खानपानस्वास्थ्य

बोइलर कुखुराको मासु र मानव स्वास्थ्यवारे एक जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बोइलरको मासु मानव स्वास्थ्यका लागि कति उपयोग भन्ने कुरा हामीले बुझ्न आवश्यक छ । कुनै पनि बस्तुलाई अत्यधिक औषधि खुवाएर हुर्काईको हुन्छ त्यसले मानव स्वास्थ्यका लागि कति सुरक्षित छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

अत्यधिक औषधि सेवन गराएर २०,२५ दिनमै यस्ता कुखुरा हुर्काइएको हुन्छ भने यसबाट स्वास्थ्यलाई कति फाइदा होला भन्ने कुरा बुझ्न जरुरी देखिन्छ । आजकल कुखुरा मात्र होइन खसी बोकामा समेत इन्जेक्सन लगाएर मासु बढाउनेको संख्या धेरै बढेको छ ।

मानिसले खाने मासु होस् या सागसब्जी किन नहोस् सबैमा विषादी प्रयोग भएको देखिन्छ । नेपाली रोगको दल-दलमा फस्नुको कारण हामी अन्त खोज्न जानुपर्दैन । स्वस्थकर खाना केलाई भन्दछन्? यहाँ त सवै कुरामा मिसावट छ । आज मानिसहरू चाहे भ्रष्टाचार गरेर होस् या मानिसलाई विषादी खुवाएर किन नहोस् पैसा कमाउने होड चल्दै छ दुवै अवस्था नेपाल र नेपालीको लागी जोखिम हुदैछ ।

म विगत लामो समयदेखि स्वास्थ्यप्रति जनचेतना बढाउने काममा लागिरहेको छु । स्वास्थ्य हाम्रो धन हो शरीर स्वस्थ भए दिमाग स्वस्थ रहन्छ दिमाग स्वस्थ भए राष्ट्र स्वस्थ हुन सक्छ । स्वास्थ्यप्रति जब-जब हाम्रो ध्यान हट्न थाल्दछ त्यस्तो अवस्थामा गम्भीर रोगले हामीलाई दु:ख पिडा दिन थाल्दछ । रोग नलागोस भन्ने भावना भए मासुको सेवन रोकेर आफैले उत्पादन गरेको बस्तु नै उपभोग गरौं भन्ने हाम्रो राय छ ।

नेपाली स्वस्थ हुनलाई देशको अर्थतन्त्र पनि स्वस्थ हुन आवश्यक छ । अर्थतन्त्र स्वस्थ हुन नेतृत्व स्वस्थ हुन आवश्यक छ । जब नेतृत्व नै रोगी भए नागरिक रोगी हुन थाल्दछन् यो सबैले बुझ्न आवश्यक छ । मेरो भन्नुको अभिप्रायलाई गलत नबुझ्नु होला हामीले खाने हरेक वस्तुमा सरकारको निगरानी आवश्यक छ ।

नागरिकले खाने औषधि मात्र होइन चामलदेखि तरकारीसम्म माछादेखि मासुसम्म सवैमा अनुगमन र कडाई गर्न आवश्यक देखिन्छ । देशलाई सम्वृद्धिशाली बनाउन नागरिकको स्वास्थ्य सवल हुन आवश्यक छ । आज नागरिकको स्वास्थ्य ठिक नहुनाले नेपालको पैसा स्वास्थ्यमा धेरै खर्च हुदैछ ।

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि फूलगोभी खानुका फाइदाहरु

चम्सुरको साग खानुका फाइदाहरु

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

स्वास्थ्यको लागि फापर खानुका फाइदाहरू

स्वास्थ्यको लागि सुन्तला खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!