स्वास्थ्यमा चरम लापरबाही किन हुन्छ ? डाक्टर र अस्पतालले जान्नुपर्ने कुराहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

विरामी उपचारको सिलसिलामा जब अस्पताल पुग्छ त्यति बेला बिरामीको परिवार र बिरामीको रोगको जानकारी प्रष्ट बुझ्ने गरी बिरामीको परिवारलाई अवगत गराएको हुनुपर्छ । यसरी डाक्टर र विरामी विचको सम्बन्ध सुमधुर हुन जान्छ ।

उपचारको क्रममा या भनौं उपचार गर्दा विरामीको अवस्था गम्भिर भए नभएको सुचना हरेक क्षणको जानकारी परिवारका सदस्यलाई दिने गरेमा यसले हस्पिटलप्रति विश्वास बढ्न सक्छ । आज यसो नभई लुकाउने ढाट्ने परिपाटी हस्पिटलमा ज्यादा देखिन थालेको छ ।

मानिस भगवान पक्कै होइन गल्ती मानिसबाट हुन सक्ला तर भएको गल्ती लुकाएर समस्या समाधान नहुन सक्छ । यदि हजुरको विरामीको अवस्था गम्भीर छ हामीले कोसिस गरिरहेका छौं भन्दै गर्दा आशा जागेको हुन्छ । अप्रेसन सफल हुन पनि सक्ला या नहुन पनि सक्ला तर अप्रेसन सफल नभएको अवस्थामा परिवारका सदस्यलाई सुसुचित गर्दै गर्दा कोसिस गर्दै हुनुहुन्छ भन्ने सन्देश जाने हुन्छ ।

मैले बुझे अनुसार हस्पिटलभित्र बिरामी लगी सकेपछि भेट्न नदिने परिपाटी देखिएको छ । अप्रेसन गरि सकेपछि विरामी होसमा नआउदासम्म केहि भन्न सकिदैन भन्ने जानकारी परिवारलाई दिन सक्नुपर्छ । यसरी परिवारलाई होस् आएको छैन हामीले सफल अप्रेसन गरेका छौं होस् आउनासाथ जानकारी दिनेछौं भन्दै गर्नु राम्रो हुन्छ । यसरी परिवारका सदस्यलाई होस्मा आउना साथ हजुलाई अवगत गराउने छौं भन्ने गरेमा विश्वास प्रगाढ बन्दै जाने देखिन्छ ।

म मध्ये प्रदेश बालाघाटको गभरमेण्ट हस्पिटलमा ३ बर्षको सेवामा हरेक १० जनामा कहिलेकाही एक दुई जना मर्दथे तर कहिलै हस्पिटल तोडफोड हुदैन थियो यसको ठोस् कारण थियो समयमा विरामीको परिवारलाई सुसुचित गराउनु । विरामी अप्रेसन थेटर बाहिर बस्दथे र अप्रेसन हुनासाथ विरामी हेर्न आइसिउमा एक जनाको दरले पुग्दथे । तर यहाँ त्यसो गरिएको पाइएन ।

जब मानिस विरामी हुन्छ त्यति बेला उपचार गराउन हस्पिटल लगेको हुन्छ । हस्पिटले विरामीको परिवारलाई सुसुचित नगरी मनपोली तरिकाले उपचार गरेको हुन्छ र विरामीको अवस्थाबारे केहि जानकारी नदिई जस्तोसुकै सेवा दिएपनि त्यहाँ विश्वासको वातावरण तयार नभएको देखिन्छ ।

सवैभन्दा पहिलो प्राथमिकता विरामीको अभिभावकलाई विश्वास दिलाएर उपचार गराउन थाल्नुपर्छ । नेपालमा यस्तो नभएको मेरो ठहर छ । यस्तो भनिरहदा यसको ठोस कारण के भनेर सोध्न सक्नुहुन्छ । घटना १ बर्ष पुरानो हो बच्चालाई सामान्य खोकी लागेर हस्पिटल पुराइएको रहेछ ।

उपचार गर्ने क्रममा बच्चाको शरीर चल्न छाडेपछि बच्चालाई आईसियुमा राखेको तर विरामीको अभिभावकलाई समेत भेट्न दिइएको थिएन । म हेल्थ साइन्स जर्नलको प्रेश रिपोर्टरको नाताले मलाई खबर दिनुभयो र म हस्पिटल पुगेर विरामी हेर्न खोज्दा हेर्न नदिने जस्तो वातावरण देखेपछि मैले परिचयपत्र देखाएको थिए पछि बच्चालाई हेर्न जादा प्यारालाइसिस भएको रहेछ ।

म बाहिर आएर उहाँहरूलाई जानकारी दिएर आफ्नो जिम्मामा हस्पिटलबाट डिस्चार्ज गराएर लखनौ मेडिकल कलेज पठाउदा औषधिको डोज बढी भएको हुनाले यस्तो भएको हो भन्ने कुरा हस्पिटल बोर्डले जानकारी दिएको थियो । यस्ता अनेकौं घटना नेपालमा देखिएको छ । यसरी हचुवाको भरमा उपचार गर्ने परिपाटी हटाउनुपर्ने र जस्ले उपचार गरेको छ उसैको निर्देशनमा उपचार गराउने परिपाटी मिलाएमा यस्तो घटना नहुने हाम्रो अनुभव छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

आयुर्वेद वा एलोपैथिक उपचार बिधि कुन ठिक ?

उपचारमा लापरबाही हुने कारणहरू र यसलाई रोक्न तरिका

दमको रोगको हर्बल पद्धतिवाट उपचार विधि

मानिसको सवैभन्दा ठूलो शत्रु कब्जियतको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

जवाफ लेख्नुहोस्

error: Content is protected !!