खानपान

स्वास्थ्यको लागि सुन्तला खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जाडो याममा सुन्तला खानुका मजा नै अर्कै छ । स्वास्थ्यका दृष्टिकोणले पनि सुन्तला धेरै उपयोगी फलफूल मानिएको छ । अहिले सुन्तला हल्का अमिलो र गुलियो स्वादमा अनि रसिलो स्वादमा भएकाले यसलाई बिर्सन सक्दैनौं । सुन्तला स्वास्थ्यवद्र्धक फल हो ।

आयुर्वेदका अनुसार सुन्तला वातनाशक, ज्वरो, हृदय विकार लगायतमा समेत उपयोगी मानिन्छ। सुन्तला सिट्स फ्रुट हो । यसमा प्रचूर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यसमा प्राकृतिक एन्टी-अक्सिडेन्ट हुन्छ । यसले रोगप्रतिरोधक क्षमता बढाउनुका साथै रगतको सफाइ र स्टेमिना बढाउन सघाउँछ ।

सुन्तलामा भिटामिन ‘ए’, ‘बी’, आइरन र पोटेसियम समेत बढी मात्रामा हुन्छ । भिटामिन ‘ए’ र क्याल्सियमले ओतप्रोत सुन्तलाको नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुन्छ । यसले अस्टियोस्पोरोसिसको जोखिमलाई धेरै हदसम्म कम गर्छ । यति मात्र नभई, यो फलले रगतमा ब्लड सुगरको स्तरलाई सामान्य राख्छ ।

सुन्तला फाइबरको राम्रो स्रोत हो सुन्तला खानाले चिनीलाई फ्रुटोसमा बदल्ने भएकाले मधुमेहका रोगीलाई समेत राम्रो फाइदा गर्दछ । सुन्तलाको सबैभन्दा ठूलो विशेषता भनेको यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्नासाथ ऊर्जा दिन थाल्नु हो । सूर्यकिरणद्वारा सुन्तलाको ‘स्टार्च’ गुलियोमा परिवर्तित हुन्छ, जुन मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ ।

सुन्तलामा भएको पोटेसियम, फोलिक एसिड, क्याल्सियमले कोलेस्ट्रोलको स्तर र उच्च रक्तचापलाई नियन्त्रित राख्छन् । यी तत्त्व कोषिकाहरूमा इलेक्ट्रोलाइटलाई सन्तुलनमा राखेर मुटुलाई स्वस्थ राख्ने काम गर्दछ । पोटेसियमले मस्तिष्कमा अक्सिजनको सञ्चारमा सघाउँछ ।

यस्ता छन् सुन्तलाका अन्य फाइदाहरु

१. गर्भमा बच्चा हुँदा सुरुको महिनादेखि ९ महिनासम्म २ वटा सुन्तला गर्भवतीलाई दिनाले सन्तान गोरो र सुन्दर जन्मन्छ भनेको छ ।

२.सुन्तला नियमित रूपमा खानाले रुघाखोकी र रक्तस्रावको समस्या हुँदैन । शरीर सशक्त र दीर्घायु बन्छ । पाचन प्रणाली सधैँ ठीक हुन्छ ।

३. सुन्तलामा एन्टि-इन्फेमेन्ट्री गुण हुन्छ, जसका कारण शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन कायम रहन मद्दत मिल्छ ।

४. सुन्तलामा भएको साइट्रिक एसिडले मूत्र र मृगौला सम्बन्धी सम्बन्धित रोग निर्मूल गर्न सघाउँछ ।

५. सुन्तलाको बोक्रा समेत गुणकारी मानिन्छ । सुकेका बोक्रा पिँधेर अनुहारमा लेपन गर्दा दाग, कालो पोतो हट्नुका साथै अनुहार टल्किन्छ ।

६. बालबालिका, बूढापाका, रोगीहरूलाई दुर्बलता हटाउन सुन्तला उपयोग गर्ने सल्लाह दिइन्छ । आयुर्वेद अनुसार, सुन्तलाको नियमित सेवनले पाइल्स रोगमा समेत लाभ पुग्छ ।

७. सुन्तलाको रसले मृगौलामा क्याल्सियमको ओक्सलेटस्लाई एक ठाउँमा जम्मा हुन दिँदैन र पत्थरीको सम्भावना न्यून हुन्छ ।

यो पनि पढनुहोस्

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

स्वास्थ्यको लागि फापर खानुका फाइदाहरू

स्वास्थ्यको लागि पिप्पली खानुका फाइदाहरु

स्वास्थ्यको लागि अश्वगन्धा खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!