आयुर्वेद

स्वास्थ्यको लागि बेलौती खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बेलौती नखाने शायद को होला ? मेरो प्रिय फल बेलौती हो भन्दा खासै फरक पर्दैन । सानो छदा म बेलौतीको रूखमा विहानै देखि हुन्थे । स्वास्थ्यको दृष्टिकोणले बेलौती धेरै नै महत्वपुर्ण सावित भएको छ ।

तराई लगायत नेपालका प्रायः सबै क्षेत्रमा पाइने एक स्वादिलो फल हो । अम्बा मानव स्वास्थका लागि निकै फाइदाजनक छ । फल मात्र नभएर यसको पात पनि औषधिका रूपमा प्रयोग गरिन्छ ।

बेलौतीमा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पाइन्छ । काँचो र पाकेको दुवै अवस्थाको बेलौती स्वस्थकर हुन्छ । आधा पाकेको बेलौतीले पेट सम्बन्धी रोगका लागि फाइदा पु-याउँछ ।

त्यसैगरी, पेट सफा गर्न, दाँतलाई बलियो बनाउन र भोक जगाउन अम्बा सेवन गर्दा हुन्छ । यसमा भिटामिनको मात्रा पनि प्रशस्त हुने भएकाले रोगसँग लड्ने क्षमता बढाउछ ।

बेलौतीको अन्य प्रयोग

१. दम, खोकी र ग्यास्ट्रिक हुँदा यसको सेवन गरिन्छ । साथै, आउँ, रगतमासी हुँदा पनि यसको सेवनले निको पार्छ ।

२. पेटमा चुर्ना परेका वेला, टन्सिल हुँदा यसको पात र बोक्राको प्रयोगले फाइदा गर्छ ।

३. झाडापखाला हुँदा ३० ग्राम बेलौतीको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ ।

४. यसले रगतमा चिनीको मात्रा कम गराउँछ । मधुमेहका रोगीलाई बेलौतीको पातबाट बनेको चिया फाइदाजनक हुन्छ ।

५. बेलौतीको पातले कार्बोहाइड्रेटमा पाइने स्टार्च चिनीमा बदलिने प्रक्रियालाई रोक्ने हुँदा तौल घटाउन मद्दत गर्छ ।

६. यसले सेवनले पाचन प्रणालीमा सहयोग पुग्छ । डाइजेस्टिक इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्छ ।

७. बेलौती बढी सेवन गर्नाले कब्जियत हुने हुनाले कम खाने भनेको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

पुदिनाको उपयोगिता

भुट्की च्याउ र यसका फाइदाहरु

टिमुरको उपयोगिता

अचारको रूपमा प्रयोग गरिने धनियाका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!