चिकित्सा विज्ञान

मानिसहरुले किन लागुऔषध सेवन गर्छन् ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लागुऔषध मानिस किन सेवन गर्छन् ? सेवन गर्नुको पछि प्रमुख कारण के हो ? यस्तो हुन नदिन हामीले के गर्नुपर्ला ? उपरोक्त ३ वटै प्रश्न केलाएर हेर्दा हामीले सवैभन्दा पहिले किन यस्तो पदार्थको सेवन गर्छन बुझ्न आवश्यक देखिएको छ । गलत गर्नुको पछि केहि न केही कमजोर पक्ष छ भनेर हामीले यस विषयमा गहन अध्ययनको खाँचो देखिन्छ ।

मेरो चिकित्सकिय अनुभवमा यसको ठोस कारण बेरोजगार र हिनभावना बढी देखिएको छ । जब मानिस बेरोजगार हुन थाल्दछ तब आवश्यकता बढ्न थाल्दछ । जब आवश्याकता बढ्न थाल्दछ तब मानिस डिप्रेसनको शिकार हुन्छ त्यति बेला उसको आवश्यकता केवल लागुऔषध भएको हुन्छ ।

यो पनि पढ्नुहोस्

गाजा र यसको उपयोगिता

धतुरो र यसको उपयोगिता

लागुऔषध सेवन गर्दा उनिहरुको मस्तिष्कमा केवल एउटा आनन्दको अनुभव हुन्छ । उनीहरुको दिमागमा केवल नशा छाएको हुन्छ उनीहरुको सोचमा केहि रहदैन । यस्तो स्थितिमा पुराउने सवै मानवलाई चाहिने आवश्यकता हो भन्दा खासै फरक छैन ।

आवश्यकतामा २ वटा कुरा हामीले बुझ्न आवश्यक छ । पहिलो बेरोजगार र द्रोस्रो एक अर्कामा समर्पण हुन समाजले रोक्नु या चाहेको बस्तु प्राप्त गर्न नसक्नु । मानिसको सवैभन्दा कमजोर पक्ष भनेको पैसा हो जब पैसा हुदैन त्यहाँ डिप्रेसन सुरू हुन थाल्दछ । आवश्यकता दवाउन मानिस गलत माथि गलत गर्दै जान थाल्दछ ।

देशमा हडताल होस् या चक्काजाम होस् सवै बेरोजगारको परिणाम हो । जब मानिस व्यस्त हुन थाल्दछ उसलाई बोल्न पनि फुर्सद हुदैन त्यस्ता व्यक्तिलाई नत राजनीति गर्ने फुर्सद हुन सक्छ नत ४ जना बसेर गफ गर्न नै त्यसैले यसको ठोस उपचार भनेको औषधि होइन बेरोजगार हटाउनु, उसको आवश्यकता पुर्ति गराउनु प्रमुख देखिन्छ ।

उपचार रोगको हुन सक्छ आवश्यक यसको होइन जब मानिसको आवश्यकता केहो भन्ने कुरा हामीले बुझेर उसको समस्या हल गर्न थाल्छौं त्यतिबेला बल्ल उसले सन्तोषको सास फेरेको हुन सक्छ । शिक्षा दिनु राम्रो हो तर शिक्षा दिएर आवश्यक पूर्ति गराउन नसके यसले राम्रो काम तर्फ नभई गलत काम तर्फ मानिसको ध्यान जान थाल्दछ यो हटाउनु नै सवैभन्दा सफल उपचार मान्नुपर्छ ।

Like & Follow us on Facebook

आज नेपालमा शिक्षा प्राप्त व्यक्ति नै लागु औषधको शिकार भएको देखिन्छ । व्यक्तिले शिक्षा प्राप्त गरेको छ बेरोजगार छ उस्ले घरबाट पनि माया पाएको हुदैन समाजले हेर्ने तरिका पनि फरक भएको हुन्छ । यस्तो समस्याको एउटै विकल्प लागुऔषध हुन पुग्दछ । सरकारले यस्ता विषयमा गहन अधियन गरेर देशमा बेरोजगार हटाउने काममा लाग्नुपर्छ ।

शिक्षा अनुसारको काम दिनसके मलाई लाग्छ कोही कसैलाई लागुऔषधको आवश्यकता नहुन सक्छ । आज नेपालमा टेक्निकल शिक्षाको आवश्यकता छ । “खाली समय सैतानको घर छैन यो संसारमा कसैको भर”भन्ने युक्ति लागु गर्न सके ठूलो उपलब्धी हुनेछ । खाली कोही नभए यो भन्दा ठूलो उपचार के हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!