स्वास्थ्य

औषधीले रोगको उपचार कसरी गर्छ ?

Ram Thakuri
राम ठकुरी

आजको बैज्ञानिक युगमा मानिसको दैनिकी सह्ज हुँदै गइरहेको छ । बिज्ञान प्रबिधिको क्रमिक बिकास हुने क्रममा बिभिन्न प्रकारका रोग उपचारमा प्रयोग हुने नयाँ-नयाँ प्रबिधी र औषधीहरुको बिकास भइरहेको छ । रोग उपचारमा प्रयोग हुने औषधीलाई मुख्यतया दुइ प्रकारमा बिभाजन गर्न सकिन्छ । पहिलो प्रकारमा आयुर्बेदिक औषधी पर्दछ । आयुर्बेदिक औषधी अन्तर्गत कुनै पनि औषधीय गुण भएको बसन्पती वा जिवको पुरै शरीर वा शरीरको कुनै भाग जस्तै जरा, पात, मुन्टा, बियाँ, फल आदिको धुलो पर्दछ । कुनै बनस्पती वा जिवको पुरै शरीर वा शरीरका केहि भागमा मात्रै हजारौं प्रकारका भिन्नाभिन्नै यौगिक (Compound) हरु पाइन्छ्न । ती यौगिकहरुमध्ये केहि यौगिकले वा कुनै एउटा मात्र यौगिकले मात्र रोग निवारणमा भूमिका खेल्ने हुन्छ ।

रसायनशात्री (Chemist) हरुले ती हजारौ यौगिकहरुलाई छुटाइ तिनिहरुको भिन्दाभिन्दै प्रयोग र जाँच (test) गरी सबैभन्दा उपयोगी यौगिक पत्ता लगाई त्यो एकथरी यौगिकबाट मात्र तयार पारिएको औषधीलाई एलोप्याथीक ( Allopathic) औषधी भनिन्छ । यसरी एलोप्याथीक औषधीमा सबैभन्दा उपयुक्त यौगिकको अणु मात्र पाइने हुनाले यसले रोगको निदान छिटो गर्ने हुन्छ र त्यसैले आधुनिक चिकित्सा प्रणालीमा डाक्टरले सिफारिस गर्ने र फार्मेसी ( Pharmacy) मा पाइने औषधीहरु सबै एलोप्याथिक औषधी नै हुन ।

जब हामी औषधी सेवन गर्छौ, पेटमा पुगेपछी औषधीका अणुहरुलाई आन्द्राले सोसी रगतमा पुर्याउछ । त्यस्तै सिरिन्ज प्रयोग गरी दिइएको औषधी भने सिधै रगतमा मिली हाल्छ । सो औषधीका अणुहरुलाई रगतले रोग लागेको वा प्रभाबित अङको तन्तु र कोषमा पुर्याउछ । सम्वन्धित तन्तुमा प्रबेश गरिसकेपछी औषधीको अणुहरुले रोग लगाउने तत्वलाई साँचो (key) ले ताल्चा (lock) लाई पक्रेझै पक्रन्छ र त्यसलाई निष्क्रिय बनाइदिन्छ । औषधीको कार्य गर्ने यो तरिका key and lock theory मा आधारित हुन्छ, त्यसैले रोग लगाउने शुक्ष्म तत्वको प्रकार र आकारलाई मध्यनजर गरी रसायनबिदहरुले त्यही अनुरुप आकारमा औषधीको अणुको डिजाइन गरेको हुन्छ ।

जस्तै कुनै प्रकारको ब्याक्टेरियाको सन्क्रमणले रोग लागेको छ भने त्यो ब्याक्टेरियाको आकार र प्रकार अनुसार त्यसलाई घेरेर त्यसको कोषभित्ता (cell wall) लाई फुटाएर नष्ट पार्न सक्ने खालको अणुहरु प्रयोग गरी अत्यन्तैक्षुक्स्म तरिकाले औषधीको अणुको छ्नोट र बिकास गरिएको हुन्छ ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!