विज्ञान जिज्ञासा

कमिलाले कसरी आफ्नो गन्तब्य पत्ता लगाउछन ?

Ram Thakuri
राम ठकुरी

हामी रहेको ग्रह पृथ्वी लाखौ प्रकारका जीव र बनस्पतीहरुको घर हो । ती लाखौ जीव र बनस्पतीहरुमा सहज तरिकाले बाँच्न सक्ने किसिमको गुणहरुको बिकास प्रकृतिले  गरिदिएको हामी पाउद्छौ, जीवित बस्तुमा रहने उक्त गुणलाई हामी अनुकुलताको लक्ष्यण भन्द्छौं । यहाँ कमिलामा भएको विशेष खालको गुणको बयान गर्न खोजिएको हो ।

हामीले कयौ पट्क चिनी वा अन्य गुलियो पदार्थ र त्यसै गरी मरेको साना जिवको नजिक अचानक एउटा कमिला आए पुगेमा केहि बेरपछी धेरै संख्यामा अरु कमिलाहरु पनि जम्मा भएको देखेका छौ । त्यसै गरी कमिलाको ताँती आफ्नो गुँड्तर्फ जाने क्रममा ताँती सकिसकेपछी पनि अर्को ताँती वा एक्लो कमिला  केहि बेरपछी पहिलेको कमिलाको ताँती छिरेको गुँडमा नै प्रबेश गरेको हामीले देखेका छौ ।  कमिलामा भएको एक प्रकारको विशेष गुणले गर्दा नै यो सम्भव हुन गएको हो ।

जव कमिलाले खाना भेट्छ तव त्यसले एक प्रकारको फेरोमोन (Pheromone) नामक रसायन (Chemical) छोड्द्छ । कमिलाको शरीरमा जताततै उक्त रसायन उत्पादन गर्ने ग्रन्थी रहेको हुन्छ । अन्य कमिलाले पर बाटै उक्त रसायन उत्पादन भएको ठाउ पहिचान गरी खानेकुरा भएको ठाउतर्फ बाटो तताउदछन । तेस्तै कमिलाको ताँती आफ्नो गुड्तर्फ प्रबेश गर्ने क्रममा पहिला हिड्दै गरेका कमिलाहरुले उक्त  फेरोमोन् भुइमा छोड्दछ र पछी ढिलो गरी आउने कमिलाहरुले आफ्नो टाउकोमा भएको दुइवोटा अत्यन्तै सम्बेदनशिल सुइरो एन्टेना (Antennae) को माध्यमबाट पहिलेको कमिलाले छोडेको फेरोमोन् नामक रसायन पत्ता लागाउदै आफ्नो सही बाटो तर्फ लम्कदै  एकै ठाउमा जम्मा हुन सफल हुन्छ्न । तेसैगरी कमिलाले खताराको सुचना दिनको लागी समेत छुट्टै प्रकारको फेरोमोन् उत्पादन गरी पछील्लो कमिलाहरुलाइ अघी नबढने सुचना दिने गर्दछन ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!