राष्ट्रिय व्यक्तित्व

यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनी

जन्म मिति : वि. सं. २००८।११।११

जन्म स्थान : इवा–२, तेह्रथुम

स्थायी ठेगाना : दमक न.पा.–१०,झापा

बाबुको नाम : मोहन प्रसाद ओली

आमाको नाम : स्व. मधु ओली

श्रीमतीको नाम : राधिका शाक्य ओली

पार्टीको नाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले)

राजनीतिको सुरुवात भएको वर्ष : वि.सं. २०२५

राजनीतिक यात्रा : ६ वर्ष  भूमिगत वर्ष, १४ वर्ष बन्दी जीवन

कृति/प्रकाशन : जवज र पार्टीभित्रको लोकतान्त्रीकरण

स्वदेश तथा विदेश भ्रमण 

नेपाल : ७५ वटै जिल्ला

विदेश : चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदि ।

राजनीतिक यात्रा

२०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ।

२०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको ।

२०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त ।

२०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन ।

२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण ।

२०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग ।

२०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन

जेल जीवन

पहिलो पटक : २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार ।

पहिलो गिरफ्तारः झापा पुलिस थानामा ।

२०२७ र २०३० का बस्चमा : पटक पटक गरी १० पटक बढी गिरफ्तारी ।

जेल यात्राको १४ बर्षे अध्याय

२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।

पहिलो भोगाइ : रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।

त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान ।

२०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान ।

३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।

२०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर ।

२०३३ साउनमा नख्खु जेल चलान ।

२०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै ।

२०३६ जेठमा गोलघर बाहिर ।

२०३७ चैतमा पुनः नख्खु जेल चलान ।

२०३९ माघ ३ मा पोखरा जेल चलान ।

२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।

२०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान ।

०४३ माघ १२ मा भद्रगोल जेल चलान ।

२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।

तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।

जेलमुक्त भएपछि राजनीतिक जिम्मेवारी बहन

२०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी ।

२०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।

२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।

२०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।

राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारी

२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित ।

२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित ।

२०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।

२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन ।

२०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।

२०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वा्चित ।

विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा खेलिएका महत्वपूर्ण भूमिकाहरुः

२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले

शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेको । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएको ।

२०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे उहाँले लिखित

पत्रका माध्यमद्वारा सुझावहरु पठाएको हाल समयक्रमसँगै ती सुझावहरुले दूरगामी प्रभाव पार्दै आएको पुष्टि भएको छ ।

२०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको ।

२०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा

कमरेड मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न अहं भूमिका निर्वाह गरेको ।

२०५९ सालमा भएको नेकपा (एमाले) को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उहाँले प्रस्तुत गरेको वैचारिक

कार्यक्रमिक प्रस्ताव आज आएर नेपालका सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूल नीतिका रुपमा अवलम्बन गरेको अवस्था छ ।

आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएको ।

हालै जारी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको तथ्य जगजाहेरै छ ।

महत्वपूर्ण कुरा : हाल नेपालको प्रधानमन्त्री, नेकपा एमाले अध्यक्ष तथा संसदीय दलको नेता, २०५१ सालमा गृहमन्त्री, २०६३ मा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री, २०४८, २०५१ र २०५६ मा प्रतिनिधि सभाको सभासद, प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!