Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पुच्छ्रे तारा के हो ?

ब्रह्माण्ड र खगोलको संसार निकै रोचक छ । कहिलेकाही सफा आकाशमा उज्यालो टाउको भएका कुचो आकारका चहकिला देखिने खगोलीय वस्तुहरुलाई नै पुच्छ्रे तारा (Comets) भनिन्छ । यिनैलाई लामपुच्छ्रे तारा वा धूमकेतु पनि भनिन्छ । सौर्यमण्डलको पुच्छ्रे तारा दुङ्गा, धुलो, हिउँ र ग्यासका बनेका साना-साना खण्ड हुन्छन् । खगोलविद्हरूका अनुसार हरेक वर्ष नयाँ पुच्छ्रे तारा बनिरहन्छन् । सौर्यमण्डल क्षेत्रभित्र पनि हजारौ पुच्छ्रे तारा छन् । कति हराउँदै पनि जान्छन् । पुच्छ्रे ताराको टाउको र पुच्छर जस्तो दुई भाग हुन्छ । टाउको सूर्यपट्टि फर्केको हुन्छ र पुच्छर सूर्यबाट टाढा हुन्छ । यसले पनि सूर्यको परिक्रमा गर्छ । साना पथ भएका पुच्छ्रे तारा सूर्यको परिक्रमा एक अण्डाकार पथमा लगभग ६ देखि २०० वर्षमा पूर्ण गर्दछन् । लामा पथ भएका पुच्छ्रे तारा एक परिक्रमा गर्नमा हजारौं वर्ष लगाउँछन् ।

पुच्छ्रेतारा ठूला र त्यति गोलाकार नभएका वरफका डल्लाहरू हुन्, जुन सुर्यको वरिपरि घुमिरहन्छन् । तिनीहरु सूर्य बन्नुभन्दा धेरै वर्ष पहिले बिस्फोट भएको तारामा बनेको तत्त्वहरुबाट बनेका हुन्छन् । त्यस्ता डल्लाहरु ब्रह्माण्ड भरी १० खरबभन्दा बढिको संख्यामा भएको अनुमान गरिन्छ । यिनिहरु सूर्य भन्दा कयौ लामो दूरीमा यात्रा गरिरहेका हुन्छन । तर हामीले यसलाई सूर्यको नजिक आएको बखतमा मात्रै देख्न पाउदछौ । अहिलेसम्मको तथ्यंक अनुसार मानिसले जम्मा एक हजार वटा पुच्छ्रेतारा देखेको छन । अहिलेसम्म देखिएका मध्य सबैभन्दा ठूलो पुच्छ्रेताराको भित्री केन्द्रमा एक छेउबाट अर्को छेउसम्मको दूरी २० माइल अर्थात ३२ कि. मि. रहेको छ । पुच्छ्रेताराहरु जब सूर्यको नजिक आउछन तब तापका कारण बरफ ग्यँसमा परिवर्तन हुन्छन । तसर्थ त्यहाभित्र रहेका धुलाहरु बाहिरिन्छन जुन हाम्रो सौर्यमण्डल भन्दा निक्कै पुरानो हो जसले अर्बौ वर्ष पहिले ब्रह्माण्डको अवस्था कस्तो थियो भन्ने जान्न सहयोग पुराउदछ । प्रायजसो पुच्छ्रेताराहरु सूर्यबाट धेरै टाढा रहेर चक्कर काट्दछन ।

यो पनि पढ्नुहोस्

ब्रह्माण्डको रचना

के हो उल्का वर्षा ? यो कसरी हुन्छ ?

लामपुछ्रे ताराहरू (Comets) भनेका के हुन् ?

खगोल विज्ञानमा ग्यालिलियोको योगदान के रहेको छ ?

खगोल बिज्ञान भनेको के हो ? नेपालमा खगोल बिज्ञानको अवस्था कस्तो छ ?

कुन बेला ती पुच्छ्रेताराहरु सूर्यतर्फ आउँछन ? यसमा दुइटा सम्भावनाहरू हुन्छन्: Halley comet (ह्यालि पुच्छ्रेतारा) जस्ता केहि सूर्यका गुरुत्वाकर्षण शक्तिका कारण पुरा नपग्लेसम्म सूर्यलाई परिक्रमा गरिरहन्छन । ह्याली कोमेन्ट एउटा यस्तो कोमेन्ट हो जुन प्रत्यक 76 वर्षमा सूर्यको नजिक आउछ । यो आउने बेलामा यसको ठूलो भाग पग्लिएर वाफ र धुलोको ठूलो पुच्छर देखिन्छ । यो सन् १९८६ मा सूर्यको नजिक आएको थियो र अब सन् २०६१ मा फेरि नजिक आउनेछ । सूर्यको गुरुत्वाकर्षणमा फसेका अन्य पुच्छ्रेताराहरु सूर्यको नजिक आउन कयौ वर्ष लगाउछन । जस्तै ह्याकुच्के (Hyakutake) पुच्छ्रेतारा यो प्रत्यक १,१०,००० वर्षमा सूर्य नजिक आइपुग्छ । अन्य पुच्छ्रे ताराहरू अत्याधिक गतिका कारणले गर्दा वा सूर्यको नजिकको मार्ग नभइ जाने हुनाले कहिल्यै फर्कदैनन । Swan (स्वान) त्यस्तै एउटा पुच्छ्रेतारा हो । यस्ता पुच्छ्रेताराहरु सूर्यको गुरुत्वाकर्षण क्षेत्रमा नफसि भाग्न सफल भएमा तिनीहरु अन्य ताराहरु भएको विशाल अन्तरिक्षको यात्रामा लाग्छन ।

Like & Follow us on Facebook

यिनीहरू केहि वर्षको अन्तरालमा सुर्योदय भन्दा केहि अघि पूर्वी आकाशमा वा सूर्यास्तपछि पश्चिमी आकाशमा देखिन्छ्न् । पुच्छ्रे ताराहरु वास्तवमा ग्यासीय बरफका डल्लाहरु हुन् । यिनीहरूको केन्द्र ठोस बस्तुले बनेको हुन्छ भने चारैतिर बरफ र धुलोकण मिश्रित ग्यासीय वायुमण्डल हुन्छ । पुच्छ्रे तारा घुम्दै सूर्यको नजिक आईपुग्छ । त्यसका सतही बरफहरु बाफमा बदलिन्छ्न् । यसरी बनेको ग्यास र बरफका कणहरु सौर्य बतासले गर्दा उल्टो दिशातिर उडेर जान्छ्न् र पुच्छर बन्छ्न् । प्राय: पुच्छ्रे तारा हिउँ, कार्बन डाईअक्साइड, मीथेन, अमोनिया तथा अन्य पदार्थ जस्तै सिलिकेट र कार्बनिक मिश्रणका बनेका हुन्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: