Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डेंगु भन्दा स्क्रब टाइफसका बिरामी धेरै

डा. राजन पौडेल
डा. राजन पौडेल

स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने गर्दछ। यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सुक्ष्म किराले सार्ने गर्दछ। रोगको किटाणु बोक्ने ‘माइट’ स-साना बोटबिरुवाको झाडीमा बस्छ ।

केही बर्ष अघिसम्म स्क्र्ब टाइफस धेरैजसो पहाडी र दुर्गम स्थानहरुमा मात्रै देखिदै आएकोमा हाल शहरी इलाकामा पनि देखिदै आएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार साउनदेखि हालसम्म ६ सय ९५ जनामा स्क्रब टाइफस देखिएको छ ।

स्क्रब टाइफसका बिरामी कुन जिल्लामा कति ?

स्क्रब टाइफसका कारण हालसम्म ४ जनाको मृत्यु भएको भनिएपनि महाशाखाले भने मृतकको संख्या भने सार्वजनिक गरेको छैन । माहाशाखाको पछिल्लो तथ्यांक अनुसार यो रोग सबैभन्दा बढी प्रदेश नम्बर ५ मा देखिएको छ । त्यसपछि प्रदेश नम्बर ३ र सुदरपश्चिममा यो रोग बढी देखिएको छ ।

नेपालमा भने ‘मुसाले यो रोग सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जाँदा ‘माइट’ ले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ ।

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै ज्वरो आउने १०४ डिग्री भन्दा बढि र काम ज्वरो समेत आउन सक्दछ । टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन् ।

रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटु लगायत अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुन सक्छ । यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ । यो मौसम स्क्रब टाइफस देखिने समय पनि हो ।

यो काठमाडौँ शहरमा देखिन थालेको भएपनि यहाँ रोगको पहिचान सरल र उपचार छिटो हुने भएकोले जटिलता हुने सम्भावना कम छ । तर ग्रामीण इलाकामा रोग पहिचान गर्ने किट सहजै उपलब्ध नहुने र टाइफाइड भन्दै अरू नै एन्टिबायोटिक औषधि प्रयोग गर्दै बस्दा पहिचानमा ढिलो हुन गई मृत्यु समेत हुने गरेको छ ।

अहिले नै केही व्यक्तिको मृत्यु स्क्रब टाइफसका कारणले भएको सार्वजनिक भइसकेको छ। डेंगुभन्दा तीसौं गुणा बढी मृत्युदर भएकाले स्क्रब टाइफसलाई डेंगुभन्दा घातक रोगका रुपमा लिइन्छ । तर सुरुमा नै यसको पहिचान गर्न सके पूर्ण रुपमा निको पार्न सकिन्छ ।

यो रोगको शुरुवाती चरणमा सामान्य एन्टिबायोटिक औषधि लिए ४८ घण्टामा ज्वरो तीव्र गतिमा कम हुँदै जान्छ । तर माथि उल्लेख गरे अनुसार गाउँघरमा स्क्रब टाइफस पहिचान गर्ने किट र डाक्टर सहजै उपलब्ध नहुने भएकोले स्क्रब टाइफस पहिचान गर्ने सरल र घरेलु उपाय यहाँ प्रस्तुत गर्न खोजिएको छ।

स्क्रब टाइफस लक्षणहरू

१. उच्च ज्वरो आउनु (१०४ डिग्री फरेनहाइट) ।

२. अत्यधिक टाउको दुख्नु ।

३. श्वास प्रश्वासमा अभरोध महसुस हुनु ।

४. कृत्रिम आवाज सुनिनु/कान बन्द भए जस्तो हुनु ।

५. आखा रातो हुनु/रसिलो हुनु ।

६. शरीरमा दाग (घाउको कालो पाप्रो) देखिनु वा खटिरा देखिनु ।

७. वाकवाकी लाग्नु/बान्ता हुनु ।

(ख) कुनै क्षेत्रमा स्क्रब टाइफसको इतिहास सो भन्दा पहिले नै देखिएको इतिहास भएमा वा त्यो क्षेत्रका छेउछाउका गाउँ शहरमा पहिले देखिएको अवस्थामा स्क्रब टाइफस पुनः दोहोरिने सम्भावना हुन्छ।

(ग) माथि उल्लेखित (क) र (ख) का लक्षण देखिएमा र निरन्तर ज्वरो (१० दिनभन्दा बढी) देखिएमा डोक्सिसाइक्लिन नामक औषधी प्रयोग गरेमा ज्वरो तीव्र गतिमा कम हुँदै जाने हुन्छ ।
उल्लेखित (क), (ख) र (ग) को सम्मिश्रण देखिए स्क्रब टाइफस हुने सम्भावना प्रबल हुन्छ । यद्यपि स्क्रब टाइफसको निश्चित निदान भने प्रयोगशाला जाँचबाट मात्र गर्न सकिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

कान पाक्ने रोग र यसको उपचार

औषधि सेवनमा ध्यान दिनुपर्ने कुरा

एन्टीबायोटिक्स एमोक्सिसिलिन र यसको प्रयोग

नङमा हुने फंगस रोगको सफल उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

%d bloggers like this: