आयुर्वेद

स्वदेशी जडिबुटी नै प्रयोग गरी सवाल बनाऔ अर्थतन्त्र

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वदेशी जडिबुटी नै प्रयोग गरी सवाल बनाऔ अर्थतन्त्र ! आज विश्वका अधिकांश मानिसहरुको लगाव आयुर्वेदिक औषधीप्रति बढ्दै गएको पाइन्छ । आयुर्वेद हर्वल औषधि जस्तो राम्रो औषधि शायद केहि छैन जस्तो हामीलाई लागेको छ । डाक्टर पढेकाले मात्र यो औषधि प्रयोग गराउनु पर्छ भन्ने होइन यसमा राम्रो ज्ञान र अनुभव भएकाले पनि यो औषधि चलाउन र उपचार गराउन पाउनुपर्छ ।

हाम्रो देशमा यस्ता औषधि अनेकौं छन् तर प्रयोग नहुनाले त्यसै खेर गई रहेका देखिन्छन् । समय समयमा सेमीनार लगाएर भएपनि यस्ता औषधिको ज्ञान बढाउन आवश्यक छ । आफ्नो देशमा जडिबुटी त्यसै खेर गइरहेको अवस्था छ । यसतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।

हाम्रो समय केवल घुम्न र रिल्याक्समा बितेको देखिन्छ । हामी आफुले उत्पादन गरेको वस्तुमा भन्दा अरूले उत्पादन गरेको वस्तुमा बढी आकर्षित भएका छौं । देश पछि पर्नुको कारण पनि यहि हो । भएको छोराको गला निमोट्ने चलन नेपालमा देखिएको छ । नेपाली बजार विदेशीले पाएको छ । नेपाली बेरोजगार छन् यो सवै बढी कमाउने लालचको परिणाम हो ।

हाम्रो जंगलमा अनेकौं जडिबुटी उत्पादन गरेर बेरोजगार मेट्न सक्ने सम्भावना छ तर यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन । यसको कमजोरी पक्ष भनेको हामीले यसतर्फ ध्यान दिन नसक्नु हो । हामी उत्पादन मुखि नभएर ह्रासतर्फ लागी रहेका छौं । राम्रो मेहनत गर्न सके सुन फलाउन सकिन्छ ।

अमेरिकनहरूले प्राय: एलोपैथिक औषधि कम प्रयोग गर्छन् भने हर्बल औषधि बढी प्रयोग गर्दछन् । तर हामीले यस्ता औषधि प्रयोग गर्नतर्फ भन्दा बनेका औषधितर्फ बढी ध्यान दिने गरेका छौं । दवाई र औषधि बारे पहिले बुझ्न आवश्यक छ । दबाई भनेको दबाउने र औषधि भनेको निर्मुल पार्ने हो तर हामीले रोगलाई केवल दबाएर राख्नेतर्फ मात्र ध्यान दिने गरेका छौं यो दुर्भाग्य हो ।

हाम्रो देशमा पाइने जडिबुटीहरू भारत गएर पुन: नेपालमा महंगो भएर आएका छन् यस्तो किन ? यहाँ सोच्नुपर्ने देखिन्छ । नेपालको हिमाली क्षेत्रमा जटामसी, कुट्की, अतिस, पद्मचालन रहेका छन् । जडीबुटीमध्ये तेल निस्कने जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, टिमुर, तेजपात हुन् ।

यीमध्ये जटामसी, पाँचऔँले, कुट्की, निरमसी पाटन (हिमाली घाँसे मैदान) क्षेत्रमा पाइन्छ । नेपालमा उत्पादन हुने जडीबुटीमध्ये अधिकांश छिमेकी मुलुक भारत र चीनमा धेरै निर्यात हुने गरेको छ । यस्ता जडिबुटीबाट बनेका औषधि पुन: महंगो मुल्यमा नेपाली जनताले किनेर खाएको देखिन्छ ।

हामी नेपाली सोझो हुनुको फाइदा सवै भन्दा बढी छिमेकी मुलुकले उठाएको छ । हाम्रो चेतना कहिले खुल्ला सोच्नुपर्ने भएको छ । अब यही पारा हो भने नेपाली कहिलै अघि नबढ्ने निश्चित छ । सवैभन्दा ठूलो एकले अर्काको खुट्टा तान्ने प्रबृतिको अन्त गर्दै सवै मिलेर अघि बढ्न सके नेपाल विश्वकै नमुना देशको रूपमा परिचित हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आयुर्वेद र यसको भविष्य

आयुर्वेदिक उपचार पद्धति र यसको उद्देश्य

आयुर्वेदिक औषधि र यसको रहस्य

वर्तमान समयमा आयुर्वेदिक औषधिको महत्व

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!