अचम्मको संसार

विवाहित महिलाले बढि रक्सी पिउँछन्

विवाहित महिलाले बढि रक्सी पिउँछन् ! सामन्यतया नेपालीमा साधारण घरायसी प्रयोगमा पिइने नशालु पदार्थलाई रक्सी भनिन्छ। तर आजको यो विश्वव्यापीकरणको युगमा उक्त परिभाषा एकदमै साघुरो हो । आजकल थरिथरिका विभिन्न ब्रान्डका प्रसिद्ध रक्सीहरु नेपालमा पनि  पाइन्छन । रक्सीको सेवन प्राचीनकालदेखि नै कुनै न कुनै रूपमा भइरहेको पाइन्छ । यसलाई विभिन्न परिस्थिति र समयमा विभिन्न उपनाम जस्तै: सोमरस, अङ्गुरको छोरी इत्यादिले पुकारिन्छ । आजको बदलिंदो सामाजिक र आर्थिक परिस्थितिको कारण व्यक्तिको रहनसहन तथा खानपिनमा परिवर्तन आएको छ । रिक्सा चलाउने मजदुरदेखि उच्च ओहदाको अधिकृत र राजनीतिज्ञले समेत रक्सीको आनन्द लिइरहेको हुन्छ ।

विवाहपछि महिलाहरुलाई घरव्यवहारले चेँप्छ । त्यसकारण महिलाहरु बढि व्यवहारिक हुन्छन् र अल्लारे प्रवृत्ति छाड्छन् भन्ने हामी सबैको अनुमान हुनसक्छ । तर अरु विषयमा जे होला, रक्सी पिउने मामिलामा भने बिहे गरेपछि महिला झनै अल्लारे बन्छन् । पछिल्लो पटक गरिएको एक अध्ययनले विवाहपछि महिलाले बढि मदिरापान गर्ने देखाएको छ । अध्ययन अनुसार विवाहित महिलाले अविवाहित महिला तथा डिभोर्स गरेका महिलाले भन्दा बढि मदिरापान गर्छन् ।

तर पुरुषहरुको मामिलामा भने ठ्याक्कै उल्टो हुन्छ । अर्थात् विवाहपछि पुरुषहरुको रक्सी खाने दर केही घट्छ । वास्तवमा महिलाहरुले विहेपछि रक्सीको दर बढाउनुको कारण आफ्नो पार्टनरको दाँजोमा पुग्ने प्रयास गर्नु हो । उता विवाहित पुरुषले पनि कम रक्सी खाने आफ्नी पार्टनरको दाँजोमा पुग्न रक्सीपानको मात्रा घटाउँछ । अमेरिकाको सिन्सीनाटी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार डिभोर्सपछि भने पुरुषको रक्सी खाने दर ह्वात्तै बढ्छ ।

तर अचम्म मान्नु पर्दैन कि ‘जब दम्पतीले सँगै एक वा दुईवटा मदिराको बोतल खोलेर खान सुरु गर्छन्, त्यसबेला बुझ्नुपर्छ श्रीमतीले श्रीमानले भन्दा बढि रक्सी स्वात्तै पारिदिन्छिन्’, अध्ययनकर्ता एमीली रोविन्सनको भनाइ छ । स्मरण रहोस् यो अध्ययनको प्रतिवेदन अमेरिकन सोसियोलोजिकल एसोसिएसनमा प्रस्तुत गरिएको छ ।

यो पनि पढ्नुहोस्  

रक्सीको लत छोड्न ज्वानो

होशियार ! यस्तो छ रक्सीबाट स्वास्थ्यमा हुने क्षति

रक्सी पिउँदा किन मात लाग्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!