लेखहरुविचार-विश्‍लेषण

नेपालबाट बृद्धहरुको पलायनको खतरा बढ्दै

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

११ कात्तिक,  आइतबार । नेपालमा बृद्ध बाहेक युवा नरहे के को बिकास होला सोच्ने बेला आएको छ । पाँच बर्षपछि भोट दिने बृद्ध बाहेक अरू नरहने निष्चित हुदैछ । अब युवा मात्र होइन महंगीले बृद्धहरू पनि विदेश जान पाए हुने थियो भनेर एक जना वयोबृद्ध व्यक्तिले भन्दै हुनुहुन्थ्यो । मेरो विचारमा यो आइडिया पनि गलत लागेन । जहाँ विकास नहुने निश्चित भएपछि फाल्टु बस्नु भन्दा बच्चा मात्र हेर्न सकेपनि पैसा पाउने ठाउँ कहाँ होला भन्नेहरू बढ्न थालेको छ ।

पंचायत कालमा ७५% ले जागिर पाएका थिए तर अहिले जागिर पाएकाहरूले राजनीतिको पछि लागेर युनियन खडा गर्दा पाएको जागिर गुमेको गुनासाहरू गर्न थालेको देखिन्छ । म सरकारलाई आग्रह गर्न चाहन्छु कि ५० कटेकाहरूको स्वास्थ्य परीक्षण गराएर विदेशमा पठाउने वातावरण तयार गर्न सके यहाँ मनपोली गर्न अझ सहज हुने थियो किन कम्पनी खोल्ने कम्पनी खोलेर पनि काम गर्ने मानिस पाउन धौ-धौ हुने भएको छ ।

यस्तो अवस्थामा पुर्याउन सफल नेतृत्व वर्गलाई धन्यवाद दिन आवश्यक छ । नेपाल र नेपालीहरूलाई विदेश पलायन र अरूको चाकडि गर्न मन पराउने वातावरण तयार गराउनेमा लोकतन्त्रलाई मान्नु पर्दछ । हिजो राजाले गरेन भन्नेहरू कहाँ पुगे र के गर्दैछन् भन्ने कुरा हरेकले बिर्सि सके भन्दा खासै फरक नपर्ने देखिएको छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

नेपालमा लोकतन्त्र उपहासको संकेत

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!