Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जस्तोसुकै सर्पले टोके पनि निको गराउन सक्ने जडिबुटी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गोमा झार बुटीको विषयमा भन्नुपर्दा जस्तोसुकै सर्पले टोके पनि यो औषधिले निको भएका अनेकौं घटना छन् त्यसमध्ये कै एउटा घटना म अघि बताउनेछु । सबभन्दा पहिले यो झारको विषयमा जान्ने प्रयत्न गरौं ।

यो बुटी हाम्रो नेपालमा प्रशस्त पाइन्छ भन्ने कुरा सुन्नमा र देख्नमा आएको छ । यस्ता बुटी देखिएमा जनहितमा प्रयोग गर्न सकिन्छ । यो बुटी तोरी फुल्ने बेलामा खेतमा प्रशस्त हुने कुरा उल्लेख गरेको छ । सर्पले टोकेको थाहा हुनासाथ गोमा झारलाई टिपेर ल्याउनुहोस् र नसके र सर्पले टोकेको व्यक्ति यदि बेहोस छ भने नाकमा २ थोपा राख्ना साथ काम गर्दछ ।

गोमा बुटीबारे आफ्नो अनुभव यसरी व्यक्त गरेका छन्, Gooma is Purely herb. I have not been able to ascertain its English equivalent. A girl about fourteen years of age was brought to me at night in a comatosed condition, the relatives stating that she hed been bitten by a snake about 15 minutes before.

I saw her and she had six fainting fits. Not having any reliable remedy at hand. I obtained some leaves of the Gooma plant and after extracting the juice and blown in her nostrils.

The effect was instantaneous.The girl set up as she had never been out of the her senses. To make sure that the snake was poisonous one. I examined her foot and found two puncture in the skin.

I was told about this plant some years ago by an old Faqir.

गोमा झार

यो जडिबुटीसंग अंग्रेजी द्रव्यको तुलना गर्नु व्यर्थ छ । एकपटक रातीको समएमा एकजना १४ बर्षको केटीलाई खराब हालतमा म कहाँ ल्याइएको थियो । उसका परिवारका सदस्यले भनेका थिएकी उनलाई १५ मिनट पहिले सर्पले डसेको थियो । यही सोधाईको क्रममा उ करिब ६ पटक बेहोस् भइसकेकी थिइन ।

त्यो समयमा मेरो पासमा कुनै विश्वस्त औषधि थिएन र मैले गुमाको एउटा बोट उखालेर त्यसको पात मिचेर रस निकालेर उस्को सबै नाकमा राखी दियौं । थोपा राख्नासाथ तुरुन्त असर देखियो उतिबेला उठेर नदिनपछि मुर्छा परिनन् ।

यस प्रकाले सयकडौं विरामी यो औषधिको साहेताले निको भएका थिए । हामीले हमेसा जडिबुटीलाई महत्व दिनुपर्छ । हाम्रो नेपालमा यस्ता औषधि थुप्रै छन् तर प्रयोग गर्न सके समयमा मानिसको ज्यान बचाउन सकिने थियो । आज भारतमा यही औषधिको साहेताबाट थुप्रै सर्पले टोकेको उपचार भइरहेको छ ।

नोट : मेरो उद्धेश्य केवल जानकारी पस्कनु हो । यस्ता औषधिमाथि अनुसन्धान गरेर औषधि निर्माण गर्न सके लोककल्याण हुने देखिन्छ । जडिबुटीको खानी भएको देशमा कसैको ध्यान नपुग्नु दु:खद हो भन्ने मलाई लागेको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

हेरेको भरमा ज्वरो निको हुने जडिबुटी

पित्त वा किड्नीको पथरी फाल्ने जडिबुटी

जडिबुटीद्वारा हिप्नोटाइज्ड गर्ने तरिका

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

One thought on “जस्तोसुकै सर्पले टोके पनि निको गराउन सक्ने जडिबुटी

%d bloggers like this: