आयुर्वेद

आयुर्वेदिक पद्धतिबाट उपचार नै किन गर्ने ? 

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति हो । आयुर्वेदको सिद्धान्त अनुसार शरीर, मन र आत्माको सन्तुलनमा मानव स्वास्थ्य निर्भर छ । त्यस्तै, शरीरमा हुने तीन दोष वात, पित्त र कफका कारण शारीरिक असन्तुलन पैदा हुन्छ । आयुर्वेदिक चिकित्सा पद्धति प्रती जनविश्वास बढ्दै गएको छ ।

आयुर्वेद औषधि  प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ । खासगरी, बोटबिरुवा र खनिज आयुर्वेदिक औषधिका स्रोत हुन् । जो कच्चा पदार्थ संकलन, प्रशोधन गरेर वा सीधै प्रयोगमा ल्याइन्छ ।  आयुर्वेद औषधिमा केमिकलको प्रयोग गरिँदैन । त्यसैगरी, यसको सेवनबाट अन्य असर हुँदैन । आयुर्वेदिक चिकित्सा पद्धतिबाट सम्मपुर्ण रोगको उपचार गरिन्छ । आजको लेखमा आयुर्वेदिक उपचार बारे जानकारी पस्कन लागेका छौं।

आयुर्वेदबाट उपचार गर्ने सकिने रोगहरू

१. आयुर्वेद उपचार पद्धतिबाट थुप्रै रोगहरू निको पार्न सकिन्छ । आयुर्वेदिकको अर्को जानकारी ब्याक्टेरियल, भाइरल र फन्गल इन्फेक्सन जस्ता सरुवा रोगको उपचार सम्भव छ । जडिबुटीजन्य औषधिबाट यस्ता रोग निको पार्न सकिन्छ ।

२. आयुर्वेद औषधिको प्रयोगले रोग निको हुन बढी समय लाग्छ भन्ने भ्रम रहेको पाइन्छ तर यो गलत हो । अनुपान भेद अनुसार  आयुर्वेदिक औषधि सेवन गरेमा छोटो समयमै रोग निको हुन्छ ।

३. नसर्ने रोग अहिलेका विकराल समस्या हुन् । जीवनशैली र रहनसहनका कारण यस्ता रोग बल्झिने गर्छन् । तसर्थ, उपचारसँगै जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ । जो आयुर्वेद उपचार पद्धतिसँग जोडिएको हुन्छ ।

४. हरेक रोगका लागि विशेष औषधि बनाइएका हुन्छन् । रोगको अवस्था हेरेर चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दा विभिन्न स्वास्थ्य समस्याबाट बच्न र बचाउन सकिन्छ ।

५. आर्युवेदिक औषधिको प्रयोगबाट जुनसुकै रोगको उपचार सम्भव छ । रोगको अवस्था हेरेर जडिबुटीको प्रयोग गरी रोगबाट बचाउन र बच्न  सकिन्छ । भुइँअमला, त्रिफला, चिराइतो, कुटकी, तितेपाती, निम, सतावरी, बेल, पाँचऔलै, मधुमेहा, अश्वगन्धा आदि मुख्य जडिबुटी हुन् । यस्ता जडिबुटीको प्रशोधन गरेर विभिन्न रोगको औषधि बनाइने गरिन्छ ।

यो पनि पढनुहोस्

आयुर्वेदिक जडिबुटीबाट रोगको उपचार

आयुर्वेदिक औषधि र नेपालको अवस्था

आयुर्वेद वा एलोपैथिक उपचार बिधि कुन ठिक ?

वर्तमान समयमा आयुर्वेदिक औषधिको महत्व

आयुर्वेदिक औषधि र यसको रहस्य

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!