खानपान

चम्सुरको साग खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वास्थ्यका लागि चम्सुरको साग खानुका फाइदा थुप्रै छन् । चम्सुरको साग व्रत बसेको बेलामा धेरै उपभोग गरेको पाइन्छ । चम्सुरको साग खाँदा हाम्रो शरिरलाई फाइदा पुग्दछ । चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या हुनेले चम्सुरको साग सेवन गर्दा फाइदा गर्दछ ।

प्रचुर मात्रामा भिटामिन पाइने यसको सेवनले शरीरका काम नलाग्ने पदार्थहरू हटाउँछ । त्यस्तै, शरीरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर, दुबी भएमा हरियो रस या लेदो बनाएर औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

चम्सुर मसलाको रूपमा पनि प्रयोग गरिन्छ । चम्सुरको दाना खिरमा हाली पकाएर खाँदा शक्ति बढाउँछ । यसले खाना पचाउन मद्दत गर्छ । गर्भाशयलाई उत्तेजना दिन्छ र रगत बढाउँछ ।

यस्ता छन् चम्सुरको साग खानुको फाइदाहरु

१. चम्सुरको सेबनले चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या भएकालाई फाइदाजनक छ, यसमा प्रशस्त भिटामिन पाइने हुनाले गर्भवती महिलाको लागि पनि फाइदाजनक हुन्छ ।

२. यदी शरिरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर आएमा यसको रस बनाएर लगाउदा राम्रो हुन्छ ।

३. चम्सुरको सागको सेबन गर्नाले रगत बढाउन पनि सहयोग गर्छ ।

४. चम्सुर खानाले खाना पचाउन सहयोग गर्छ। यसको सुप खानाले मुटुलाई धेरै फाइदा गर्छ ।

५. यसमा भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइने हुनाले आँखाको ज्योति बढाउँछ । रतन्धो, मोती बिन्दुबाट बचाउँछ ।

यो पनि पढनुहोस्

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

स्वास्थ्यको लागि फापर खानुका फाइदाहरू

स्वास्थ्यको लागि पिप्पली खानुका फाइदाहरु

स्वास्थ्यको लागि सुन्तला खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!