Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

के हो एटम बम (Atom Bomb) ?

एटम बम भन्ने बितिकै हामी दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली एटम बमहरुले धेरै नै ठूलो धनजनको क्षति भएको सम्झेर झसङ्ग हुन्छौ । सन् १९४५ मा अमेरिकाले जापानका दुई सहरहरु हिरोसिमा र नागासाकिमा लिटल बोई र फ्याट म्यान नाम दिइएका ती दुई बम विस्फोट गराइँदा करिब ७५ हजार निर्दोष जापानी नागरिकहरु मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए । बमहरु यति विस्फोटनबाट उत्पन्न भएका विकिरणहरुले अहिलेसम्म पनि असर गरिहेको छ । सन् १९४५ मा हिरोशिमामा खसालिएको ४ टनको एटम बममा यूरेनियम -२३५ प्रयोग गरिएको थियो भने नागासाकिमा खसालिएको ४५ टनको एटम बममा प्लूटोनियम २३९ प्रयोग गरिएको थियो ।

यो पनि पढनुहोस्

हाइड्रोजन बम (Hydrogen Bomb) भनेको के हो  ?

युरेनियम (Uranium) भनेको के हो ?

युरेनियमका गुणहरु र दोषहरु

आणविक उर्जा नेपाललाई आवश्यक किन ?

नेपालमा युरेनियम : उत्खनन गरे देशको कायापलट

उर्जा (Energy) भनेको के हो ?

नेपालमा युरेनियम पाईने ठाउँहरु

नेपालको युरेनियम : विदेशी चासो

एटम बम ज्यादै ज्वलनशील र विस्फोटक किसिमको विभाजन हुन सक्ने पदार्थ युरेनियम (Uranium) र प्युलोटोनियम (Plutonium) बाट बनाईन्छ । एटम बम विस्फोटन हुँदा एकैछिनमा एक्कासी लाखौँ डिग्री सेल्सियस तापक्रम बढ्न पुग्छ । यसमा बमको सबै भाग ग्याँसमा बदलि चाप वायुमण्डलको भन्दा लाखौँ गुणा बढी हुन्छ र वरपरको हावालाई चाप्दै यो तिव्र गतिमा फैलिन थाल्दछ । बिस्फोटन भएको समयमा आगोको ज्वाला निस्केको हुन्छ र त्यहि समयमा आगोको विशाल भकुण्डो अति तातो हावासंग सँगै निस्कन्छ । यसबाट शक्तिशाली विकिरणहरू उत्पन्न भई परमाणिक प्रतिक्रिया भएको ठाउँबाट पनि त्यतिकै शक्तिशाली न्यूटोन (Neutron) र गामा विकिरण (Gamma Ray) हरू निस्कन्छन् ।

एउटा एटम बम सामान्य बमभन्दा लाखौँ गुणा शक्तिशाली हुन्छ । एटम बमले आफ्नो ऊर्जा न्युक्लियर फिसन प्रक्रियाबाट पाउँछ । गह्रौँ तत्वका परमाणुहरुलाई टुक्र्याएर हलुका तत्वका परमाणुहरुमा परिणत गरेर ऊर्जा उत्पादन गर्ने प्रक्रियालाई न्यूक्लियर फिसन भनिन्छ । यो प्रक्रियामा युरेनियमजस्ता अस्थीर तत्वहरुका परमाणुहरुलाई न्यूट्रोनले हानेर टुक्र्याइन्छन् । यी सबै तत्वहरुको कुल पिण्ड पहिलेको तत्वको पिण्डभन्दा केही कम हुन्छ । यही ‘हराएको’ पिण्ड नै अपार ऊर्जामा रुपान्तरण हुन्छ भन्ने तथ्यबारे महानतम् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको चर्चित समीकरण E = mc2 ले व्याख्या गर्छ । त्यतिमात्र होइन, एकचोटिको फिसनबाट निस्किएका न्युट्रोनहरुले युरेनियमका अरु परमाणुहरुलाई पनि टुक्र्याउँछन् र अझ बढी ऊर्जाको उत्पादन हुन्छ । यो प्रक्रिया निरन्तर चलिरहन्छ र यसले अथाह ऊर्जा उत्पादन गर्दछ ।

एटम बम बिष्फोटन
एटम बम बिष्फोटन

विस्फोटन भएपछि तातो ग्याँस र विकिरणहरूबाट रंगित मुस्लो बन्छ । २-३ मिनेट भित्रै यो केहि किलोमिटर माथि उठ्छ र च्याउको छाता जस्तो देखिन्छ । विस्फोटनबाट विकिरणहरू वनस्पति र जन्तुहरूको शररि भित्र पस्नाले ठूलो धनजनको क्षति हुन जान्छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकी वैज्ञानिक ओपनहाइमरले परमाणु वम बनाएर प्रयोगात्मक रूपमै पृुष्टि गरिदिए । उनले नाभिकीय विखण्डन प्रतिक्रियाबाट पदार्थको केही अत्यन्तै सानो अंशलाई मात्र भएपनि शक्तिमा बदलेर देखाइदिए । वास्तवमा परमाणु वममा नाभिकीय प्रतिक्रियाबाट पदार्थ शक्तिमा बदलिन्छ तर त्यहाँ अत्यन्तै थोरै मात्राको पदार्थ मात्र शक्तिमा बदलिएको हुन्छ । पदार्थ पूर्ण रूपमा शक्तिमा बदल्ने प्रविधिको विकास भने अहिलेसम्म विश्वमा भइसकेको छैन ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

One thought on “के हो एटम बम (Atom Bomb) ?

%d bloggers like this: