Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वन जोगाउ, वन्यजन्तु बचाउँ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

वन जोगाउ, वन्यजन्तु बचाउँ ! हाम्रो मध्येविन्दु नगरपालिकाको यो बन पहिले बाक्लो थियो । यहाँ अहिले सवै ठुला-ठुला रूख काटिएको छ । स-साना रूख कहिलेसम्म बढ्छन् हेर्न बाँकी देखिन्छ । जँगलका ठूला रूख अनावश्यक रूख काट्ने र त्यसभित्र नया रूख हुर्काउन सके वैज्ञानिक वनको उदाहरण सम्भव थियो तर सवै रूख हटाउदा बन्यजन्तुलाई समेत ठूलो मर्का पर्ने देखिन्छ यसतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।

हिजो पंचायतको पालामा हरियो बन सरकारको धन भन्ने थियो । यसले बन विनाश हुनबाट रोकेको थियो । तर आज वैज्ञानिक वनको नाममा पुराना रूख काटेर नयाँ रूख जन्माउने काम सुरू भएको देखिन्छ । यसले प्रयावरणलाई र जिवजन्तुलाई समेत ठूलो प्रभाव पार्नेछ ।

एउटा ठूलो हिस्सा जसमा विभिन्न जातका हरियो वृक्षहरू पाइन्थ्यो । नेपालको हरियो जंगललाई वनको नामले पनि चिनिन्छ । नेपालको लगभग ४० प्रतिशत भू-भाग वनले ओगटेको छ । जंगलले वातावरणमा स्वच्छ हावा पानी समेत प्रदान गर्दछ । जंगल भनेको भू-भागको जंगललाई विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थानको रुपमा पनि लिईन्छ ।

वोटविरुवा, भूमि, प्राकृतिक स्रोतसाधन, जनावर र बीच आध्यात्मिक र भावानात्मक सम्वन्ध हुन्छ । यहाँ वैज्ञानिक बनलाई रूख काटेर होइन त्यसलाई संरक्षण गरेर बनलाई घना बनाउन सके वैज्ञानिक वनको अर्थ तब मात्र रहन सक्छ । बनभित्र पस्दा बुढा रूख काटेर बन सवै खाली देखिएको छ यो नितान्त गलत छ ।

हिजो यस भागमा प्रशस्त पानी पर्दथियो तर आज पानीसम्म पर्न सकेको छैन । यसको ठोस कारण भनेकै वन विनाश त होइन भन्ने प्रश्न चिन्ह खडा भएको छ । वैज्ञानिक बन भनेको स-साना बिरूवा बचाएर बनलाई घना बनाउनु हो तर यहाँ पुराना रूख काटेर नया रूख बचाउने अभियान देखिएको छ यो नितान्त गलत छ ।

नेपालमा पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोटविरुवा तथा सोसँग सम्वन्धित जङ्गलहरुमा पाइने अन्य जीव जनावरहरुको समग्रतालाई वनसम्पदा भनिन्छ । नेपालको हिमाली भेगदेखि तराईको मैदानसम्म प्रकृतिको वरदानको रुपमा प्राप्त वन सम्पदाको महत्व कति छ भने कुरा नेपालको हरियो वन नेपालको धन भन्ने कुराले पुष्टि गर्दछ ।

सामान्य जनजीवनमा आवश्यक पर्ने काठ, दाउरा, इन्धन तथा विभिन्न उद्योग व्यवसायको लागि आवश्यक पर्ने कच्चा पदार्थ पशुपालनको लागि चाहिने घाँसपात, चरण र पशुपंक्षी तथा जनावरको लागि बासस्थान नै बन सम्पदा अभिन्न अगंको रुपमा वनेको छ । नेपालको वनसम्पदा राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण साधनको रुपमा चिनिन्छ । वनजंगलवाट प्राप्त हुने जडीवुटी र काठको आपूर्तिले दैनिक आवश्यकता मात्र पुरा नगरी राष्ट्रिय आयमा समेत ठूलो योगदान दिएको छ ।

वैज्ञानिक वनको प्रमुख भूमिका प्रणालीमा ३० सेमिसम्म व्यास भएका रूखहरूलाई एड्भान्स ग्रोथ अर्थात् बालीका रूपमा कायम गरिने र पुनरुत्पादन (रि-जेनेरेसन) को सुनिश्चित हुनेगरी उमेर पुगेका बूढा रूखहरूलाई क्रमशः हटाउँदै लगिने योजना रहेको देखिन्छ । वैज्ञानिक वन व्यवस्थापनमा वन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी पुराना रूखहरू काट्ने र नयाँ बिरुवाहरू उत्पादन गर्ने भनेको छ । बैज्ञानिक वन व्यवस्थापन अनुसार कार्य गर्ने हो भने ८० वर्ष भित्रमा हाल भएका सबै रुखहरू काटिन्छन् र त्यसको ठाउँमा नयाँ रुखहरू हुर्किसक्ने छन् ,भन्ने रहेको देखिन्छ ।

Like & Follow us on Facebook

यदि यसरी नै पुराना रूख काट्दै जाने हो भने पशुपंक्षी तथा जनावरको लागि बासस्थान नै बन सम्पदा अभिन्न अगंको रुपमा वनेको छ । पुराना अग्ला रूख नै पशुपक्षीको बास्थान हो यो क्रमश: समाप्त हुदै जाने हो भने पशुपंक्षी माथी अन्याय हुने प्रत्यक्ष संकेत देखिन थालेको छ । यही अवस्था रहे नेपालमा जंगल विनाश बाहेक केहि नहुने वर्तमान अवस्थाले देखाएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: