हिस्टेरियाको लक्षण, उपचार तथा रोकथाम

हिस्टेरयिा कठोर सामाजिक मान्यता र व्यवस्थाको उपज हो । यौन शिक्षाको विस्तार, मनोनिग्रहको अभ्यास, विद्यालयमा किशोरकिशोरी स्वास्थ्य मार्फत जनचेतना, यौन तथा अन्य जिम्मेवारी बहन गर्न सक्ने गरी परिपक्वता हासिल गरेपछि मात्रै बिहे गर्ने परपिाटीको विकास नहुन्जेल यो समस्या कम हुन सक्दैन । आफ्ना भावनात्मक तथा संवेगात्मक समस्याहरूलाई घर, परविार, साथी, सहकर्मीसँग आदान-प्रदान गर्ने वातावरण यो रोग कम गर्न सहायक हुन्छ । अभिभावकले आफ्ना छोराछोरीलाई उदार रूपमा स्वस्थ एवं स्वतन्त्र गतिविधि गर्न बन्देज नलगाएमा यस्तो विकराल मानसिक समस्याबाट कोही व्यक्ति प्रताडित हुने अवस्था आउँदैन ।

लक्षण

यस रोगका लक्षणहरूलाई दुई अवस्थामा वर्गीकृत गरएिको छ । सुरुको अवस्थामा हातखुट्टा भारी हुन्छन्, बाउँडिन्छन् । पेट निकै बटारएिजस्तो लाग्छ । निस्सासिएर सास फेर्न गाह्रो हुन्छ । छातीमा कसिने, धड्कन बढ्ने, घाँटीमा केही चीज अड्किएजस्तो हुने, घाँटी तथा घाँटीका नसा सुन्निने हुन्छ । टाउको दुख्ने, दाँत बाँधिने, हातखुट्टाका मांसपेशी तन्किने आदि लक्षण देखिन्छन् । सुरुमा बिरामले छोपेको अवस्थामा बेहोस नभए पनि काम्ने तथा बेहोस हुने प्रक्रिया अलिअलि मात्र हुन्छ । हातखुट्टा खुम्च्याउँदा बढी असर हुन्छ ।

दोस्रो अवस्थामा असहाय एवं चर्को गरी रुने, कराउने, विस्तारै होस हराउने लक्षण देखिन्छन् । घाँटी निकै सुन्निन्छ । तीव्र गति र आवाजमा मुटुको धड्कन बढ्छ । मांसपेशीहरू खुम्चिन्छन् । बारम्बार मुखबाट फिँज आउँछ । कतिपय बिरामी विस्तरामै उपिन्छन् । मांसपेशी तथा स्नायु कडा भएर धनुष्टंकार जस्तो आकारमा शरीर बांगिनेजस्ता लक्षणहरू केही घन्टासम्म रहन्छन् । बिरामीले असहाय महसुस गरी माया तथा सान्त्वनाको अपेक्षा गर्छ । बिरामी गहिरो निन्द्रामा परेको देखिन्छ । तर, मांसपेशीहरू खुकुलो हुँदैनन् । गम्भीर अवस्थामा मुटुको धड्कन तथा श्वासको गति निकै हल्का भएर बिरामीको मृत्यु भएको भानसम्म हुनसक्छ । तर उसले सबै कुरा थाहा पाइरहेकै हुन्छ । निन्द्रामा हिँड्ने तथा शरीर समसमाउने, हातखुट्टा अररो हुने, बेहोस हुने र बाहिरी क्रियामा प्रतिक्रिया दिन नसक्ने समेत हुन्छ ।

उपचार तथा रोकथाम

१. यो निको हुने रोग हो । यसका लागि दृढ इच्छाशक्ति, आत्मबल वृद्धि, सकारात्मक सोच, स्वस्थ र सरल जीवनशैली अवलम्बन गर्नुपर्छ । तनाव व्यवस्थापन सम्बन्धी अभ्यास र तालिम गर्न पनि सकिन्छ ।

२. शारीरकि लक्षणलाई अर्कोतर्फ मोड्ने । जस्तै : हिँडेर, गीत सुनेर, अन्य काम गरेर ध्यानलाई अन्यत्रै मोड्न सकिन्छ ।

३. नियमित व्यायाम, पर्याप्त निन्द्रा र सन्तुलित आहारले चिन्ता घटाउँछ र शरीर पनि स्वस्थ हुन्छ ।

४. आफ्नो परिवार एवं नजिकका व्यक्तिसँग खुला रूपमा आफ्ना धारणाहरू राख्ने । यसले आफन्तलाई कुरा बुझ्न, सहयोग र सान्त्वना दिन सजिलो हुन्छ ।

५. आफ्ना लक्षण एवं समस्याबारे अधिकतम रूपमा जानकारी हासिल गर्ने । यसबाट आफूलाई वास्तविकता थाहा हुन्छ ।

६. आफ्नो रुचिका क्षेत्रहरू बढाउने र आफूलाई व्यस्त राख्ने ।

७. सफाई एवं स्वस्थ बसाइ, पोषिलो खाना, पर्याप्त शारीरकि-मानसिक आराम, मनोअनुकूल पेसा, स्वच्छ हावा, मनोरञ्जन, भ्रमण आदि गर्ने ।

८. आफूलाई नियन्त्रण गर्न, तनावसँग सामना गर्न, प्रतिस्पर्धालाई सहज रूपमा लिन, पारस्परकि सम्बन्ध दिगो राख्न अभ्यस्त हुने ।

९. रक्सी, चिया, कफी, सुर्ती, चुरोट, चिनी, सेतो मैदा सेवन नगर्ने ।

१०. मनोचिकित्सकको परामर्श अनुसार चिन्ता कम गर्ने, अवसाद निको हुने, दुःखाइ कम हुने, साइकोथेरापी वा आवश्यक उपचार गर्ने ।

यो पनि पढ्नुहोस्

हिस्टेरिया र यसको कारणहरु

हाइपोटेन्सन र यसको उपचार

नाथ्रो फुट्ने रोग र यसको उपचार

मिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

2 thoughts on “हिस्टेरियाको लक्षण, उपचार तथा रोकथाम

जवाफ लेख्नुहोस्

error: Content is protected !!