Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

के हो प्लाष्टिक ? ४५० बर्ष कुहिन समय लाग्ने प्लाष्टिक बोतलको प्रयोग नगरौ

प्लाष्टिकको आविष्कार अठारौं शताब्दीको उत्तरार्धमा वेलायती बैज्ञानिक अलेक्जेण्डर पार्केशले गरेका हुन । उनैको नाममा त्यस बेला प्लाष्टिकलाई पार्केजाइन भनिन्थ्यो । पार्केशले यसको आविष्कार नाइट्रोसेलुलोजद्वारा गरेका थिए । प्रारम्भिक प्लाष्टिक अत्याधिक कठोर थियो । यसलाई तेल र कपुर मिलाएर मुलायम वनाइयो । प्लाष्टिक शव्दको उत्पत्ति ग्रिक भाषाको प्लाष्टिककोज शव्दद्वारा भएको हो, जसको अर्थ वनाउन या तयार गर्न भन्ने लाग्न जान्छ । प्लाष्टिक वनाउने व्यापारिक विधिका जन्मदाता भने“लियो ह्यान्ड्रिकस आर्थर बेकलैण्ड”हुन । उनले प्लाष्टिकको निर्माण सन् १९१० मा फिनोल र फर्मल्डीहाइडको रसायनिक क्रिया गराएर वनाएका थिए । यसपछि प्लाष्टिक निर्माणका नयाँ-नयाँ तरिकाहरू आउन थाले । इथाइलिनको बहुलिकरण गरेर पोलीइथाइलिनको निर्माण पनि हुन थाल्यो । प्लाष्टिकको आविष्कार १०,००० (दस हजार) डलर पुरस्कारको लागि गरिएको थियो जसले हात्ती दन्तको प्रतिस्थापन गरि बिभिन्न सामग्री निर्माण  लागि आव्हान गरिएको थियो।

यो पनि पढ्नुहोस्

प्लाष्टिक पर्यावरण र जनस्वास्थ्य

प्लाष्टिक प्रयोग घटाउने जनचेतनामूलक कार्यक्रम कामपाका ३२ वटै वडामा गर्नुपर्ने – पूर्वमन्त्री शाह

प्लाष्टिक कृत्रिम जैविक यौगिक हो अथवा सेन्थेटिक अर्गानिक कम्पाउण्ड हो । थोरै परमाणविक मास भएको कार्वन, हाइड्रोजन, अक्सिजन, हेलोजन भएका अर्गानिक कम्पाउण्डलाई उत्प्रेरकको सहायताबाट पोलिमराईज गरेर बिशाल परमाणविक मास भएको लचकदार पदार्थको कृत्रिम संश्लेषण गरेपछि प्लाष्टिक बन्छ । प्लाष्टिक एक किसिमको लचकदार पोलिमर हो । यो लचकदार हुने भएकोले प्लाष्टिकलाई चाहिएको आकारमा सजिलै परिबर्तन गर्न सकिन्छ । प्लास्टिकको यो गुणलाई प्लास्टिसिटी भनिन्छ ।

प्लाष्टिक चाँडो नगल्ने, नसढ्ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि भयंकर खतरा सावित हुंदै गइरहेको छ । मौसम, पानी, किरा, फटयांग्रा लगायत जीवाणु, विषाणु, लेउ, झ्याउ र ढुसी पनि यसलाई गलाउन असक्षम सावित भइसकेका छन् । अम्ल, क्षार, लवण लगायत अन्य रसायनहरूसंग क्रिया गराउदा पनि प्लाष्टिकलाई गलाउन नसकिने हुंदा प्लाष्टिकको फोहोर हाम्रो वातावरणमा दिन प्रतिदिन वढिरहेको छ । समुन्द्रको तट होस् वा हिमालय, मरुभूमि होस वा घना जंगल, तालतलैया हुन् वा नदि-नाला लापर्वाहीपूर्वक फ्याकिएका प्लाष्टिकको फोहोरले सुन्दर मनोहर दृश्य भएका यी प्राकृतिक संरचनालाई दिन प्रतिदिन कुरुप वनाउदै गइरहेको छ ।

Like & Follow us on Facebook

‘प्लाष्टिक प्रयोगले जल र जमीनलाई सबैतिर प्रदूषित पारेको छ । खेत खन्दा प्लाष्टिक, गाईवस्तुको आन्द्रामा प्लाष्टिक, माछाको पेटमा प्लाष्टिक, प्लाष्टिकमा बेरिएर मरेका जलचर, प्लाष्टिकले निकास थुनिएर डुवान सामान्य बन्न पुगेका छन् । खास गरेर प्लाष्टिकको झोलाको अत्यधिक प्रयोग बहुआयामिक समस्या बनेको छ । विश्वमा प्लाष्टिक झोलालाई मुख्य वातावरणीय समस्याको रूपमा पहिचान गरेर समाधानका विभिन्न उपाय अबलम्वन भइरहेका छन् । प्लाष्टिक झोलाको प्रयोगले मानिसमा क्यान्सर जस्तो भयानक रोग लाग्न सक्ने चिकित्सकहरुले बताएका छन् । प्लाष्टिकवाट बनेका बोतलहरु कुहिन ४५० बर्ष वा सो भन्दा बढी बर्ष लाग्न सक्छ । यदि साधारणतया एउटा मानिसको आयू ७५ बर्ष मान्ने हो भने प्लाष्टिकवाट बनेका बोतलहरु कुहिन ६ पुस्ता मानिसको आयू बराबर समय लाग्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: