यौन जिज्ञासा

काउचोको प्रयोग गरेर बढाउन सकिन्छ सेक्स पावर

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

काउचो हेर्दा साधारण भएपनि यो ठूलो औषधि सावित भएको छ । काउचो नेपालका जंगलमा प्रशस्त पाइन्छ । यो काउचोको जरा फल सवै औषधिको रूपमा हामीले उपयोग गर्न सक्छौं । काउचोको जरा बाजीकरण हुने हुनाले नपुन्सक पनि पुन्सक हुने कुरा उल्लेख गरेको पाइन्छ । आज बजारमा सेक्स पावर बढाउने जतिपनि औषधि आएका छन्, सवै काउचोद्वारा नै निर्मित छन् । हामीले क्षणिक आनन्द उठाउनको लागि भ्याग्रा सेवन गर्छौं । यो सरासर गलत छ यस्ता औषधि सेवन गर्दा कालान्तरमा गएर यस्ता औषधि सेवन नगरी उत्येजना नहुने भनेको छ ।

नेपालमा सेक्स कमजोर हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यस्ता समस्या हुनेहरूका लागि यो औषधि बरदान सावित हुने कुरामा दुईमत छैन । मैले विगत लामो समयदेखि यस्ता जडिबुटीबारे अध्ययन र अनुसन्धान गर्दै आएको छु । हामीले स्वास्थ्यप्रति त्यति चासो दिएका छैनौ । यदि चासो दिन सकेको भए शायद आज एलोपैथिक होइन नेपालमा जडिबुटीले राम्रो स्थान लिन सक्ने थियो ।

एलोपैथिकमा प्रयोग हुने धेरैजसो औषधि जडिबुटी छन् भन्दा कतिपयलाई पत्यार नलाग्ला तर यो सत्य हो । एलोपैथिक औषधि माथि हामीले जसरी आँखा चिम्म गरेर विश्वास गरेका छौं त्यसरी नै नेपाली जडिबुटी माथि हामीले रिसर्च गरेर आधुनिक औषधि निर्माण गरेर अनेकौं रोग हटाउन सफल हुने थियौं ।

आउनुस काउचोको जरालाई उखालेर ल्याउनुहोस् । सकेसम्म काउचो सेतो होइन कालोको जरा बुढो पनि होइन भरखर फुल फुल्न थालेको बेलाको उपयुक्त हुन्छ भनेको छ । जरालाई खनेर ल्याएर ताजा जराको चूर्णलाई दुधमा राखेर खानुस सेक्स पावर बढाउनुको साथै बाजीकरण समेत गर्दछ ।

काउचोको जरालाई राम्रोसंग पिसेर पाउडर बनाएर क्यापसुलमा भरेर बेच्न सके राम्रो डलर भित्रन सक्ने देखिन्छ । नेपाली बजारबाट भ्याग्रालाई लखेट्न सकिने देखिन्छ । नेपाली गरिब होइन हरिप हुनाले बिग्रेको छ । राजा गए तर राजा बन्ने सोच गएन यहि मानसिकतामा डुबेकाले नेपाल अघि होइन पछि परेको छ । यहाँ पुजीपति कसरी बन्न सकिन्छ भन्ने तर केही नगर्ने परिपाटीले गर्दा चिन्तनले गर्दा नेपालको जडिबुटी पछि परेको देखिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

शास्त्र भन्छ, यी १० महिलासंग राख्नु हुँदैन शारीरिक सम्बन्ध

कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ ?

भुलेर पनि यौन सम्बन्ध राख्न नहुने यी महिलाहरु

यौन जीवन रोमाञ्चक बनाउने ७ टिप्सहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!