हाम्रो बारेमा

माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन प्रा. लिदवारा संचालित

साइन्स इन्फोटेक नेपाली संस्करण  

साइन्स इन्फोटेक डट कम डट एनपी

अनलाइन दर्ता प्रमाणपत्र नं. ४४७/०७३-७४

साइन्स इन्फोटेक डट कम डट एनपी (साइन्स इन्फोटेक) अनलाइन विज्ञान समाचार पोर्टल हो। “साइन्स इन्फोटेक” तीन शब्दहरू विज्ञान, सूचना तथा प्रविधिको संयोजनबाट बनेको छ जसको अर्थ हुन्छ : “विज्ञान, सूचना र प्रविधिका माध्यमबाट संसारको परिवर्तन” । विज्ञान, सूचना प्रविधिको प्रगतिले संसारभरि जीवन परिवर्तन गरेको छ।

बिज्ञान, सूचना तथा प्रविधिका साथै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्य, खेलकुद, स्वास्थ्य, लगायत सबै क्षेत्रका निष्पक्ष समाचारहरु र लेखहरु रुपमा समावेश गर्दै आई रहेका छौ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको उन्नति र समृद्धिका लागि सधै प्रयत्नरत रहनेछौ ।

साइन्स इन्फोटेक राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा रहदै आई रहेको छ । नेपाली जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्दैनौ ।

विज्ञान एक व्यवस्थित ज्ञान हो जसले ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा अाधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष भाग हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । प्राकृतिक विज्ञान प्रकृति र भौतिक संसारको व्यवस्थित ज्ञान हुन्छ । वास्तवामा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ। यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन ।

सूचना भनेको केही वस्तुबारे केही सिक्नु, जान्नु अथवा बुझ्नु हो। सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, त्यस सम्बन्धी काम कारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखित,सामाग्री वा जानकारी हो। सूचना एक यस्तो शब्द हो जुन धेरै प्रकारबाट प्रयोग हुन्छ।

प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जुन देश  प्राविधीक रूपले शक्तिशाली छन् तिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिकले रूपमा अरु भन्दा सक्षम छन् ।

उद्देश्यहरू  

१. विज्ञान, सूचना र प्रविधिका माध्यमबाट वैज्ञानिक चेतना जगाई संसार परिवर्तन प्रयास गर्ने।

२. विज्ञान, सूचना र प्रविधि सम्वन्धी खोज तथा अनुसन्धान गर्ने।

३. नेपालमा विज्ञान, सूचना र प्रविधिको जनचेतना जगाउने तथा प्रवर्द्धन गर्न।

४. राष्ट्रिय र अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको जीवनी प्रकाशन गर्ने।

५. विज्ञान जिज्ञाषाहरूको समाधान र प्रकाशन गर्ने।

६.  नेपालमा विज्ञान, सूचना र प्रविधिको बारेमा सामान्य नागरिकलाई सुसूचित गर्ने ।

error: Content is protected !!