युरिक एसिडको रोकथाम गर्न के गर्नुपर्छ ?

Uric Acid

युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । शरीरमा प्रोटिन मेटाबोलिजम भएर निस्कने तत्त्वलाई नै युरिक एसिड भनिन्छ । प्रोटिनयुक्त खानामा पाइने प्युरिन नामक एक किसिमको रसायन तथा शरीरको पुरानो र नष्ट हुन थालेका कोषमा रहेको न्युक्लिक एसिड (RNA, DNA) बाट युरिक एसिड बन्छ । हाम्रो शरीरमा युरिक एसिड उत्पादन भइरहेको हुन्छ । आधुनिक जीवनशैली र खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित भइरहेका छन् । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय पालना गरेर जोगिन सकिन्छ ।

१) शरीरको तौल नियन्त्रण गर्नुहोस् । बढी तौल भएको शरीरमा युरिक एसिड थुप्रिएर बस्दछ र रगतमा प्रसार हुन्छ ।

२) मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ । कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन् ।

३) किड्नीको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्ने गर्दछ । त्यसैले दैनिक कम्तिमा १० गिलास पानी पिउनुपर्दछ ।

४) क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ ।

५) अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट डि्रँकको सेवन घटाउनु पर्दछ ।

६) तेलमा तारेको खानेकुरा कम खानु पर्दछ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ । रेनसिडको उपभोगले शरीरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ ।

७) शारीरिक व्यायाम र मानसिक तन्दुरुस्ती नियमित राख्नुपर्दछ ।

के हो युरिक एसिड ?

के हो युरिक एसिड ? युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । शरीरमा प्रोटिन मेटाबोलिजम भएर निस्कने तत्त्वलाई नै युरिक एसिड भनिन्छ । प्रोटिनयुक्त खानामा पाइने प्युरिन नामक एक किसिमको रसायन तथा शरीरको पुरानो र नष्ट हुन थालेका कोषमा रहेको न्युक्लिक एसिड (RNA,DNA) बाट युरिक एसिड बन्छ । हाम्रो शरीरमा युरिक एसिड उत्पादन भइरहेको हुन्छ ।

सामान्य अवस्थामा उत्पादित युरिक एसिड पिसाबबाट बाहिर निस्किरहेका हुन्छन् । शरीरमा युरिक एसिड उत्पादन बढी भएमा वा मिर्गाैलाबाट यसलाई विसर्जन गर्ने कार्यमा कमीकमजोरी भएमा अथावा दुवै कारण्ाले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न जान्छ । सामान्यतया प्रतिसय मिलिलिटर रगतमा यसको मात्रा ७ मिलिग्रामभन्दा बढी भएमा उच्च युरिक एसिड भएको मानिन्छ । सामान्य हिसाबमा भन्नुपर्दा युरिक एसिड बढी हुनु भनेको जोर्नी तथा हातगोडको औँला सुन्निएर सहनै नसकिनेगरी पीडा हुनु हो । जुन रातको समयमा बढ्ने गर्छ । चिकित्सकहरूका अनुसार राजा-महाराजाको रोग पनि भनिने यो रोग जोर्नी दुखाई हुने सबैभन्दा पीडादायक रोग हो ।

युरिक एसिड बढ्नाले के हुन्छ ?

