स्वास्थ्य

एपेन्डिसाइटिस भनेको के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ । देशको कार्यकारी प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएपछी आम जनतामा यो एपेन्डिसाइटिस भनेको कस्तो रोग हो भन्ने जिज्ञासा बढेको हुनाले यस विषयमा हामीले प्रकाश पार्दैछौ ।

एपेन्डिसाइटिस शरीरको एपेन्डिक्स नामक आन्द्राको भागमा हुने रोग हो । ठूलो आन्द्रासँग जोडिएर रहेको छोटो र पातलो थैलीलाई ‘एपेण्डिक्स’ भनिन्छ। जसको लम्बाइ २ देखि ३ इन्चसम्मको हुन्छ । यो मलद्वारसँग जोडिएको हुन्छ । एपेन्डिक्समा हुने दुखाइ र यो सुन्निनुलाई एपेन्डिसाइटिस भनिन्छ । एपेन्डिसाइटिस पेटको दुखाइबाट सुरु हुने गर्छ । यस्तो दुखाइ पटक-पटक हुन्छ । बिस्तारै दुखाइ पेटको तल्लो दाहिने भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ र बिस्तारै दुखाइले गम्भीर रूप लिन थाल्छ । जसलाई एपेन्डिसाइटिस हुन्छ उसलाई भोक कम लाग्ने, अनुहार रातो देखिने हुन्छ ।

एपेन्डिसाइटिस भए छोटो समयमै पेटको सर्जरी गर्नुपर्ने हुन्छ । यस्तो अप्रेसनलाई एपेन्डेटोक्मी भनिन्छ । एपेन्डिसाइटिसको सम्भावना हुनेबित्तिकै सर्जरी गर्ने सल्लाह दिने गरिन्छ किनभने एक त यसको स्पष्ट निदान गर्न गाह्रो छ । अर्को एपेन्डिक्स फुट्नुभन्दा शल्यक्रिया गर्नु कम जोखिमयुक्त हुन्छ । यसको शल्यक्रिया गर्दा अन्य दीर्घकालीन समस्याबाट पनि बच्न सकिन्छ ।

एपेण्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने सुन्निने र पिप भरिने हुन्छ । समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ। त्यसकारण एपेण्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार आवश्यक हुन्छ । एपेण्डिक्स फुट्नु अगावै यसको अपरेसन गरेर फालिएन भने बिरामीको मृत्यु समेत हुने चिकित्सकहरू बताउँछन् । अपरेसन गरेका यस्ता बिरामीले केही दिन अस्पतालमै आराम गर्नुपर्छ ।

यो पनि पढनुहोस्

के हो डायलासिस ? यो किन गरिन्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!