घरेलु उपचारस्वास्थ्य

खोकी र यसको घरेलु उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

स्वाश नलीको मार्गमा कुनै किसिमको अवरोध आएमा सोको प्रतिक्रिया स्वरुप खोकी लाग्ने गर्दछ । खोकी लाग्नुको प्रमुख कारणहरुमा घाँटी वा फोक्सोको भित्री भागमा ईन्फेकशन हुनु हो । फेरिगंस (कठंनलि) लेरिगंस (स्वरनलि), ब्रोकंस, लेफ्ट र राईट ट्रेकिया, फोक्सोमा जब कुनैप्रकारको ईन्फेक्शन हुन्छ तब मानिसलाई खोकी लाग्न थाल्छ ।

खोकीलाई हामीले सामान्य रूपमा हेर्ने गर्छौ । एउटा उखान छ रोगको जड खोकी हो भने लडाइको जड हासो भन्ने चलन छ । खोकी पुरानो हुदै गएमा दम ,टि.बि जस्ता रोगले कालान्तरमा मानीसलाई हुने गर्दछ । खोकी दुई प्रकारको हुन्छ एउटा कफयुक्त र अर्को सुख्खा । आज हामीले दुबै किसिमको खोकीको उपचार घरेलु औषधिबाट गर्ने तरिकाबारे जानकारी दिनेछौं ।

अदुवामा खोकी तथा चिसो भगाउने प्राकृतिक गुण नै हुन्छ । यसले घाँटीभित्र हुने संक्रमणलाई पनि कम गर्छ । यसमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ र एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल औषधिको काम गर्छ ।

अदुवामा ओलेओरेसिन नामको एक यौगिक पाइन्छ जसले खोकी तथा चिसोको समस्या हटाउनमा लाभदायक हुन्छ । मह पनि औषधिय गुणले युक्त हुन्छ । यसमा एन्टीअक्सिडेन्टका साथै जिवाणु प्रतिरोधी गुण हुन्छ र संक्रमणबाट बचाउने काम गर्दछ ।

औषधि बनाउने तरिका

१. यसका लागि तपाइँलाई अदुवा, मह र कागती तथा पानी आवश्यक पर्दछ । सबैभन्दा पहिले अदुवालाई सफा गरेर बोक्रा छिलेर टुक्रा टुक्रा पारेर काट्नुस् । एउटा कागती निचोरेर रस निकाल्नुहोस् । एउटा भाँडोमा एक कप पानी तताउनुहोस् । त्यसमा टुक्रा पारेको अलिकति अदुवा तथा आधा चम्चा कागतीको रस मिसाउनुहोस् । हल्का पकाई सकेपछि लाष्टमा मह मिस्रण गरेर बिरामीलाई एक एक चमचको दरले दिनमा ३ पटक खान दिनुस निको हुन्छ ।

२. अदुवालाई पोल्नुहोस र त्यो अदुवामा मिस्री मिलाएर चुस्नुहोस खोकी निको हुन्छ ।

३. असुरोको पात मन्टालाई ल्याउनुहोस सफाकपडामा राखेर बाध्नुहोस बाधेको कपडालाई नडढ्ने गरी रातो माटोले बाहिर बाट बाक्लो लगाएर खरानी तल दवाउनुहोस । पछि निकालेर सवै फाली पातलाई निचोरी रस निकाल्नुहोस निकालेको रसमा थोरै मह मिलाएर चटाउनु होस खोकी निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

खोकी र यसको उपचार

खोकीको घरेलु उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!