लेखहरु

हामी नेपाली गरीव होइनौं धनी छौं

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामी नेपाली गरीव होइनौं धनी छौं । नेपाल एउटा यस्तो देश हो जहाँ जडिबुटीको खानी छ । हाम्रा ऋषिमुनीहरुले अनुशरण गरेका योगविद्या र आयुर्वेदिक औषधि निर्माणका लागि आवश्यक महत्वपुर्ण जडिबुटीहरु अन्य देशहरुमा उपलब्ध हुन नसक्ने खालका जडिबुटी नेपालमा उपलब्ध छन् । खासगरी हाम्रो हिमाली ,पहाडी र तराई क्षेत्रमा विश्वमै दुर्लभ र ज्यादै मुल्यवान् समुहमा पर्ने अनेकौं चमत्कारीक जडिबुटीहरु उपलब्ध छन् ।

ती जडिबुटीहरुको राम्रो संरक्षण, संबर्द्धन र सदुपयोग गर्न सक्ने हो भने देशकै आर्थिक उन्नतिमा टेवा पुर्याउने र जनताको स्वास्थ्य सुधारमा ठूलो सहयोग पुग्ने कुरा निश्चित छ । आज हामी जडिबुटीले र प्राकृतिक सम्पदाले धनी हुदाँहुँदै पनि श्रम बेच्न बाध्य पारिएका छौं ।

हामी जुन देशको धर्तिमा जन्म भएको छ यदि यो देशको माटोमा सवै लाग्न सके कोही गरीव नरहने सम्भावना प्रशस्त छ । यो देशमा जलविद्युत र जडिबुटी मात्र उत्पादन गर्न सके विश्व सामु हात फैलाउन र श्रम बेचेर देश चलाउन नपर्ने सम्भावना हुदाँहुँदै पनि आज हामी पछि परि रहेका छौं यो दुर्भाग्य भन्दा खासै फरक छैन ।

हाम्रो पहिलो कर्तव्य भनेको बेरोजगार हटाउन र उधोग लगाउनतर्फ जागरूक हुनुपर्ने समय हो तर यता कसैको पनि ध्यान पुग्न सकेको छैन । आलुदेखि चामल र सियो समेत विदेशीले पुराएको देखिन्छ । जडिबुटीको खानी भएको देशले ६०% भन्दा बढी सुकेका जडिबुटी विदेशबाट निकासी गरेको सुनिन्छ ।

सानातिना रोगको उपचार सोदेशमै जडिबुटीबाट गराउन सके करोडौं रूपया बाहिर जानबाट रोकिने थियो । जडिबुटी छ तर प्रयोग शुन्य छ । छोएर पनि निको हुने खालका जडिबुटी हाम्रो देशमा यत्रतत्र छरिएका छन् तर हामी विदेशी औषधि सेवन गरेर वर्षेनी करोडौं रुपैया बाहिर पठाएका छौं यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन् ।

वैज्ञानिक वनमा जडिबुटी रोप्न सके ठूलो धनराशी भित्रन सक्ने सम्भावना छ । जमिन बाझो छ पानी त्यसै खेर गइरहेको छ । बाझो जमिनमा नहरको व्यवस्था मिलाउन सके र उत्पादन गरेको तरकारी सरकारले खरिद गरेर उपभोक्ता सामु पुराउन सके कृषकले उचित मु्ल्य पाउन सके मलाई लाग्छ कोही विदेश जाने थिएनन् तर यता कसैको ध्यान पुग्न सकेको छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

मेरो नेपाल गरीव होइन यसलाई हरीप बनाइएको हो ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!