रगतमा युरिक एसिडको मात्रा बढी भए पनि धेरै जसो विरामीहरुमा भने कुनै लक्षण नदेखिन सक्दछ । उच्च युरिक एसिडका करिब ८०–९०% जति बिरामीमा कुने लक्षण नदेखिने विभिन्न अध्ययनबाट देखिएको छ । तर करिब १०–२०% मा भने युरिक एसिड जोर्नीमा जम्न पुग्दछ र गाउट भनिने विशेष प्रकारको बाथ गराउँदछ । गाउट अर्थात युरिक एसिडको बाथ धेरै मानिसहरुमा हुने बाथ रोग हो । पश्चिमी देशको तथ्याङ्कको आधारमा ३० वर्ष माथिका पुरुष र ५० वर्ष माथिका महिला जनसंख्याको २% लाई जीवनको कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ । गाउटले धेरै जसो गोडाको बुढीऔला, गोलिगाँठा र यस वरपरका जोर्नीमा टन्किएर दुख्ने र सुन्निने गराउँदछ । रोग छिप्पिदै गएपछि भने घडा तथा हातका अरु जोर्निहरूमा पनि असर पर्न सक्छ । गाउटको आक्रमण प्रायजसो उच्च प्यूरिनयक्त खाना भाजे (बियर, रातो मासु भित्रयांस, पश्रस्त गडेागडुी) खाएको केही घण्टापछि मध्य रातमा एक्कासि शुरु हुन्छ ।

कसैसकैमा भने यो जोर्नीमा चोटपटक लागेपछि वा अन्य कुनै रोगको निम्ति अस्पतालमा भर्ना भएको बेलामा देखिन्छ । सामान्यतया गाउटको सुजन एक पटकमा एक हप्ता जति रहन्छ, जुन नदुख्ने औषधिको सेवनबाट वा कहिले काँही आफै पनि कम भएर जान्छ । केही महिना वा वर्षपछि भने रोग पुनः बल्झिएर आउँछ र पछि गएर सधै भरि दुख्ने तथा सुन्निने भैरहन्छ । उच्च रक्तचापको उपचारमा प्रयोग हुने पिसाब लगाउने औषधी (थाएजाइड) को प्रयोगले पनि कसैकसैमा युरिक एसिडको समस्या निम्त्याउन सक्दछ । त्यस्तै उच्च युरिक एसिडको एउटा कारक तत्व बंशाणुगत प्रभाव पनि भएकोले यो रोग एउटै बंशका धेरै जनामा (जस्तैः हजुरबुबा, बुबा, छोरा) आदिमा देखिन सक्दछ ।

युरिक एसिडको दीर्घकालीन असर

युरिक एसिड भएपछि तत्काल खुट्टा तथा हातको औँलामा तथा जोर्नी दुख्ने समस्या देखापर्छ, तर यो रोगका कारण लामो समयसम्म विभिन्न असर देखाइनै रहन्छ ।  लामो समयसम्म रगतमा युरिक एसिडको मात्रा बढी भइरहे जोर्नी बिग्रने र बांगिने भई पछि काम नलाग्ने हुन सक्छ । यो रोगको असर सामान्यतया एकपटकमा एक हप्ताजति रहन्छ । तर, केही समय तथा महिनापछि त्यही वा अर्को जोर्नीमा बल्भिmने सम्भावना भने रहिरहन्छ । त्यस्तै, शरीरका विभिन्न भागमा युरिक एसिड जमेर सेता गिर्खाहरू देखिन्छन्, जसले ती अंगलाई बिगार्न सक्छ । यसका साथै रगतमा धेरै मात्रामा युरिक एसिड उत्पन्न हुन थालेपछि तथा पिसाबबाट निस्कन बन्द भएपछि मिर्गौलामा युरिक एसिड जम्न गई पथ्थरी हुने र धेरै वर्षपछि मिर्गौलाले कामै नगर्नेसमेत हुन सक्छ । यसका अतिरिक्त नयाँ अनसुन्धानबाट उच्च युरिक एसिड मोटोपन, उच्चरक्तचाप, मुटुको रोग तथा मधुमेहसँग पनि सम्बन्धित भएको पाइएको छ ।

युरिक एसिडको रोकथाम

आधुनिक जीवनशैली र खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित भइरहेका छन् । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय पालना गरे तपाईं पनि जोगिनसक्नुहुन्छ।
१) शरिरको तौल नियन्त्रण गर्नुहोस् । बढी तौल भएको शरिरमा युरिक एसिड थुपि्रएर बस्दछ र रगतमा प्रसार हुन्छ ।

२) मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ ।            कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन् ।

३) किड्नीको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्ने गर्दछ । त्यसैले दैनिक कम्तिमा १० गिलास पानी पिउनुपर्दछ ।

४) क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ ।

५) अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट डि्रँकको सेवन घटाउनु पर्दछ ।

६) तेलमा तारेको खानेकुरा कम खानु पर्दछ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ । रेनसिडको उपभोगले शरिरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ ।

७) शारीरिक व्यायाम र मानसिक तन्दुरुस्ती नियमित राख्नुपर्दछ ।

युरिक एसिडको उपचार

सामान्यतया रगतमा युरिक एसिडको मात्रा बढदैमा उपचारको जरुरत पदर्नै तर जोर्नीमा युरिक एसिड जमी गाउट भएको छ भने दुखार्इ र सुन्निने कम गर्न सजुन कम गर्ने औषधि (कोल्चसिन तथा अन्य एण्टीइन्फ्लामटोरी) को आवश्यकता पदर्छ । त्यस्तै कहिलेकाहीँ जोर्नीमै सुई दिएर पनि यसको उपचार गरिन्छ। उच्च युरिक एसिडले गर्दा पटक पटक बाथ भएको अवस्थामा वा जोर्नी लगायत शरीरका विभिन्न अंगमा युरिक एसिड जमी समस्या उत्पन्न भएमा चिकित्सकको परमर्शमा युरिक एसिड कम गर्ने औषाधीको सवेन जरुरी हुन्छ । उपचारको क्रममा आएको सुधार हेर्न समयसमयमा रगतमा युरिक एसिड तथा अन्य जाँचको आवश्यकता पर्दछ । उच्च प्रोटिनयुक्त खानाका कारण हुने भएकाले यो रोग लागेकाले उच्च प्रोटिनयुक्त खानेकुरा कम मात्रमा खानुपर्छ । उच्च प्रोटिनयुक्त खानेकुरा जस्तै माछा-मासु, गेडागुडी तथा बढी मादक पदार्थ सेवन गर्नेहरूमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । एकपटक यो रोगले च्यापेका मानिसलाई बढी प्रोटिनयुक्त खाना तथा मादक पदार्थ सेवन गरेको केही घन्टापछि एक्कासि मध्यरातमा जोर्नी तथा बूढीआँैलामा दुखाइ सुरु हुन्छ । त्यसकारण चिकित्सकहरूले यो रोग लागिसकेकालाई कम प्रोटिनयुक्त खाना र मादक पदार्थ सेवन गर्न सुझाव दिने गरेका छन् । यो रोगबाट बच्न भोज, बियर, मादक पदार्थ, रातो मासु, प्रशस्त गेडागुडी खाँदा ध्यान दिन आवश्यक हुन्छ । प्रोटिन बढी भएका खानेकुराले रगतमा युरिक एसिड बढाउन सक्ने भएकाले उच्च युरिक एसिड भएका बिरामीले ती खानामा नियन्त्रण्ा गर्नु जरुरी हुन्छ । विशेषगरी रातोमासु, कलेजो, मिर्गाैला, कुखुरा मासु, घिउ, अन्डा, मदिरा आदिमा नियन्त्रण्ा गर्नुपर्छ ।

खुट्टा तथा हातका औँला, कान तथा जोर्नीमा युरिक एसिड जमी पीडा भएमा वा नीलो भएर सुन्निएमा तुरुन्त उपचार गराइहाल्नुपर्छ । यस्तो अवस्थामा दुखाई र सुन्निने कम गर्न गर्ने औषधि कोल्चिसियन तथा एन्टी इन्लामेटोरी जस्ता औषधि प्रयोग गर्नुपर्ने डा. बस्नेतले बताए । उनका अनुसार यस्तो अवस्थामा कहिलेकाहीँ जोर्नीमै सुई दिएर पनि यसको उपचार गरिन्छ ।