मानव स्वास्थ्यमा बहुउपयोगी बोजोको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बोजो मानव स्वास्थ्यमा धेरै पहिलेदेखि चल्दै आएको वनस्पति हो । यसको वैज्ञानिक नाम एकोरस कालामस हो । नेपाल भाषामा यसलाई सापी वा बोजो भन्ने गरेको पाइन्छ । थारू र हिन्दी भाषीले चाहिं वच भन्ने गरेको सुनिन्छ । यसलाई ‘स्विट फ्ल्याग’ नामले विदेशीहरूले भनेको सुनिन्छ ।

आयुर्वेदमा यसको महत्व ठूलो छ । बोजोलाई धेरैजसोले गाउँघरमा पेट दुख्दा फुल्दा, खोकी लाग्दा चुस्ने खाने गरेको पाइन्छ । बोजोलाई बाथ, दाँतको दुखाई, कफदोष, स्वरभेद (स्वर बसेको), आउँ, झाडापखाला, ब्रोन्काइटिस, ज्वरो आदिमा प्रयोग गरेको पाइन्छ । आज यो वनस्पति पनि लोपोन्मुख हुने अवस्थामा छ ।

मेरो बुबाको झोलामा प्राय: मैले बोजोका साना-साना टुक्रा राखेको पाउथे र बुबालाई खोकी लाग्दा प्राय: बोझो लिने गरेको पाउथे । एलोपैथिक औषधि सेवन गर्दा गर्दा ठिक नभएका विरामीहरूलाई प्राय: बोजो दिएर निको गरेको पाउथे । बोझोको प्रयोगले स्वर सफा गराउन पनि बेजोड काम गरेको पाइन्छ ।

म सानो छदा एकपटक स्वर बसेकाले सानो टुक्रा मलाई चुस्न दिनुभयो, तुरुन्त स्वर बसेको खुलेको थियो यस्ता थुप्रै समस्यामा बोजोको प्रयोग गरेर स्वास्थ्य लाभ दिन सकिने देखिन्छ । कतिपय व्यक्तिहरूले बोजोको साना-साना टुक्रा पारेको बोजोलाई मालामा उनेर घाँटीमा बाध्ने गर्दा यसको गन्धले नै केहि नखाई खोकी निको गरेको मैले केहीको मुखबाट सुन्दै आएको छु ।

बोझोमा यस्तो शक्ति छ जसले गन्धको सहयोगबाट पनि रोग निको भएका छन् भएन त चमत्कार । युनानी उपचार पद्धतिमा बोजोलाई दिमाग तन्दुरुस्त राख्ने भिटामिन, शारीरिक कमजोरी, पेट सम्बन्धी गडबडी, कलेजो तथा छातीको दुखाइ, मिर्गौला सम्बन्धी समस्या आदिमा पनि प्रयोग गरिएको पाइन्छ ।

आयुर्वेदिक चिकित्सामा बोजोबाट थुप्रै औषधि बनाएको छ । जस्तै दिव्य मेघा बुटी, संजीवनी बुटी, सरस्वत चूर्ण, अश्वगन्धारिष्ट आदि औषधिहरू बनाइने गरेको पनि पाइन्छ । औषधिजन्य वनस्पतिको धनी देश नेपाल हामी नै किन यसबारे अनभिज्ञ छौं त ?

पुर्खामा भएका यस्ता औषधिमूलोका ज्ञान हामीमा किन हुन सकेन ? यसबारे थोरै मात्र जानकारी लिने प्रयत्न गर्ने हो भने पनि हामी जवाफ पाउन सक्छौं– हामीले आफ्नै परम्परागत ज्ञान, सीप र अभ्यासमा भरोसा गरेनौं र परनिर्भर विदेशीले बनाएको औषधिमा मात्र विश्वास गर्न पुगेका छौं र यहि कारण आज यस्ता औषधि लोपोन्मुख हुन पुगेका छन् ।

बोजोलाई गमलामा फूल जसरी रोप्न सकिन्छ । बोजोको पात सधैं हरियो हुनाले यसले सुन्दरतासँगै सुगन्ध पनि प्रदान गर्छ । तर, यसलाई गमलामा रोप्ने त परै जाओस्, नर्सरीहरूमा पनि राखिएको देखिन्न । त्यसो त बिक्री नै नहुने भएपछि नर्सरीमा राख्नुको पनि औचित्य रहन्न ।

अहिले सरकार लाखौं रूख रोप्ने कुरा गर्दैछ । यस्तो बेला रूखसँगै बोजो जस्ता औषधिजन्य वनस्पति रोप्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्छ । आयातित वनस्पतिलाई प्रश्रय दिनुभन्दा आफ्नै वनपाखामा पाइने वनस्पति रोपिनु आर्थिक हिसाबले मात्र होइन, जैविक विविधताका दृष्टिले समेत उपयुक्त हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

अचारको रूपमा प्रयोग गरिने धनियाका फाइदाहरू

औषधिको रुपमा बहुउपयोगी हर्रोको प्रयोग

औषधिको रुपमा बहुउपयोगी अमलाको प्रयोग

औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

जवाफ लेख्नुहोस्

error: Content is protected !!