Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कुहिरो कसरी र किन लाग्छ ?

कुहिरो वास्तवमा एक खाले बादल हो । रातमा जमीन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ । अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्तैनौँव । कुहिरो बाक्लो भयो भने त्यसलाई हुस्सु भन्दछौँ । अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन् । बादल जमिनको सतहभन्दा धेरै माथि आकाशमा लाग्छ भने कुहिरो तल सतहसँग जोडिएर लाग्छ । बादल र कुहिरो दुबै पानीका असंख्य सूक्ष्म कणहरू एकसाथ हावामा झुण्डिएर रहँदा बन्ने गर्छन् ।

यो पनि पढनुहोस्

कोदो र यसका फाइदाहरु

९ प्रकारका पानीहरु

मधुमेहका रोगीले के खाने र के नखाने ?

स्वास्थ्य धन हो भने जिब्रो रोगको घर हो

कुहिरो लाग्न दुइटा कुरा चाहिन्छ । एक, जमीनको सहतसँगको तापक्रम एकदमै न्यून हुनपर्छ । जसले गर्दा पानी सानो सानो कणमा जम्छ । अर्को, सतहमा चिस्यान (सापेक्षिक आद्रता) बढी हुनुपर्छ । त्यसले हावामा पानीको मात्रा बढाउँछ । चिसोले हावामा बढी भएको पानीको मात्रा सानो सानो कणमा जम्छ। यी कण यति साना हुन्छन्, पृथ्वीको गुरुत्व बलले तलतिर तान्न सक्दैन, त्यसैले ती कण सतहसँगैको वायुमण्डलमा घुमी बस्छन् । त्यसैलाई हामी कुहिरो भन्छौं । घाम लागेर तापक्रम बढेपछि ती कण उडेर आकाशतिर जान्छन् र कुहिरो फाट्छ ।

हाम्रो घरबाहिर खुल्ला ठाउँमा रहेको हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहेका हुन्छन् । जसरी पानीमा नून वा चिनी घुलिएर रहँदा देखिने हुँदैन त्यसरी नै हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहँदा पनि देखिने हुँदैन । हावाको एउटा स्वभाव के छ भने यसले यसको तापमान अनुसार खास मात्रामा पानीका सूक्ष्म कणहरू आफूमा घोल्ने क्षमता राख्दछ । हावामा तापमान जति मात्रामा बढ्छ त्यही अनुपातमा यसले पानीका बढी कणहरू आफूमा घोल्ने क्षमता ग्रहण गर्दछ । अर्थात् बढी तापमान बढी घोल्ने क्षमता, कम तापमान कम घोल्ने क्षमता हुन्छ । त्यसैले गर्मी याममा भन्दा जाडो याममा हावाले आफूमा पानीको कम मात्रामा मात्र कणहरू घोल्ने क्षमता राख्दछ किनकि गर्मी यामको तुलनामा जाडो याममा हावा धेरै चिसो हुन्छ ।

स्मरणीय के छ भने ग्लासमा रहेको पानीमा नून वा चिनीको मात्रा घोल्दै जाँदा एउटा बिन्दुमा पुगेपछि ती बस्तुहरू घुल्न छोड्छन् र नघुलिएको नून वा चिनीको भाग पानीमा आँखाले देखिने हुन्छन् । नून वा चिनी पानीमा जुन मात्रासम्म घोलिँदा देखिने हुँदैन त्यो मात्रासम्मको घोललाई संतृप्त घोल भनिन्छ । हावा र पानीको घोलमा पनि पानी घुलिन सक्ने अधिकतम बिन्दुसम्मको घोललाई संतृप्त घोल भनिन्छ । त्यसैले गर्मी याम र जाडो याममा हावा र पानीको संतृप्त घोल बन्ने बिन्दु फरक फरक हुन्छ । गर्मी याममा भन्दा जाडो याममा हावा र पानीको संतृप्त घोल बन्ने बिन्दु धेरै तल हुन्छ । अर्थात् जाडो याममा थोरैमात्र पानीका कणहरू घुलिंदा पनि पानी र पानीको संतृप्त घोल बन्छ ।

Like & Follow us on Facebook

जाडो याममा घाम छड्के पर्ने हुँदा जमिन गर्मी याममा भन्दा चिसो हुन्छ । राती आकाशमा बादल लाग्दैन भने दिउँसो घामले गर्दा अलि अलि तातेको जमिनको ताप पनि बिकिरणबाट आकाशमा फर्कन्छ र बिहान जमिन अत्यन्त चिसो हुन्छ । यसले गर्दा जमिनसँग सर्म्पर्कमा रहेको हावाको एक तह पनि चिसिन पुगी त्यसले पानीका कणहरू आफूमा घोल्न सक्ने क्षमता पहिलेभन्दा गुमाउन पुग्छ । यस्तो हुँदा हावामा घुल्न नसक्ने पानीका कणहरू हावाबाट छुट्टिएर हावामा झुण्डिएर रहन पुग्छन् र त्यसले कुहिरोको रूप लिन पुग्छ । यदि हावा धेरैभन्दा धेरे चिसो भई हावाले आफूमा रहेका अत्यधिक मात्राको पानीका कणहरूलाई कुहिरोमा परिणत गर्छ भने बाक्लो कुहिरो लाग्छ र त्यस अवस्थामा सूयॅको प्रकाश जमिनसम्म पुग्न गाह्रो भई धेरै दिनसम्म घाम नलाग्ने हुनसक्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: