Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

समुन्द्रशास्त्र अनुसार हातमा यी ९ रेखाहरु हुने ब्यक्ति हुन्छन् अति धनाढ्य

समुन्द्रशास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुपरेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्वन्धी विभिन्न कुरा भविष्यवाणी गर्न सकिन्छ । शरीरका अंगबारे बताउने समुन्द्रशास्त्रमा हत्केलामा रहेका रेखाको महत्वबारे चर्चा गरिएको छ । यो शास्त्र अनुसार हाम्रो जीवनमा आर्थिक अवस्था के हुने भन्ने विषयमा रेखा हेरेर थाहा पाउन सकिन्छ । हत्केलामा हुने रेखा हेरेर भन्न सकिन्छ कि जीवनमा को ब्यक्ति धनाढ्य बन्छन् भनेर । समुन्द्रशास्त्र अनुसार हातमा यी ९ रेखाहरु हुने ब्यक्ति अति धनाढ्य हुन्छन् ।

यो पनि पढ्नुहोस् 

समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली ?

श्रीमानको भाग्य चम्काउने युवतीका लक्षणहरु

विहान उठेर हत्केलाको दर्शन गर्नाले दिन नै शुभ हुन्छ

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

गालाको रंगबाट थाहा हुन्छ स्त्रीको चरित्र

१. हातमा औंलाहरु सिधा छन् र जीवन रेखा गोलो छ एवं शुक्र पर्वतमा कोठी छ भने करोडपति बन्ने संकेत हो ।

२. भाग्य रेखा हत्केलामा मोटोबाट पातलो हुँदै गएको हुन्छ । जीवन रेखा गोलो र शनि पर्वत अग्लो हुने ब्यक्तिलाई ब्यवसाय गरेर धन हात पर्छ । करोडपति बन्ने सम्भावना हुन्छ ।

३. हत्केला बाक्लो छ र जीवन रेखाका साथै मंगल रेखा पनि गएको छ भन् यो ब्रम्हाको संकेत हो । यसले तपाइँ करोडपति हुने जानकारी दिन्छ । यस्ता ब्यक्तिलाई जीवनमा पैत्रिक सम्पति समेत प्राप्त हुन्छ ।

४. हत्केलामा भाग्य रेखा जीवन रेखाबाट टाढा छ र चन्द्र पर्वतदेखि निस्किएको रेखा भाग्य रेखासम्म पुगेको छ भने पनि विदेश गएर धन कमाउने योग देखाउँछ ।

Like & Follow us on Facebook

५. हत्केलामा भाग्य रेखा, बुध रेखा तथा मस्तिष्क रेखा त्रिकोणको चिन्ह बनाएको अवस्थामा छन् भने तपाइँ धनी बन्ने निश्चित छ ।

६. चन्द्रमबाट एक रेखा निस्किएर भाग्य रेखासम्म पुगेको छ र भाग्य रेखा पातलो हुँदै शनि पर्वतसम्म पुगेको छ भने यस्ता ब्यक्ति पनि सहजै करोडपति बन्न सक्छन् ।

७. विवाह रेखा गुरु पर्वतमा पुगेको छ र हातमा मोटा रेखाको जालो छैन भने मस्तिस्क रेखा नफाटेका ब्यक्तिलाई पनि महिला वा ससुरालीको तर्फबाट नसोंचेको मात्रामा धन प्राप्त हुन्छ ।

८. हत्केला बाक्लो छ र औंलाको आधार बराबरी छ तथा भाग्य रेखा समेत एक भन्दा बढी छन् भने जीवनमा धन प्राप्त हुन्छ । यस्ता रेखा हुने ब्यक्तिलाई जीवनमा अचानक धन आइलाग्छ ।

९. भाग्य रेखा मणिबन्ध रेखाबाट निस्किएर सोझै शनि पर्वतमा पुगेको छ र सूर्य रेखा एक भन्दा अधिक छ भने सूर्य र शनिको प्रभावले त्यस्ता ब्यक्तिलाई अति धनी बनाउँछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

2 thoughts on “समुन्द्रशास्त्र अनुसार हातमा यी ९ रेखाहरु हुने ब्यक्ति हुन्छन् अति धनाढ्य

%d bloggers like this: