लेखहरु

उत्कृष्ट नमूना विद्यालय श्री त्रिभुवन बाल माध्यमिक विद्यालय ढोकी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यो विद्यालय २०२६ सालमा स्थापना भएको थियो । मैले यो विद्यालयमा अध्ययन गरेको थिए । विद्यालय प्रशासनले भुपु विद्यार्थी आएको देखेर खुसी हुदै विद्यालय स्तर उन्नतिका बारेमा हामीलाई सवै प्रयोगशाला देखाउनु भएको थियो ।

यो विद्यालयमा अध्ययन गर्दा हामीले धेरै समस्या उठाएका थियौँ तर अहिले विद्यालय धेरै परिवर्तन हुदै नमुना विद्यालयको रूपमा परिचित भएको र यहाँ अध्ययन ८५० जना विद्यार्थीहरुको लागि खानेपानीसम्म मिनरल वाटर प्लाण्ट जोडी शुद्ध खानेपानीको व्यवस्था मिलाएको देखिएको छ ।

आज हामीले विद्यालय हेर्ने प्रोग्राम नभएपनि बाटो त्यही भएकाले हेरौं भनेर पसेका थियौं । विद्यालयका प्रमुख प्रिन्सिपल श्री प्रधानाध्यापक घिमिरेज्यूले हामीलाई सवै देखाउनु भएको र पुन: हेर्न आउने निमन्त्रणा समेत दिनु भएको थियो । विद्यालयको प्रयोगशाला अत्याधुनिक यन्त्र लगायत सामान र औषधिले भरिएको थियो ।

वि.सं. २०२४ साल मंसिर ११ गतेबाट त्रिभुवन बाल बिद्याश्रमको नाममा प्राविको आधार कक्षाबाट प्रारम्भ भएतापनि बैधानिक रूपमा २०२६ मंसिर २६ गतेबाट स्थापना भएको विद्यालयले २०२६ साल मंसिर २६ गतेदेखि वैधानिक रुपमा पठनपाठन शुरु गरेको उक्त विद्यालयले २०५३ सालमा कक्षा १०, २०६५ सालमा कक्षा ११, १२ को सम्बन्धन प्राप्त गरेको देखियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी थनेतले जानकारी दिनु भएको थियो । विद्यालयले उत्कृष्ट नतिजा निकालेका कारण कावासोती नगरपालिका भित्रको उत्कृष्ट विद्यालयमा यो पनि रहेको कुरा हामीलाई पनि बताउनु भएको थियो ।

विद्यालयको केहि झलकहरु 

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!