स्वास्थ्य

भिटामिन ई र यसको उपयोगिता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भिटामिन ई यस्तो औषधि हो जसको माध्यमबाट हामीले आफ्नो स्वास्थ्यमा थुप्रै परिवर्तन ल्याउन सक्छौं । भिटामिन ई को कमिको कारण प्रजनन क्षमतामा कमि, आँखामा रेटिना सम्बन्धी रोग, नशा सम्बन्धी रोग हेमोलिटिक एनीमिया अल्झाइमर पार्किन्सन डिजीज जस्ता रोगबाट यो भिटामिनले बचाउने काम गर्दछ ।

भिटामिन ई एउटा यस्तो औषधि हो जसको कमिले मानिसमा थकाई लाग्ने, छाला सम्बन्धी रोग, मासपेसी दुख्ने, कपाल झर्ने, कमजोर हड्डी, घाउहरू चाँडो निको नहुने जस्ता थुप्रै लक्षण देखिन थाल्दछ । गर्मीमा नाकबाट रगत बग्ने रोग पनि भिटामिन ई को कमिले हुने गर्दछ ।

यो पनि पढ्नुहोस्

मानिसलाई भिटामिन किन आवश्यक छ ?

भिटामिन डी र यसको महत्व

माहामारी बन्दैछ, भिटामिन डी को कमी

भिटामिन ‘डी’ के सुर्यको किरणसंगै आउछ त?

टुसा पलाएका गेडागुडीमा भिटामिन बढी किन हुन्छ ?

रातीमा आँखा कम देखिएको भएमा पनि भिटामिन ई को कमि हुनसक्छ किनभने भिटामिन ईको कमि हुनु नै भिटामिन ए कमि हुन थाल्दछ । भिटामिन एले आँखालाई सुरक्षित राख्न र नेत्र ज्वति बढाउन मद्धत गर्छ भने भिटामिन ईले शरीरमा चाहिने भिटामिन एको सहि लेवल राख्न मददत्त गर्दछ ।

राती आँखा नदेख्ने रोगमा पनि भिटामिन ई कम हुन सक्छ किनभने शरीरमा जब भिटामिन ई कम हुन थाल्दछ तब भिटामिन ए को कमि हुन थाल्दछ । हाम्रो स्वास्थ्य सुधारका निमित्त जति आवश्यक भिटामिन एको छ त्यो भन्दा बढी भिटामिन ई को छ भन्ने कुरा हामीले जान्न आवश्यक छ ।

Like & Follow us on Facebook

भिटामिन ईको क्यापसुल भन्दा प्राकृतिक स्रोत सवैभन्दा राम्रो स्रोत मानिएको छ । भिटामिन ई पाइने स्रोतमा कुखुराको अण्डा, आप, ब्रोकाउली, बदाम, मेवा, काडलिभर आयल, हरियो साग सब्जीमा भिटामिन ई प्राप्त गर्न सकिनेछ । बजारमा ४००मि,ग्राम, ६०० मि.ग्राम र २०० मि.ग्रामको क्यापसुल उपलब्ध छ । भिटामिन ई सेवन गर्नुपर्ने हो या होइन भन्नेबारे डाक्टरको परामर्शमा लिने गर्नु राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!