खानपान

स्वास्थ्यका लागि गाईको दुधको महत्व (Importance of Cow’s Milk for Health)

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वास्थ्यका लागि गाईको दुधको महत्व (Importance of Cow’s Milk for Health) । स्वास्थ्यका दृष्टिकोणले भैसीको दुध भन्दा गाइको दुध धेरै पौष्टिक छ । यो जताततै पाइने पौष्टिक आहार पनि हो । दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ ।

माछा-मासु नखाने व्यक्तिहरुका लागि दुध प्रोटिनको मुख्य स्रोत हो । दुधलाई यसकारण पनि पूर्ण भोजन मानिन्छ कि यसमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन हाम्रो स्वास्थ्यका लागि आवश्यक छन् ।

दुधमा उपलब्ध यति धेरै पोषक र पाचक गुणका कारणले यसलाई आयुर्वेदमा एउटा छुट्टै स्थान दिइएको छ । तर, आयुर्वेदका अनुसार दूधबाट स्वास्थ्य लाभ लिनका लागि सबैभन्दा पहिले यो थाहा पाउनुपर्छ कि यसलाई कतिबेला र कसरी पिउने हो ?

गाईको दुधलाई धाइआमाको स्थान दिइएको छ । यो हल्का हुनुको साथै चाडो पच्ने हुन्छ । वैज्ञानिक मान्यता अनुसार गाईको दुध हल्का हुनाले राती खाने भनेको छ । आयुर्वेदका अनुसार दूधमा सेडेटिभ गुण पनि हुन्छ जसको कारणले रातमा यसलाई पिउँदा यसमा हुने सेरोटोनिनले तपाईंलाई शान्त बनाउँछ र राती मिठो निद्रा पर्छ ।

गाईको दूधमा क्याल्सियमको अत्यधिक मात्रा हुने कारणले यसलाई राती पिउँदा सजिलै शरीरमा अवशोषित हुन्छ । पुराना मान्यताहरुको कुरा गर्दा दूध बिहान पिउनुपर्छ ताकी यो सजिलै पच्न सकोस भनेको देखिन्छ । आजकालको जीवनमा जो मानिसहरु एक्सरसाइज गरेपछि बिहान दूधको सेवन गर्छन्, उनीहरुलाई एसिडीटी हुन सक्छ ।

यसका अलावा दूधमा क्याल्सियमको अत्यधिक मात्रा हुने कारणले यसलाई राती पिउँदा सजिलै शरीरमा अवशोषित हुन्छ । आफ्नो मांशपेशी बलियो बनाउन चाहने व्यक्तिहरुले रातमा दूध पिउँदा यसमा हुने प्रोटीनले उनीहरुलाई अत्यधिक फाइदा गर्छ ।

प्रकृतिको अनुपम उपहारबाट हामीले फाइदा लिन सकिरहेका छैनौ भन्दा खासै फरक छैन । कुनैपनि बस्तु सेवन गर्ने तरिका जान्न सके यसबाट हामीले थुप्रै फाइदा लुट्न सक्छौं । दुधसंग खाने थुप्रै औषधिहरू छन् जसलाई हामीले दुधसंग खाने परामर्श दिदा पनि कतिपयले नखाएको देखिन्छ । यसले फाइदा भन्दा वेफाइदा बढी गरेको हुन्छ ।

यो पनि पढनुहोस्

कोरोना भाइरसको उपचारमा उपयोगी घरेलु औषधिहरु

 यस्ता छन् जडिबुटीबाट बनेका अर्गानीक हर्वल खाद्यान्नहरु

 दमको सफल उपचार (Successful Treatment of Asthma)

 यस्तो छ सफलताको रहस्यको सुत्र, अपनाएर उठाउ फाइदा

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!