जीवन-दर्शन

मानिसमा हुनुपर्ने सकरात्मक सोचको आवश्यकता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

ब्यक्ति जस्तोसुकै किन नहोस् उसको खराब संगतले गर्दा नकरात्मक सोचको विकास सुरु हुन थाल्दछ । मानिस कुलतमा फस्न चाहदैन तर केही झुण्डहरूले उसलाई नकरात्मक सोच्न बाध्य पारेकाले उ गलत बाटोमा हिड्नाले जानी-जानी गलत गर्न थालेको हुन्छ । सन्तानकै कुरा गरौं यदि समयमै सकरात्मक विचारको विकास उसको दिमागमा घुसाउनु सकेको भए उ कुलतमा फस्ने थिएन ।

हामी जस्तो खाना खान्छौं हाम्रो सोच पनि त्यस्तै हुन्छ । कुनै पनि अवस्थाप्रति धेरै दु:खी र चिन्तित नभई त्यसलाई सहज बनाएर मनमा लिनुलाई सकरात्मक सोच भन्ने वुझिन्छ । त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु सक्नु पर्दछ ।

सकरात्मक सोचाईको प्रतिफल पनि सकरात्मक नै हुन्छ । नकरात्मक सोचाइको प्रतिफल नकरात्मक नै हुन्छ । नकरात्मक सोचाईले मनलाई थकाउँछ र शरीरलाई गलाउँछ । याद गर्नुहोस, यदि तपाई एक घण्टासम्म मनमा नकरात्मक भाव पैदा गरी अनि आफनो शरीरको अवस्था जाच्नुभयो भने धेरै थाकेको पाउनु हुनेछ । सकारात्मक हुन हामी निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

१. स्वास्थ्यमा ध्यान दिने ।

२. नियमित व्यायाम गर्ने ।

३. विहानको चिसो हावामा हिड्ने ।

४. कसैको ईष्या र डाहा नगर्ने ।

५. बढि महत्वकांक्षी नहुने ।

६. आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने ।

७. देखासिकीमा आफ्ना आवश्यकता नबढाउने ।

समस्यालाई सानो देखेर आफुलाई त्यसप्रति ठूलो वनाइयो भने सबै भन्दा सजिलो सकरात्मक हुने उपाय रहन्छ । त्यसैले राग, द्धेष, रिस, घृणा र चिन्ता त्यागेर प्रसन्न चित्तमा रहदै सकरात्मक सोचको बिकास गर्न सकियो भने शरीरमा शक्ति, बल, तेज र स्वस्थता प्राप्त हुन्छ ।

यो पनि पढनुहोस्

सुखी दाम्पत्य जीवनको रहस्य

लामो आयु बाँच्न कस्तो खाना खाने ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!