वास्तुशास्त्र

सुत्ने कोठामा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस्

वास्तशास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ वास्तुशास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तुशास्त्रलाई हिन्दु शास्त्र र आधुनिक विज्ञानले पनि विश्वासिलो आधार मान्ने गर्छ । वास्तुशास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ ।

दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यान दिनुपर्छ । जसमध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु वीच अविश्वास पैदा गरिदिन्छन् । वास्तुशास्त्र अनुसार सुत्ने
कोठामा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् ।

यो पनि पढनुहोस्

वास्तुशास्त्र अनुसार अध्ययन गर्ने कक्ष हुनुपर्छ यस्तो

वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा मिल्नेछ सफलता

जान्नुहोस् ! वास्तुशास्त्र अनुसार के गर्ने र के नगर्ने ? केहि उपयोगी टिप्सहरु

वास्तुशास्त्र अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने अत्यावश्यक कुराहरु

वास्तुशास्त्र अनसार घरमा गरिबी र अशान्ति निम्त्याउँने ५ दोषहरु

वास्तु दोषमुक्ति तथा वास्तुशास्त्रबाट लिन सकिने लाभ

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार पसलहरूको रङ्क

१. घरमा आएका पाहुनाहरुलाई अतिथी गृह वा ड्राईङ रुममा नै राख्नुपर्छ । सबै मानिसहरुलाई आफ्नो सुत्ने कोठमा ल्याउनु राम्रो हुदैन । यदि अरुलाई आफ्नो बेडमा सुताउनु भयो भने बेडबाट नेगेटीभ ईनर्जी आउँछ जसबाट पति पत्नीमा फाटो आउँछ ।

२. प्राय: मनिसहरुलाई आफ्नै कोठामा वास बेसीन लगाउन मनपर्छ । तर यस्तो गर्नाले पति पत्नी वीच विश्वास कम हुदै जाछ । यदि तपाईको कोठामा पनि वास बेसीन खुला छ भने त्यसलाई पर्दाले छोप्नुहोस् ।

३. सुत्ने कोठामा बेड देखिने गरि सिसा नलगाउनुहोस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ । जसले गर्दा पति पत्नी वीचको शान्ती भंग हुन्छ ।

४. सुत्ने कोठामा कहिल्यै पनि काडेदार विरुवा वा फूलहरु नराख्नुहोस् । यदि राख्ने चाहना छ भने दुई वटा गमला र त्यसमा सुन्दर फूलहरु राख्नुहोस् ।

Like & Follow us on Facebook

५. बेडमुनी जुत्ता चप्पलहरु कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्नाले त्यो बेडमा सुत्नेहरुको दुर्भाग्य बढ्छ ।

६. बिजुलीका उपकारणहरु कहिल्यै पनि बेडमुनी राख्नुहुदैन । यी सामानहरु बेडमुनी राख्नाले त्यो बेडमा सुत्नेहरुको झगडा भईरहन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!