वास्तुशास्त्रशास्त्र

वास्तुशास्त्र अनुसार अध्ययन गर्ने कक्ष हुनुपर्छ यस्तो

वास्तशास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ वास्तुशास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तुशास्त्रलाई हिन्दु शास्त्र र आधुनिक विज्ञानले पनि विश्वासिलो आधार मान्ने गर्छ । वास्तुशास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ ।

हिन्दु धर्म अनुसार वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ । वास्तुशास्त्र अनुसार मानिस बस्ने घर अथवा भवन निर्माण गर्दा कुन दिशा शुभ कुन अशुभ हुने कुरा यसरी विश्लेषण गरेको छ । वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ । यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ । वास्तुशास्त्र अनुसार अध्ययन गर्ने कक्ष यस्तो हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

वास्तुशास्त्र अनुसार के गर्ने र के नगर्ने ?

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने अत्यावश्यक कुराहरु

वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा मिल्नेछ सफलता

वास्तुशास्त्रमा रङ्कको सम्बन्ध

वास्तुशास्त्र अनुसार आवसगृहको रङ्क

१. अध्ययन कक्षका लागि उपर्युक्त दिशा ईशान-पूर्व (उत्तर) दिशा श्रेष्ठ हुन्छ । यी दिशाहरु एकाग्रता बढाउने दिशा मानिन्छ ।

२. अध्ययन गर्ने टेबल आकारमा वर्गाकार या आयातकार हुनुपर्छ । टेबुलको आकार निकै ठुलो अथवा धेरै सानो पनि हुनु हुदैन । टेबल पुस्तकहरुले भरिएको हुनु हुदैन ।

Like & Follow us on Facebook

३. अध्ययन कक्षका भित्ताको रंग हल्का निलो, घिउ रंग, सेतो वा हल्का हरियो राख्न सकिन्छ ।

४. अध्ययन कक्षमा नै सुत्ने व्यवस्था हुनुपर्छ । टेबल लेम्प अध्ययन टेबलको दक्षिण-पूर्व दिशामा हुनु उपर्युक्त हुन्छ । टेबलमा प्रकाश देब्रेपट्टीबाट आउने गरी व्यवस्था गर्नु उचित हुन्छ ।

५. किताबहरु राखिने अलमारी, दराज आदि अध्ययन कक्षको पूर्व, उत्तर अथवा उत्तर-पूर्व दिशामा राखिनुपर्छ । अध्ययन कक्षको उत्तर पश्चिम दिशामा नराख्नु नै उचित हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!