथुन तथा दीर्घरोग आदिका कारण ।

६. विवाह, सम्बन्ध, जिम्मेवारी, सम्बन्धविच्छेद, प्रिय व्यक्तिको निधन आदिमा आफूलाई सम्हाल्न एवं व्यवस्थापन गर्न नसक्नु ।

७. वैवाहिक जीवनमा यौनलाई पीडा, शोषण, अनैतिक वा व्यर्थ ठान्नु ।

८. शारीरकि, मानसिक तथा यौनिक दुव्र्यसनमा पर्नु ।

९. केही शारीरकि रोगहरू जस्तै : मस्तिकको ट्युमर, मानसिक रोग डिमान्सिया आदि ।

१०. परिविारभित्र भेदभाव, डर, त्रास एवं मनमुटाव भइरहनु ।

११. यौनसाथीको दबाबका कारण यौनलाई अत्यधिक प्रयोग गर्नु ।

यो पनि पढ्नुहोस्

हाइपोटेन्सन र यसको उपचार

नाथ्रो फुट्ने रोग र यसको उपचार

मिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

One thought on “हिस्टेरिया र यसको कारणहरु

%d bloggers like this: