खानपान

च्याउ र मानव स्वास्थ्य

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जाडोमा मासुको तुलनामा च्याउलाई प्रयोग गर्दा फाइदा बढी हुने हाम्रो मान्यता छ । च्याउमा जनावरको मासुमा पाइने जस्तै राम्रो गुणस्तरको प्रोटिन हुन्छ । यसमा प्रोटिन बाहेक भिटामिन ‘सी’ एवं ‘बी’ कम्प्लेक्स, विशेषत: थाइमिन एवं रिबोफ्लेबिन समेत पाइन्छ ।

च्याउ स्वादिष्ठ, स्वास्थ्यका लागि फाइदाजनक शाकाहारी खाद्य पदार्थ हो । आयुर्वेदिक मतआनुसार अनादिकालदेखि मानिसले च्याउलाई औषधि र खानाको रूपमा उपयोग गर्दै आएका छन् । च्याउको समग्र भोजनको रूपमा विशिष्ट पहिचान छ ।

च्याउमा क्याल्सियम, फोस्फोरस, पोटेसियम, सोडियम लगायतका थुप्रै किसिमका लवण पाइन्छ । च्याउमा तामा पनि पाइन्छ, जसले पाचनशक्तिमा वृद्घि गर्नुका साथै हाइपर एसिडिटी (उच्च ग्यास) तथा कब्जियत हटाउँछ ।

कुनै पनि एउटा खानेकुरा त्यसमा स्वास्थ्यका लागि के तत्व पाइन्छ भन्ने कुराले महत्वपूर्ण हुने गर्छ । च्याउ त्यस्तै महत्वपूर्ण खानेकुराभित्र पर्दछ । दैनिक खानामा विभिन्न रङ्गीविरङ्गी फलफूल र तरकारीका साथमा कहिलेकाही रङहीन च्याउलाई पनि समावेश गर्नुपर्छ ।

तर, सबै च्याउ खानयोग्य भने हुँदैनन् । कतिपय च्याउमा मानव शरीरलाई हानी पुर्‍याउने विषालुतत्व पनि पाइन्छ । विशेषगरी, जंगली च्याउ खाँदा वा टिप्दा ध्यान पुर्‍याउनुपर्छ । ‘जंगली च्याउ खाएर मृत्यु’ भन्ने समाचार हामीले सुनिरहेकै हौं । तसर्थ, नचिनेका र जंगली च्याउका साटो खानयोग्य च्याउलाई आफ्नो भोजनमा समावेश गरेर धेरैभन्दा धेरै फाइदा लिऔं ।

उच्च रक्तचाप एवं हाइपर टेन्सनका रोगीलाई च्याउ खान भनिन्छ । स्वस्थ रहन हामीले हाम्रो स्वास्थ्य लाई ध्यानमा राख्न आवस्यक छ । आज मानिस आय दिन विभिन्न प्रकारका नयाँ नयाँ रोग मानिसलाई लाग्दै छ । रोगी मासुले मानिसको स्वास्थ्यलाई फाइदा होइन बेफाईदा नै बढी हुने हुनाले यसको विकल्पको रूपमा च्याउ खाने परामर्श चिकित्सकको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

जौं र मानव स्वास्थ्य

बैज्ञानिक दृटिकोणले जमराको महत्व

शरीरलाई स्वास्थ्य राख्नको लागी ध्यान दिनुपर्ने ३१ उपायहरु

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!