मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय सञ्‍चालनमा ल्याइने

काठमाडौँ, २३ वैशाख । आगामी दुई वर्षभित्र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय सञ्‍चालनमा ल्याइनेछ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम २० गते शुक्रवार सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन । बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलन अनुसार सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय सञ्‍चालनमा ल्याइने

शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्‍वस्तरको अध्ययन र अनुसन्धान गर्ने विशिष्‍टीकृत विश्‍वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय आगामी दुई वर्षभित्र सञ्‍चालनमा ल्याइनेछ । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा गर्नु भएको सम्बोधनको बुँदा १०० मा उक्त कुरा उल्लेखित छ ।

Like & Follow us on Facebook 

यो पनि पढ्नुहोस्

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

मुस्ताङको युरेनियम खानी उत्खननको लागि अध्ययन गरिने

आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गरिने

यस्तो छ विज्ञान तथा प्रविधिको विकासको लागि आ.व. २०७६/७७ को नीति तथा कार्यक्रममा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!