सौन्दर्यहेल्थ टिप्स

हटाउनुहोस् छालाको सुन्दरता बिगार्ने ४ बानीहरु

छाला मानव शरीरको एक अंग हो। यो अंगले मानव शरीर बाहिरबाट ढाकिएको हुन्छ।छालाको भित्रपट्टि सतहमा कलेजिन र इलास्टिन नामका फाइबर हुन्छन् । यी फाइबरको काम छालालाई सपोर्ट दिने हो । तर, कलेजिन र इलास्टिन फाइबर कम भएपछि छालाले बिस्तारै आफ्नो स्थान छोड्न थाल्छ । छाला कमजोर र केही लचकदार हुँदै जान्छ । कलेजिन र इलास्टिन निकै नै कम भएपछि छालाले पूरै ठाउँ छोड्छ र चाउरी पर्छ ।

तातो पानीले धेरै बेर नुहाउनु

तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुख्खा र फुस्रो बनाउँछ । त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन ।

 सुगन्धित साबुनले नुहाउनु

साबुनले मुख धुनाले मुखमा भएको म्वइस्चराइजर कम हुन्छ र अनुहार फुस्रो बन्छ । जीउमा दल्न पनि तेलमिश्रित साबुन, बडीवास अथवा सुगन्ध नमिसाइएको साबनु छान्नुपर्छ ।

नुहाएपछि तौलियाले बेस्कन पुछ्नु

नुहाएपछि हामी कपाल र शरीरलाई तौलियाले बेस्कन पुछ्ने गर्छौं । यसो गर्दा छाला रगडिने, यसको म्वइस्चराइजर उड्ने गर्छ । नुहाएपछि जोडले कपाल पुछ्यो भने कपाल झर्ने गर्छ । त्यही भएर नुहाएपछि तौलियाले बिस्तारै पुछेर शरीरलाई ओभानो बनाउनुपर्छ ।

जाडोमा सन्सक्रिम नलगाउनु

जाडोमा घामले त्यति नपोल्ने भएकाले हामी गर्मीमा मात्र अनुहारमा सनस्क्रिन क्रिम लगाउने गर्छौं । तर, छालालाई हानि पुयाउने विकिरण सूर्यले वर्षभरि नै फाल्ने भएकाले जाडोमा सनस्क्रिन क्रिम लगाइएन भने अनुहार, घाँटी, गर्धन र हातको छाला बिग्रिन सक्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!