मुख्य समाचार

सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्रीलाई

असोज २५, काठमाडौँ । सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ । “शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य” जुटाउन उनले गरेको प्रयत्नका लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रिया बीच गत वर्ष एउटा शान्ति सम्झौता भएको थियो । ओस्लोमा १०० औँ नोबेल शान्ति पुरस्कार विजेताका रूपमा आबी अहमदको नाम घोषणा गरिएको हो।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ७८ वटा सङ्घसंस्था र २ सय २३ जना व्यक्तिहरू सहित ३ सय १ को मनोनयन परेको थियो। पुरस्कार स्वरूप आउँदो डिसेम्बरमा ओस्लोमा विजेतालाई करिब ९ लाख अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

सन् २०१९ र सन् २०१८ को नोबेल साहित्य पुरस्कार विजेताको नाम घोषणा

सन् २०१९ रसायनशास्त्रतर्फको नोबल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई

सन् २०१९ भौतिकशास्त्रतर्फको नोबल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई

चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!