आयुर्वेद

जडिबुटी र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जडिबुटी उपचार भन्दा केहिले नाक खुम्चाउने गरेको हेर्दा मलाई दु:ख लागेर आउछ । नेपालको भू-भागमा अनगिन्ती यस्ता जडिबुटी छन् जसको बयान गर्न सकिदैन । आज मैले सजिलोसंग उपचार गर्न सकिने खालका औषधिबारे जानकारी दिने प्रयत्न गर्नेछु ।

१. ज्वरो

तुलसीको पात १० ग्राम कालो मरिच ३ ग्राम दुवैलाई मिलाएर राम्रोसंग पिस्ने र मरिचको दाना जत्रो गोली बनाएर दिनमा ३ पटक २ गोलीको दरले खाने ठिक हुन्छ ।

यो पनि पढ्नुहोस्

आयुर्वेदिक औषधि र यसको रहस्य

आयुर्वेदिक उपचार पद्धति र यसको उद्देश्य

आयुर्वेद र यसको भविष्य

आयुर्वेदिक जडिबुटी जामुन र यसको प्रयोग

आयुर्वेदिक वृक्ष अशोक र यसका फाइदाहरु

आयुर्वेदिक दृष्टिकोणमा पीपलको महत्व

२. सुन्दर हुन चाहना भएमा

५ वटा गाजरको रस, टमाटरको रस, चुकन्दरको रस २०/२० ग्राम नित्य २ महिना सेवन गर्नाले चेहरा मूलायम हुनुको साथै सवै दाग मेटेर सुन्दर बनाउदछ ।

३. रक्सी छोडाउनु परेमा

एक बोतल असली सोफको अर्क राख्नु होस दैनिक खाने गरेको रक्सीमा एक तोलाको हिसाबले बढाउदै जाने रक्सी घटाउदै गएमा आदत हट्छ ।

४. मुख भित्र घाउ हुने भएमा

गाइको दूधको दही संग केरा केहि दिन खानाले यो रोग निको हुन्छ ।

५. मोटाउन चाहना भएमा

२५० ग्राम दूधमा २ वटा केरा २ महिना खानाले मोटाउन थाल्नु हुन्छ ।

६. दमको रोगमा

केराको बोक्रालाई जलाउनुस र जलाएको खरानी ३ ग्राम जति मनतातो पानीसित खान दिनुस ठिक हुन्छ ।

Like & Follow us on Facebook

७. टाउको घुमाउने चक्कर लाग्ने भएमा

एक कप मनतातो पानीमा आधा नीबूवा निचरेर खानु होस ठिक हुन्छ ।

८. उल्टि रोक्नु परेमा

अदूवा, प्याज, पोदिनाको रस दूई चमच दिनाले उल्टि रोकिन्छ ।

९. स्वर बसेमा वा रूघा लाग्ने भएमा

अदूवाको रस र मह समभाग लिएर खान दिनाले ठिक हुन्छ ।

१०. जण्डिसको उपचार

१२५ मि.ली मूलाको पातको रसमा ३० ग्राम चीनी मिलाएर छान्ने र बिहानै खाली पेटमा खान दिने निको हुन्छ ।

११. चूर्ण परेमा

करेलाको पातको रस २,२ चमच दिनाले सवै चूर्ण झार्दछ ।

१२. बच्चालाई दुध नपुगेमा या आमाको दूध नआएमा

१३. गर्मीको मौसममा पैताला पोलेमा

जीरा पकाएको काढा दिनाले दूध पग्रन्छ ।

गर्मीको मौसममा पैताला पोल्छ भने मैधीको पात पिसेर लगाउनु ठिक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!