जीवन-दर्शन

जीवनमा सफल हुन के गर्नुपर्ला ? डा. राम बहादुर बोहराका उपयोगी टिप्सहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज हरेक व्यक्ति सफल हुन चाहन्छन् तर सफल हुन सकिरहेका छैनन् । व्यक्तिसंग सवैथोक छ तर सोचेको काम हुन सकेको छैन । कतिपयले भाग्यलाई दोष दिने गरेको पाइन्छ । आजको लेखमा सफल हुन के के गर्नुपर्छ भन्नेबारे प्रकाश पार्नेछु ।

हामीले हमेसा आफ्नो कमि-कमजोरीलाई कसरी समाप्त पार्न सकिन्छ त्यसका लागि के कस्तो काम गर्नुपर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । मानिसको ग्रह दशाले पनि कतिपय काम रोकिएको हुन्छ । हामीले सानातिना कुरामा पनि ध्यान दिइरहेका हुदैनौ ।

हामीसंग पैसा छ तर ग्रह र अन्य बाधाले पनि त्यो पैसा प्रयोग गर्न जानी रहेका हुदैनौं । हरेक व्यक्तिको सफलताको पछि बचत ठूलो कुरा हुनसक्छ । हामी कमाउछौं र खर्च गर्छौं हामीमा बचत गर्ने बानी छैन भने पनि सफल हुन यसले पनि रोकेको हुन सक्छ ।

देशकै कुरा गरौं राष्ट्रको ढुकुटीबाट पैसा झिकेर फिजुल खर्च गरिरहेका छौं तर त्यो रकमलाई विजनेसमा व्यापारमा लगाउन कसैसंग बुद्धि-विकेक छैन । व्यापारमा लगाए घाटा हुन्छ भन्ने मानसिकतामा नेतृत्वको दिमाग घुमिरहेको देखिन्छ । व्यापार भन्नाले देशको उत्थान गर्ने हुन्छ । एउटा व्यक्तिले गर्ने व्यापार र सरकारले गर्ने व्यापार धेरै फरक हुन सक्छ ।

आज देश ऋणमा डुविरहेको छ । जनताको थाप्लोमा ऋण बढीरहेको छ । ऋण लिएर घर बनाउ या बाटो खन या पाटी पौवा बनाऔ, यसले उत्थान कदापि हुनेवाला छैन । देशको आमुल परिवर्तन त्यतिबेला सम्भव छ जतिबेला हामीले उत्पादन गरेको सामान बिक्री गरेर डलर भित्राउन थाल्नेछौं ।

जहाँ फिजुल खर्च बढ्न थाल्दछ त्यहाँ असफलताले जडा गाड्न थाल्दछ । हामीले केवल खर्च गर्न जान्दछौं तर उत्पादनतर्फ ध्यान दिन सकेनौं भने यसले हामीलाई धरासायी बनाउदै लानेछ । ऋण त्यस्तो घुन हो जसले मानिस मात्र होइन देश नै कंगाल र धरासायी हुन सक्छ ।

सफल हुन चाहने व्यक्ति होस् या संस्था होस् या अन्य जोसुकै किन नहोस् काम शुरु गर्दा आफूलाई आधारभूत ज्ञान भएको काम शुरु गर्नुपर्छ । यसले गर्दा सफल हुने सम्भावना बढ्छ । ऊ आफ्नो कामको लागि पूर्ण रुपमा अरुमाथि निर्भर हुन नपर्ने हुँदा जोखिम कम हुन्छ ।

जनता ऋणमा डुब्नुको प्रमुख कारण भनेकै देशमा उत्पादनमुखी नभई फजुल खर्च र आयमुलकमा भन्दा फजुल खर्चतर्फ लाग्नु प्रमुख देखिएको छ । आज हामीले स-साना कुरामा ध्यान दिन नसक्नुको कारणले गर्दा सफल हुन नसकेको अवस्था हाल देखिएको छ । आज सवै हुँदा-हुदै गर्दा-गर्दै पनि केही हुन सकेको छैन भने तल लेखेका केहि बुँदा अपनाउन सक्नुहुनेछ ।

सफल हुन निम्न बुँदाहरुमा ध्यान दिनुहोस्

१. काम सुरु गरिसकेपछि आफ्नो कामलाई अझ राम्रो बनाउंदै लैजानुपर्छ, बजार तथा समयको माग अनुसार चल्नुपर्छ । यसको लागि व्यक्ति स्वयं अपडेट हुनुपर्छ, सिर्जनशील हुनुपर्छ । आफ्नो व्यक्तित्व विकासको लागि विभिन्न तालिम लिनुपर्छ ।

२. अरुले गरिरहेको कामबारे पत्रपत्रिका किनेर, पुस्तक किनेर, भ्रमण गरेर जानकारी लिनुपर्छ । विभिन्न कार्यक्रममा सहभागी हुनुपर्छ । विभिन्न भाषाहरु सिक्नुपर्छ । आफ्नो लागि पहिरनको छनोट गर्दा ध्यान पुर्याउनुपर्छ ।

३. स्वास्थ्य राम्रो भयो भने मात्र कामलाई प्राथमिकतामा राख्न पाइन्छ, त्यसैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । यो सबै आफ्नो लागि गरेको खर्च होइन, आफूमाथिको लगानी हो ।

लाख कोसिस गर्दा पनि राजनितिमा होस् या बिजनेसमा व्यापारमा किन नहोस् सफल नभएकाले यसो गर्नुस अवश्य सफल हुनेछ । यसलाई विश्वासपुर्बक गर्नुपर्ने छ ।

Astro Tips :

१. आफु सुत्ने कोठाको पलङमुनि थोरै पानी राख्नु र बिहान उठ्नासाथ बाहिर लगेर फाली दिनु सोचेको काम पुरा हुदै जानेछ ।

२. थोरै चामल शनिबारदेखि आइतबारसम्म कमिलाको गुड अगाडि छरिदिनु नसोचेको सफलता प्राप्त हुन थाल्नेछ ।

३. बिहान उठ्नासाथ नुहाउने र एक लोटा पानी सुर्यलाई नित्य चढाउनु सफल हुन थाल्नु हुनेछ ।

यो पनि पढनुहोस्

सुखी दाम्पत्य जीवनको रहस्य

मानिसमा हुनुपर्ने सकरात्मक सोचको आवश्यकता

लामो आयु बाँच्न कस्तो खाना खाने ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!