समाजसामाजिक बहस

विधुवालाई हेर्ने नजरमा आमुल परिवर्तन हुन आवश्यक

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

समाजमा विधुवालाई हेर्ने नजर फरक देखिएको छ । यस्तो बनाउने सवै पुरूष नै हुन भन्दा खासै फरक छैन । एउटा पुरूषको श्रीमती वितेमा ६ महिनाभित्र अर्को श्रीमती भित्राएको हुन्छ । समाजले विधुवा हुनुलाई गलत परिभाषा गरेको पाइन्छ । एउटा पुरूषले विवाह गर्दा सेक्सको कुरा उठेको पाइदैन तर एउटा विधुवाले विवाह गर्छ भने समाजले सेक्सको कुरा उठाएर बदनाम गर्ने कोसिस गरेको पाइन्छ । सेक्स भन्ने कुरा हरेकको आवश्याकता होला तर त्यो भन्दा माथि हामीले सोच्छौं भने उसलाई पनि बोल्ने राम्रो साथी चाहिएको हुन सक्छ ।

यो पनि पढ्नुहोस्

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

समाज परिवर्तन गर्ने पेशा पत्रकारिता

देश कता गई रहेको छ ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ

समाज आमुल परिवर्तन भयो तर विधुवाको हकमा यो समाजले हेर्ने तरिकामा आमुल परिवर्तन हुन सकेन । समाजको डरले उ खुम्चिएको छ उसले चाहेर पनि केही गर्न सकेको अवस्था छैन । के यही हो मानिसको बाँच्न चाहने अधिकार छिन्नु इच्छा आकांक्षालाई दवाई दिनु । यसको पछि अर्को कमजोरी विधुवाको हिन भावना पनि दोषी छ । विधुवा हुनुलाई कमजोर ठान्ने समाजले जे भन्छ त्यही कुरामा सवै महिला लागेर एउटा महिलालाई दोषी ठहराउने परिपाटी नै गलत हो भन्ने कुरा देखाएको छ ।

समाजमा विधुवाको हितमा तलदेखि माथिसम्म आमुल परिवर्तन हुन आवश्यक छ । यो काम पुरूषबाट नै सुरू गर्नुपर्ने देखिन्छ । यस्तो कुरामा मेडियाले पनि विधुवालाई साथ दिन आवश्यक छ । समाजले विधुवालाई हेर्ने परिपाटी बदल्नुपर्छ । ती महिला आमा, बहिनी छोरी हुन यो कुरा जबसम्म समाजलाई मेडियाले बुझाउन सक्दैन तबसम्म एकल महिलाको हितमा राम्रो काम नहुने देखिन्छ ।

Like & Follow us on Facebook

सबैको चाहना बुझ्न सक्नुु नै मानवीयता हो जस्तो लाग्छ, त्यसैले बुहारी भन्दैमा उसका हर पीडालाई बाध्यता बनाएर राख्नु उचित ठानिनु गलत हो । लाऊँ लाऊँ खाऊँ खाऊँ भन्ने उमेर बाँकी हुँदा कतिपय ठाउँमा विधुवा अवस्थामा रहेका बुहारीले समाजको परिधिको ख्याल गरेर चाहनाको बलिदान गरिरहेका बेला केटो खोजेर विवाह गराई दिन सके एकबारको जीवनमा सुखभोग गर्ने अधिकार सबैलाई रहेका कारण एकल महिलाको बिहे गरी दिनुपर्ने राम्रो काम भएको देखिन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!