जीवन-दर्शन

प्रकृतिले मानिसलाई नि:शुल्क दिएका अनुपम उपहारहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज हामी प्रकृतिको रहस्य जान्नदेखि बन्चित भएका छौं । प्रकृतिले हामीलाई पानी दिएको छ । पानी जस्तो ठूलो औषधि संसारमा केहि छैन । सहि तरिकाले यदि हामी पानीको सेवन गर्छौं भने अनेकौं रोगहरू पानीको सहयोगले ठिक गर्न सक्छौं । यदि यो धर्तीमा पानी हुने थिएन भने शायद जीवनको अस्तित्व समाप्त हुने थियो आज हामीलाई बचाउन पानीले ठूलो भुमिका खेलेको पाइन्छ ।

पानी जस्तो ठूलो औषधि अरू हुनै सक्दैन । पानीको उपयोगबारे मैले अघि पनि लेख लेखी सकेको छु । हाम्रो जीवनमा पानीको अपार स्रोत हुदाहुदै पनि हामीले पानीबाट फाइदा उठाउन सकि रहेका छैनौं यो दु:खको कुरा हो । स्वास्थ्य ठिक रहन जति खानाको आवश्यक छ त्यो भन्दा बढी पानीको आवश्यक हामीलाई छ । दैनिक कन्जुसाई नगरी पानी पिउने गरौं यसले स्वास्थ्यमा थुप्रै लाभ हुनेछ ।

पानीपछि हामीलाई वायु यानी हावा दिएको छ । हावाको सहयोगबाट हामीले सास लिन्छौं जसलाई प्राण वायु भन्दछन् । हामीलाई अक्सिजनको आवस्यक हुन्छ यो सवै हामीले हावाबाट प्राप्त गर्छौं । बिहानै उठ्नु होस् केहि खुला स्थानमा टहल्नु होस् नाकको सहयोगले जोड जोडले सास तान्दै जानुहोस् र नाकबाट तानेर मुखबाट सास फ्याक्दै जानुहोस् यस्ले तपाईंलाई थुप्रै फाइदा दिनेछ । खाना, पानी पछि मानिसको जीवनको रक्षा प्राण वायुले गरेको छ ।

यसपछि प्रकृतिले जीवन रक्षाका लागि सागसब्जी चामल दाल थुप्रै यस्ता बस्तु प्रदान गरेको छ । तर हामीले खान नजान्नाले अनेकौं रोगको दलदलमा फसेका छौं यसको ठोस कारण हो परनिर्भरपन यदि हामीले आफ्नै करेसाबारीमा गाई भैसीको मल राखेर तरकारी फलाउछौं भने मलाई लाग्छ स्वास्थ्यमा यो भन्दा ठूलो उपलब्धि के हुन सक्छ ।

त्यसपछि हाम्रो जीवनमा यस्ता अनेकौं रोगहरू निको बनाउन प्रकृतिकले हामीलाई जडिबुटी दिएको छ, औषधि दिएको छ । सहि तरिकाले औषधिको सेवन गर्छौं भने रोग निको नहुने कुरै छैन । हाम्रो जमिनले जसरी अन्न तरकारी दिएको छ त्यसरी नै जडिबुटी दिएको छ प्रयोग गर्न सिकौं भन्ने मेरो र हाम्रो अनुरोध छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

प्रकृति र यसको लिला

सृष्टिको नियम

प्रकृति र प्राकृतिक घटना सम्बन्धी लोकविश्वास

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!