Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

क्वाँटी खानुको बैज्ञानिक महत्त्व

क्वाँटी खानु हाम्रो नेपाली परम्परा हो । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो । हामीले क्वाँटी विशेष गरेर जनैपूर्णिमाको दिन खाने गर्छौं । क्वाँटी नेवारी संस्कृतिबाट आएको शब्द हो । ‘क्वा’ भनेको ‘तातो’ र ‘टी’ भनेको ‘झोल’ अर्थात् क्वाँटीको अर्थ तालो झोल। क्वाँटीमा ९ थरी गेडागुडी मिसाइन्छ । यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाइएको पौष्टिक खानेकुरा हो ।

नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ । गेडागुडीलाई टुसा उम्रनेग री पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जनैपूर्णिमा पर्ने साउन अन्तिम वा भदौको पहिलो हप्ताको समय वर्षायाम सकिएर हिउँद लाग्ने बेला हो ।

मौसम परिवर्तन हुने बेलामा रुघाखोकी, चिसो लाग्ने, कमजोरी हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ । त्यसैले तातो र तागत दिने कुराहरु खानुपर्छ भन्ने मान्यता रहेको छ । जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

हाम्रो शरीरलाई चाहिने प्रोटिनको श्रोत गेडागुडी पनि मुख्य हो भन्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । गेडागुडीबाट पाइने प्रोटिन अरु श्रोतहरुबाट पाउने भन्दा बढी पोषिलो हुन्छ । त्यसैले दीर्घ जीवनका लागि गेडागुडीहरु खानु उपयुक्त हुन्छ । जसले गर्दा एकथरी गेडागुडीमा नभएका पोषक तत्व अर्कोथरीले पूरा गर्छ । अझ गेडागुडीमा टुसा उमारेर खायौं भने पोषिलोपन बढ्छ । पचाउन सजिलो पनि हुन्छ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस् 

रक्षाबन्धन लगाउनुको बैज्ञानिक महत्त्व

जनैलाई कानमा सिउरिनुको बैज्ञानिक कारण के ?

रक्षाबन्धन लगाउनुको धार्मिक महत्त्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

One thought on “क्वाँटी खानुको बैज्ञानिक महत्त्व

%d bloggers like this: