Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

के हो ब्ल्याक होल (Black Hole) ?

अन्ततः वैज्ञानिकहरुले ब्ल्याक होल (कृष्ण छिद्र) को तस्बिर सार्वजनिक गरेका छन् । तपाईलाई लाग्न सक्छ यो ब्ल्याक होल भनेको के रहेछ भन्ने बुझ्ने जिज्ञासा लाग्न सक्छ । तपाई विज्ञानसंग सम्वन्धित व्यक्ति हो भने पक्कै पनि Black Hole को बारेमा जानकारी हुनुहुन्छ होला । तर जानकारी नभएपनि आउनुहोस् Black Hole को बारेमा जानकारी हासिल गरौँ । यसलाई नेपाली भाषामा अनुवाद गर्दा कृष्ण छिद्र भनिन्छ ।

यो पनि पढ्नुहोस्

वैज्ञानिकले गरे चमत्कार, इतिहासमा पहिलो पटक ब्लाक होलको तस्वीर सार्वजनिक

व्रम्हाण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षण शक्ति भएको अन्धकारमय अदृश्य क्षेत्रलाई Black Hole (कृष्ण छिद्र) भनिन्छ । यसले जस्तोसुकै वस्तुलाई पनि कुनै अस्तित्व बाँकी नराखी बेपत्ता पारिदिन सक्छ । ब्ल्याक होलमा यति धेरै गुरुत्वाकर्षण हुन्छ कि प्रकाशको उज्यालो पनि बाहिर जान सक्दैन । त्यसैले यसको रंग कालो देखिन्छ । कालो रंगकै कारण यसलाई वैज्ञानिकहरु ब्ल्याक होल भन्छन् । यसले कुनै पनि वस्तुलाई आफूतिर तान्छ र उम्कन दिदैन । वैज्ञानिकहरुको भाषामा यो पूर्ण रुपमा कालो हुन्छ र परिक्रमा पथबाट मात्र यसको पहिचान गर्न सकिन्छ । वैज्ञानिकले ब्ल्याक होललाई ‘मोन्स्टर’ अर्थात राक्षस भन्ने गरेका छन् ।

ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ र त्यसलाई ‘इभेन्ट होराइजन’ भनिन्छ । यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’को संज्ञा दिएको छ । हालसम्म गरिएका अनुसन्धानहरुमा ठुल्ठुला ताराहरुको जीवनचक्र सकिएपछि नै उनीहरु ब्ल्याक होलमा परिणत हुने दाबी गरिएको छ । वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । पृथ्वीमा हुने एक मिलिग्राम तौल त्यस ब्ल्याक होलमा एक करोड किलो वा त्यो भन्दा पनि धेरै हुन सक्छ । अधिक गुरूत्व शक्तिले गर्दा त्यसभित्र हरेक चिजहरू खुम्चिएर खाँदिएर रहेका हुन्छन् ।

Like & Follow us on Facebook

प्रकाश बाहिर आउन नसक्ने भएको हुनाले त्यसको रंग पनि थाहा हुँदैन । त्यसैले त्यो खुल्ला आँखाले देख्न सकिँदैन । वैज्ञानिकहरूको विशेष उपकरणको माध्यमबाट मात्रै ब्ल्याक होलको पत्ता लगाउन सकिएको हो । ब्ल्याक होलका नजिकै रहेका अन्य ताराहरूको अचम्मको हलचल नियालेर वैज्ञानिकहरूले ब्ल्याक होलको स्थान पत्ता लगाउन सक्छन् । ब्ल्याक होलभित्र सजिलै २० वटा सुर्य अटाउन सक्छन् । वास्तवमा तस्बिरले विश्वभरका वैज्ञानिकहरु यसका लागि अत्यन्तै उत्साहित भएका छन् ।

कुनै पनि अङ्कलाई शून्यले भाग गर्दा अनन्तता (इन्पि्कनिटी) को अवस्था आउँछ। गुरुत्वाकर्षणको सूत्र अनुसार कुनै पनि वस्तु खुम्च्याएर विन्दु जति सानो तर उच्च घनत्वको बनायो भने त्यसको गुरुत्वाकर्षण क्षेत्र यति खँदिलो हुन्छ कि समिप पुग्ने सबै वस्तु टाँसिन्छन् । ब्ल्याक होल त्यस्तै उच्च गुरुत्वाकर्षण भएको वस्तु हो। मुख्यत ब्ल्याक होल तीन प्रकारका हुन्छन् । पहिलो प्रकारका ब्ल्याक होलहरू ब्रह्माण्डको सृष्टिसँगै उत्पत्ति भएको मानिन्छ । दोस्रो प्रकारका ब्ल्याक होल विशाल ताराहरूको अवसान पछि बन्छन् । सूर्यभन्दा सयौं गुणा विशाल ताराहरू मात्र जीवनचक्रको अन्त्यमा ब्ल्याक होल बन्ने गर्छन् । भीमकाय (सुपर-म्यासिभ) ब्ल्याक होल भनिने तेस्रा किसिमका ब्ल्याक होलहरू चाहिं आकाशगंगाहरूको केन्द्रमा हुन्छन् ।

प्रसिद्ध वैज्ञानिकहरू अल्वर्ट आइन्स्टाईन (Albert Einstein) र स्टेफन हकिङ्ग (Stephen Hawking) ले पनि यसको विषयमा अनुसन्धान गरेपछि वैज्ञानिक जगतमा यसले ठूलो कोलाहलता मच्चाएको थियो । सन् १९६९ मा भौतिकशास्त्री जोन हवीलरले दिएको जानकारी अनुसार यसको गुरुत्वाकर्षण शक्ति यति भयानक छ कि प्रकाशलाई पनि यसले निल्न सक्छ । प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङले ब्ल्याक होलबारे अनुसन्धान गरेका थिए। सन् १९७४ मा ‘ब्ल्याक् होल्’बाट ‘हकिङ विकिरण’ निस्किने सिद्धान्तको प्रतिपादन गरेका थिए । तर यो उपलब्धि देख्न नपाई ७६ वर्षको उमेरमा गत वर्ष निधन भयो। उनले ब्ल्याक होलहरू पहिला भन्ठानिए जस्तो कालो नहुने जिकिर गरेका थिए।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: